जुवा खालमा प्रहरीको छापा, रङ्गेहात भेटिएका वडाध्यक्ष खड्का फरार
फाइल फाेटाे
बुलन्द ज्यूज
श्रावण १७, सन्धिखर्क अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मा प्रहरीले जुवाखालमा छापा हान्दा केही जुवाडेहरू ५६ हजार ५ सय ७५ रूपैया सहित रङ्गेहात पक्राउ परेका छन । शुक्रबार साझ श्रावण १६ गते सन्धिखर्कको साथी होटलमा जुवा खेलिरहेको अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए ।
जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शोभाखर) फरार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी (सहयोगी) र कृष्ण भुसाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । खड्का नेपाली कांग्रेसकाे तर्फफबाट सन्धिखर्क १२ काे निर्वाचित वडाध्यक्ष हुुुन । उनी कांग्रेस निकट तरूण दलकाे जिल्ला अध्यक्ष पनि हुन ।
वडाध्यक्ष नारायण खड्का जुवा खेलिरहेको अवस्थामा भेटिएको र प्रहरीले केहीबेरभित्र बाहिर लगेर सोधपुछ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा फरार रहेको प्रहरीको भनाई छ । आफ्नै गाडीमा आउने भनी वडाध्यक्ष खड्काले भनेपनि नआएको पछि हाल फरार रहेको श्रोतको भनाई छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । साथै घट्नाको भिडियो रेकर्ड र घट्नास्थल मुचुल्कामा सबै जनाको नाम उल्लेख भएको पनि श्रोतले जनायो ।
एक श्रोतका अनुसार प्रहरीले वडाध्यक्ष खड्कालाई मिलोमतोमा छाडेको र अन्यलाई भने नियन्त्रणमा लिएको बताइएको छ । उनीसँगै रहेको नगद पनि कसैलाई राख्न दिएको तर अरुसँग भएको नगद भने जफत गरिएको श्रोतको भनाई छ । हिरासतमा रहेकाहरुले आफुहरुलाई अन्याय भएको बताएका छन । सँगै एउटै खालमा बसेकाहरुलाई प्रहरीले छोडिदिने र हामीलाई भने हिराशतमा राख्ने काम भयो, उनीहरुले भने ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस