बुलन्द, न्युज
शहर बजार र तराईमा मात्र खेलिने क्रिकेट खेल प्रति युवाहरुको आकर्षण बढेपछि छत्रदेव गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगीता बुधवार देखि शु्रु भएको छ ।
पालिका भित्रका ८ वटै वडाको सहभागिता रहेको क्रिकेट प्रतियोगीताको भव्य समारोहका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्धाटन गर्नु भयो । उद्धाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितका प्रमुख पिताम्बर शर्माले युवा पुस्ताहरुको पहिलो रोजाई बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
ग्रामीण तथा शहरी क्षेत्र सबै तर्फ क्रिकेट प्राित युवाहरुको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडा स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट युवाहरु विच आपसी सदभाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिनु भयो ।
प्रतियोगीतामा बिजेताले नगद ४० हजार, , उप बिजेताले नगद २५ हजार र तेस्रो हुनेले १५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।
उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , वडा अध्यक्षहरु प्रकाश पन्थी, राजेश पनथी, तेज प्रसाद खनाल, अशोक कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, शोभाखर पाण्डे, राजकुमार श्रेष्ठ, जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेस भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता र वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
बुलन्द साप्ताहिकको फाल्गुण १३ गतेको अंक
प्रदेश पाँचको पर्यटकीय गन्तब्य बन्दै सुपा देउराली
दर्शनार्थीको संख्यामा दोब्बरले वृद्धि,
यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या बढेको छ । एक वर्षअघिको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्या दोब्बर वृद्धि भएको छ । विगतमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले दैनिक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितका अध्यक्ष पृतम थापाले बताउनुभयो ।
नेपाल मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ । मन्दिरको संख्या पनि उल्लेख्य छ । मासिक करोडौं भेटी उठ्ने मन्दिर पनि नेपालमै छन् । मन्दिरमा उठेको भेटी कहाँ खर्च हुन्छ भन्ने खासै लेखाजोखा हुँदैन । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटको सुपा देउराली पनि धेरै भेटी संकलन हुने मन्दिरमध्ये एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् ।
मन्दिरमा चढाएको भेटीबाट आदर्श मावि खाँचीकोटमा ६ जना र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएका छन् । भेटीबाट संकलित रकममध्ये मासिक रूपमा आदर्श मावि र शान्ति निमाविलाई एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिनुभयो । यस्तै, सन्धिखर्कस्थित पाणिनी वेदविद्याश्रमका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइने उहाँको भनाइ छ ।
‘विद्यालयसँगै अन्य विकास निर्माणका काममा सहयोग पु¥याउने गरेका छौं’, उहाँले भन्नुभयो, ‘खानेपानी लिप्टिङ्ग, मोटरबाटो निर्माणका काम भएका छन्।’ सचिव घिमिरेका अनुसार विभिन्न खाले जटिल रोगका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउने गरिएको छ । मन्दिरमा गत वर्ष ६० लाख आम्दानी भएको थियो । यस वर्ष ८० लाख पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
मन्दिर दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । विद्यालय चलाउन कठिन भएका बेला मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो । ‘मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो’, उहाँले भन्नुभयो, ‘मन्दिरको सहयोगले विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी खुसी छौं।’
मन्दिर व्यवस्थापन समितिले उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । नेपालका अन्य ठूला मन्दिर जहाँ धेरै भेटी संकलन हुन्छ ती मन्दिरमा उठेको भेटी पनि यसैगरी सामाजिक काममा लगाउनुपर्ने संरक्षण समितिका उपाध्यक्ष गोवर्धन थापाले बताउनुभयो । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो’, उहाँले भन्नुभयो ।
सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको भनाइ छ । सुपाको पूर्व रहेको भैंसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्ग निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनाउन सकिने उहाँले बताउनुभयो । कडा चट्टानबीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेला सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिर कजिकै एउटा लाहुरे टासिएको भिर भन्ने ठाउँ पनि छ । जसको अवलोकन गर्नेको पनि उत्तिकै भिडभाड हुने गर्दछ ।
बुलन्द साप्ताहिकको फाल्गुण १३ गतेको अंक
विद्यार्थीले गर्छन शिक्षकको हाजिर
घनश्याम पौडेल
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा बिद्यार्थीले शिक्षकको हााजिर गर्ने गरेको पाईएको छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउँनका लागि विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी सुधार आएको बिद्यार्थीहरु बताउँछन ।
दिनभरमा हुने सवै शिक्षकहरुको कुन शिक्षक कति समयमा कक्षाकोठामा पढाउँन आउछन, कति समय पढाउँछन विद्यार्थीहरुले हाजिर गरेर राख्ने गर्छन । विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी शिक्षकहरु समयमै कक्षाकोठामा गएर पढाउँन लागेको जनज्योतीमा मा.बि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीले बताए । उनी भन्छीन् कुन शिक्षक कति बेला आउँनुहुन्छ हाजिर गरेर राख्छौ कति समय पढाउँनुहुन्छ, शिक्षक कक्षाकोठामा पढाउँन नआएमा के कारणले आउँनुभएन खोजीनिधी गर्छौ, शिक्षक नआउदाको कारण सहित प्रअलाई बुझाउँछौ ।’
भुमिकास्थान नगरपालिका ४ शान्ति मा.बि धारापानीमा पनि विद्यार्थीले शिक्षकको हाजिर गर्छन, विद्यालयका प्रध्यानाध्यापक पदम पन्थी भन्नुहुन्छ्, १५ दिन भयो यो कार्यक्रम सुरु गरेको, यसले धेरै परिवर्तन आएको छ, शिक्षकहरु समयमै कक्षामा पढाउँन जानुहुन्छ, शिक्षक पढाउँन आउँन नसकेमा कारण सहित मलाई बुझाउँछन चित्त बुझदो कारण नआएमा कारबाही हुन्छ पन्थीले भन्नुभयो ।
भगवती मा.बि शंखेटारीमा शिक्षकको हाजिर गर्ने कक्षा १० का अङ्कित विश्वकर्मा भन्छन, बिद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी शिक्षकहरु समयमै आउँनुहुन्छ, समय सकिएपछी पढाएर जानुहुन्छ, हामीहरु खुसी छौँ यो कार्यले निरन्तरता पाउँनुपर्छ । भुमिकास्थान नगरपालिकाको खिल्जी स्रोत केन्द्रका सवै विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम लागु भएको छ, सन्धिखर्क नगरपालिकाको सदरमुकाममा रहेका जनज्योती, रविचित्र, भगवती मावि लगाएका विद्यालयमा पनि यो कार्यक्रम भएको छ, नगरपालिका शिक्षा संयोजक बलराम मिश्रले भन्नुभयो, यसले शिक्षकहरु धेरै सचेत भएको र समयमै पढाउँन जाने गरेको पाईएको छ ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँत क्षेत्रीले शिक्षामा सुधार ल्याउँन धेरै प्रयत्नहरु गरेका छौ, अहिले जिल्लाका ६० बिद्यालयमा बिद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम प्रभावकारी भएको महसुस गरेका छौ, यो कार्यक्रमलाई जिल्लाभरी नै पु¥याउँछौ ।’ सन्धिखर्क बजार क्षेत्र भित्रका अर्घाखाँची आवाशीय, जनज्योती, भगवती मावि र युवा वर्ष रविचित्रका विद्यार्थीहरुमा लागुऔषध सेवन गर्ने, लामा कपाल पाल्ने, मोवाईल प्रयोग गर्ने लगाएतका कामहरु गरेको पाईएको छ, हामीले सम्बन्धीत विद्यालयलाई सचेत गराएको र अभिभावक मार्फत विद्यार्थीलाई सुधार गर्नका लागि बिद्यालयलाई निर्देशन गरेको छौँ, ‘जिशिअ क्षेत्रीले भन्नुभयो ।’
कुनै पनि शिक्षकले कक्षा कोठामा मोवाईल फोनको प्रयोग गर्न पाउँदैनन्, विद्यार्थीले त पाउँने कुरै भएन्, राउँत भन्नुहुन्छ, ‘विद्यालय तथा विद्यार्थीहरुको अनुगमन जिल्ला शिक्षा कार्यालय, नगर शिक्षा समिती, स्रोत व्यक्ती, विद्यालय व्यवस्थापन समितीबाट भईरहेको छ, कुनै नराम्रो कार्य, समयमा विद्यालयमा शिक्षक नगएमा कारबाही गछौ, उहाँले भन्नुभयो । शिक्षालाई सुधार गर्न विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावकहरु सवै सचेत हुनुपर्नेमा उहाँको छ ।
बुलन्द साप्ताहिकको माघ २८ गतेको अंक
संगितमय बन्यो सन्धिखर्क,
अर्घाखाँची महोत्सबमा उर्लीयो जनसागर
तीन दिन थपियो महोत्सव
शोभाखर पन्थी
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क संगितमय भएको छ । एक पछि अर्को गर्दै मुलुकका ख्याती प्राप्त कलाकारहरुले सन्धिखर्क आई गित तथा नृत्य प्रस्तुत गर्नथालेपछि जिल्लाको सांस्कृतिक माहौल एकाएक बढेको हो । अर्घाखाँची उद्योग बाणिज्य संघको संरक्षकत्व एवं मानव संसाधन विकास तथा बातावरण मञ्च नेपालको आयोजनामा आयोजित तेश्रो अर्घाखाँची महोत्सबमा ठूलो संख्यामा जनलहर उर्लीएको छ । मुलुकका चर्चित कलाकारहरुले आफ्नो सांस्कृतिककला प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।
माघ १० गते देखि सन्धिखर्क १ को कँुडुले फाँटमा आयोजित औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार मेला सकिनै लाग्दा दिन प्रतिदिन दर्शकहरुको घँुइचो बढ्दै गएको छ । मेलामा एकै ठाउँमा आफुलाई मनपरेको सामान बुटवल, काठमाण्डौकै दररेटमा रोजी रोजी किन्न पाईने र सांस्कृतिक माहौलमा रमाउन पाएपछि बिकट र निक्कै टाढा टाढा ग्रामिण क्षेत्रका बासीन्दाहरुको समेत अहिले सन्धिखर्कमा निक्कै बाक्लो उपस्थिति देखिएको छ । मेलामा अर्घाखाँचीका अतिरिक्त छिमेकी जिल्ला गुल्मी, प्यूठान, पाल्पा, कपिलबस्तु सम्मका दर्शकहरु आउने गरेका छन् । मेलाले सन्धिखर्कका होटलहरु मान्छेले खचाखच भरीएको होटल व्यबसायीहरु बताउँछन् । होटल लजका प्रत्येक कोठाहरु भाडामा गएका छन् भने खाना र नास्ता खानेहरुको भिडभाड थाम्न पनि होटलहरुलाई धौ धौ भएको छ । मेला सुरु भए सँगै जिल्लामा चल्ने सबारी साधनमा यात्रुहरुको भिडभाड नै देख्न पाइन्छ । किराना पसल, फलफूल तथा तरकारी लगायतका पसलमा पनि राम्रै व्यापार भएको व्यापारीहरुको भनाई छ । जिल्लामा उत्पादित मह, घिउ, कुराउनी, छुर्पि, पनिर, च्याउ, कफि, अदुवा, हलेतो, कागती, अमिलो, मौसम, अमला कोदो तथा फापरको पिठो लगायत घरेलु तथा कुटीर उद्योग बाट उत्पादित बस्तुले मेलामा राखिएको छ ।
स्थानीय सामाग्रीका अतिरिक्त मेलामा ठूलो परिणाममा बाहिरबाट आयातित फेन्सी र श्रीङ्गारका सामानको बिक्रि हुनेगरेको छ । बजारमा पाईने भन्दा निक्कै सस्तो मूल्यमा सामान पाएपछि स्थानीय बासिन्दाले हजारौं खर्चगरेर आबस्यकता भन्दा बढी सामान खरीद गर्ने गरेका छन् । बलान्केट, ज्याकेट, हाईनेक, जुत्ता, चप्पल मेलामा सबै भन्दा बढी बिक्रिहुने गरेको छ । स्थानीय बासीन्दाले सामानको गुणस्तरलाई ख्यालनै नगरी अरुको देखासिकी र लहैलहमा लागेर ठूलोपरीणामा सामान खरीद गरेका छन् । मेलाले सन्धिखर्क तथा गाडी चढ्ने र झर्ने ठाउँमा मान्छेको ठूलै भिडभाड देखिए पनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो बजार चुत्राबेसी भने निक्कै सुनसान भएको छ । मेलामा कम गुणस्तरीय सामानको बिक्रिहुने तथा बेचेको सामान प्रति बिक्रेता जवाफदेही हुनु नपर्ने भएकाले सस्तो मूल्यमा सामान पाएपनि उपभोक्ताहरु ठगिएको जिल्लाका व्यापारीहरुको भनाई छ ।
कार्यक्रममा मूलुककै चर्चित कलाकारहरु बद्रि पंगेनी, रामजी खाँड, कमल सौराग, ज्योती मगर, रमेशराज भट्टराई, पूर्णकला बि.सी., शोभा त्रिपाठी, चन्दा दाहाल, मधुसुदन बन्जाडे, जीबन परयिार, जमुना सनम, सितल के.सी., मन्जु गुरुङ्ग, सुनिता परियार, मोहित मुनाल, महन नेपाली, शन्तोष शर्मा, मैना रेश्मी, लगायतले दर्शकहरु लाई निक्कै मनोरञ्जन प्रदान गरेका छन् । कलाकारहरुले दर्शकहरुलाई कतिबेला सयौको संख्यामा छमछमी नचाउँथे, कुनैसमय प्रहरीलाई भिडथाम्न हम्मे हम्मे हुनेगरी हुटीङगर्न प्रेरीत गर्थे, उतीनै बेला उनीहरु पेट मिची मिची हसाउँथे भने कुनै समय कलाकारले गित गाउँदा दर्शकहरु धुरु धुरु रुएको देख्न पाईथ्यो । तिनै कलाकारले कुनै बेला दर्शकलाई लाजले मुख छोप्ने परिस्थितीको समेत सिर्जना गरीदिन्थे । कलाकारको प्रमुख उद्देश्य जसरी पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ तर मनोरञ्जनको नाममा केही कलाकार हरुले गर्ने अङ्गप्रदर्शन आम जन समुदायको बीचमा प्रकट गर्ने अभिव्यक्तिलाई भने स्थानीय बासीन्दाले नकारात्मक टिप्पणी गरेका छन् । गायक बद्री पंगेनीले कार्यक्रम हेरीरहेका निर्बाचित प्रदेश सभाका सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेलाई जनताको माया लाई नबिर्सीएर पटक पटक गाउँजान गरीएको आग्रहलाई हजारौ जनताले तालिको गड्गढाहटले समर्थन गरेका थिए भने नेताहरु पनि सकारात्मक रुपमा लिए । कलाकार ज्योती मगरको हाउभाउको बिषय लाई लिएर निक्कै चर्चा हुनेभएको भएपनि नवोदित कलाकारहरुले अझैबढी हाउभाउ, पेचीलो अभिव्यक्ति र प्रदर्शन त्यस पहिले नै मञ्चमा देखाई सकेकाले उनले भने खासै आलोचना खेप्नु परेन ।
मेलाको हाल सम्म करीब १ लाख स्थानीय बासिन्दाले अबलोकन गरेको मूलसमारोह समितिका संयोजक कृण्ण प्रसाद श्रेष्ठले बताउनुभयो । मेलामा हाल सम्म करिब १० करोड बराबरको व्यापार भएको उहाँको भनाई छ । मेलाबाट बचत हुन आएको रकम सामाजिक काममा लगाईने उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका श्रेष्ठले बताउनुभयो । दर्शकहरुको आग्रहलाई मध्यनजर गर्दै मेला अबधि ३ दिन थपगरी माघ २४ गते सम्म मेला चलाउने तयारी भएको मूल आयोजक समितिका सहसंयोजक गोबिन्द भुसालले बताउनुभयो । मेलाले जिल्लाको औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार प्रबद्र्धनमा सहयोग पुग्ने उहाँको दाबी छ । स्थानीय निकायको गठन सँगै सुस्ताएको सन्धिखर्कमा चहल पहल ल्याउन मेला निक्कै प्रभावकारी भएको भुसालको भनाई छ । मेलाले सिमित व्यक्तिको मन दःुखे पनि हजारौं व्यक्ति खुसी भएको भन्दै उनले आगामी बर्षहरुमा पनि थप व्यबस्थापनका साथ मेला चलाउनुपर्ने बताउनुभयो ।
३ सय ५० व्यापारीक स्टल राखीएको मेलामा पिङ्ग, मतकाकुवा लगायतका मनोरञ्जनका खेलहरु समेत राखिएका छन् । नेपालीहरुको गौरबको प्रतिकको रुपमा रहेको काठमाण्डौ धरहरा भूकम्पले ढलेर दुःख मानेका स्थानीय बासीलाई शान्त्वना दिलाउने गरी मेलापरीसरमा नक्कली धरहराको समेत निर्माण गरीएको छ । हजारौ दर्शकहरुले नक्कली धरहरा लाई फोंटो सेसनको स्थल बनाउने गरेका छन् । मेलामा सहभागि हुन आउने कलाकार र बाहिरी जिल्लाका अतिथिहरुले जिल्लाका पर्यटकिय स्थलको अबलोकन समेत गर्ने गरेका छन् । सुपादेउराली मन्दिर, डमरुदह ठाडा, भगवती मन्दिर अर्घाखाँची मन्दिर, नृसिंह स्थान हंसपुर, बल्कोट पौवा, गोपेश्वर पिठ मथुरा, पाणिनी तपोभूमि पणेना, शिद्धेश्वर मन्दिर चुत्राबेसी, मालारानी मन्दिर लगायतका एतिहासिक, धार्मिक रमणिय पर्यटकीय स्थलहरु उनीहरुको रोजाई ठाउँ बनेका छन् । महोत्सवमा दर्शकको ध्यानलाई मध्यनजर गर्दै तीन दिन थपिएको आयोजकले जनाएको छ । यो सँगै महोत्सव आगामी माघ २४ गते सम्म चल्ने छ ।
बुलन्द साप्ताहिकको माघ २१ गतेको अंक
बुलन्द साप्ताहिकको माघ १४ गतेको अंक
सुन्तला उत्पादनमा ७० प्रतिशतले कमी
बुलन्द, अर्घाखाँची
पणेनाको सिम्लेमा सुन्तला प्याकिङ्ग गरेर बजार पठाउँदै एक कृषक
सुन्तलाको फुल असिनाले झारेपछि यो वर्ष जिल्लामा सुन्ताला उत्पादनमा ७० प्रतिशतले कमी आएको छ । चैत महिनामा आएको हावा हुरी सहितको असिना पानीले सुन्तालाको फुलमा ठूलो नोक्सानी पु¥याएको थियो । गत वर्ष पाणिनि गाउँपालिका –१ पणेनामा मात्रै करिव ३ करोडको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सो गाउँमा ६० लाखको मात्र सुन्तला उत्पादन भएको कृषक रेवती पौडेल बताउँनुहुन्छ । ‘असिनाले फुलमा नोक्सानी गरेपछि यो वर्ष धेरै घाटा लाग्यो’ उहाँले भन्नुभयो, ‘गत वर्ष करिव पाँच लाखको सुन्ताला बिक्री गरेको थिएँ’ उहाँले थप्नुभयो, ‘यो वर्ष डेढ दुइ लाख सम्म भन्दा धेरै हुँदैन ।’ पणेनाको सिम्ले जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ हो । असिनाले सबै भन्दा धेरै क्षति पणेनामै पु¥याएको थियो ।
यहाँका अधिकांश कृषकहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाटै घर व्यवहार चलाउँदै यहाँका कृषकहरुलाई यो वर्ष घरपरिवार चलाउन समेत धौ धौ हुने भएको छ । पणेनाका चिरञ्जिवि पौडेलले वार्षिक १० देखि १२ लाख सम्मको सुन्तला उत्पादन गर्ने गरेको भएपनि यो वर्ष ४ लाखको मात्रै सुन्तता बिक्री गरेको बताउनुभयो । ‘अधिकांश फुल असिनाले झा¥यो’ उहाँले भन्नुभयो, ‘रहेकोमा पनि राम्रो दाना लागेन ।’ पणेना सँगै हंसपुर, पोखराथोक, खिदिम, खन, खनहद, मरेङ, अर्घातोषमा व्यवासायीक रुपमा सुन्ता खेती गरिँदै आइएको छ । हंसपुरका कृषक तुल्सी ठकुरीले यो वर्ष सोँचे अनुसारको आम्दानी लिन नसकेको बताउनुभयो । गत वर्ष डेढ लाखको हाराहारीमा सुन्तला बिक्री गरेको थिएँ उहाँले भन्नुभयो, यसपाली २५ हजार रुपैयाँको मात्रै सन्तला उत्पादन भयो ।’
जिल्लामा गत वर्ष २९ करोड ७६ लाखको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ५ हजार ४ सय ११ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा ४ सय ९७ हेक्टर जमिनमा सुन्तला खेती गरिएको उहाँले बताउनुभयो । ‘असिनाका कारण सुन्तला उत्पादनमा ठूलो गिरावट आयो’ उहाँले भन्नुभयो, ‘फुल लाग्ने समयमा आएको असिना पानीले कृषकहरुलाई ठूलो नोक्सानी हुन पुग्यो ।’ गत वर्ष प्रति केजि ५५ रुपैयाँमा बिक्री गरेका कृषकहरुले यो वर्ष ७० रुपैयाँ प्रति केजिका दरले सुन्तला बिक्री गरेको बताउँनुहुन्छ । कृषकहरुले अझै सुन्तता टिपेर भ्याइ नसकेकाले यो वर्षको सबै ठाउँको डाटा आइसकेको छैन’ तिवारी भन्नुहुन्छ । यो वर्षको उत्पादनको जानकारी लिन अझै केहि दिन लाग्छ ।’ यो वर्ष करिव १२÷१३ करोडको सुन्तला उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।
बुलन्द साप्ताहिकको माघ १४ गतेको अंक
बुलन्द साप्ताहिकको माघ ७ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ३० गतेकोअंक
सुन्तलाको बीमा गर्न कृषकहरुको माग
असीनाले सिम्लेमा सुन्तला उत्पादन आधा घट्यो
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
अर्घाखाँचीको पाणिनि गाँउपालिका वाड नम्वर १ पणेना सिम्लेका कृषकहरुले सुन्तला खेतीको बीमा गरिदिन सरकारसंग माग गरेका छन । उनीहरुले कहिले रोग त केहिले असीनाले सुन्तला खेती नस्ट हँुदा सुन्तला खेती गर्ने कृषकहरु घाटामा जान थालेको भन्दै बीमाको माग गरेका हुन ।
विगतका बर्षहरुमा सुन्तला बिक्रीबाट ३ करोड भित्रिने सिम्लेमा यस बर्ष असीनाले सुन्तला नोक्सान गरेपछि उत्पादनमा आधा घटेको छ जसका कारण डेढ करोड मात्र भित्रिने भएको कृषक रेवतीराज पौडेलले बताउनुभयो । ४९ जना सुन्तला खेती गर्ने कृषक रहेका सिम्लेका कृषकहरुबाट तथ्यांक संकलन गर्दा असीनाले आधा उत्पादन घटेको र जस्का कारण आम्दानी पनि ५० प्रतिशतले घटेको हो । उत्पादन आधा घट्दा गाँउमा डेढ करोड रकम भित्रिन नसकेको उहाँले बताउनु भयो । कृषकहरुलाई राहतका कार्यक्रमका साथै बीमाको व्यबस्था गर्न सरकार समक्ष किसानहरु माग गर्दछन् ।
पणेनाको सिम्ले सुन्तला खेतीको नमुना गाँउ हो । भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असब्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेना गाविसका ७३ वर्षिय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल बन्नुभएको छ ।
२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रती गरेको घृणाको वचन सहन नसकि जागीर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केहि गरेर देखाउन सक्छु । भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गर्नुभयो । उहाँ आफु मात्र सुन्तला लगाउनुभएन । सारा गाँउका मानिसहरुलाई नै सुन्तला खेती गर्न प्रेरित गर्नुभयो । अभियानका साथ आफै डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पु¥याउनुभयो । पैसा हुनेलाई बिरुबा पैसोमा बेचे नहुनेसँग श्रम साटे भने कसैसंगबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गर्नुभयो । कसैकसैलाई निशुल्क बिरुबा दिएर पनि सुन्तला लाउन प्रेरित गर्नुभयो हुमनाथले ।
उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट बार्षिक ६ लाख रुपैया भन्दा बढि आम्दानी हुने गरेको र आफ्नो परिबारलाई मस्तीले खान लाउन पुगेको बताउनुभयो । अहिले असीनाले हानेको कारण सुन्तलाबाट सोचे जति आम्दानी गर्न नसकिएको उहाँको भनाई छ । उहाँको सुन्तला बगैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा रहेका छन् । बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन ।
एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ । पणेना गाविसमा दुइ सय र वाड न १ सिम्लेमामात्रै झण्डै ७० जना कृषकहरुले अहिले सुन्तला खेतीबाट घटीमा ५० हजार देखि बढिमा १२ लाख सम्म मनग्य आम्दानी गरिरहेका छन् । पणेना वाड न. १ सिम्लेमा बैदेसिक रोजगारीमा गएका युबाहरु पनि रोजगारीबाट फर्किएर व्यबसायीक सुन्तला खेतीमा लागेका छन् । ब्यबसायीक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै तीन सय पचास सुन्तलाका रुख रहेका छन् । ती रुखहरुबाट बार्षिक तीन देखि पाँच लाख रुपैया आम्दानी हुने गरेको उनको भनाई छ । सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन । यहाँ उत्पादन भएको सुन्तला प्रति केजी ७५ रुपैया देखि ९० रुपैयामा बुटबलको बजारमा बिक्री भैरहेको पौडेलले बताउनुभयो ।
सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखि बिरुबाहरु बेचेर रेवतीराज पौडेलले बार्षिक १० लाख रुपैया कमाउने गरेका छन् । तर यस बर्ष असीनाले उत्पादनमा आधा घटेको उहाँले बताउनुभयो । उहाँको बगैचामा अहिले सुन्तला, कागती, जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको ६० हजार बिरुबा रहेका छन् । गएको बर्षमात्र साढे ६ लाखको बिरुबाहरु बिक्री गरेको र यो बर्ष झण्डै ६ लाख रुपैया सुन्तला जातका बिरुबाहरु बिक्री गरेर आम्दानी हुने बताउनुभयो ।
रोजगारीको लागि भारत र अन्य देशमा गएका नेपालीहरु पनि सिम्लेका हुमनाथको जस्तै बिचार लिएर अगाडी बढ्न सके देशमा आर्थिक क्रान्ती गर्न सकिन्छ । रोजगारीको लागि बिदेशीहरुको मुख ताक्नु नपर्ने र देशमा असल राजनेता नहुदा नेपालको विकास हुन नसकेको उहाँले बताउनुभयो । गएको वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यलयले बताएको छ । जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती भैरहेको र यस वर्ष ५५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यलयका थिरलाल गैरेले बताउनुभयो । जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ३० गतेकोअंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १६ गतेको अंक
विकासको बलियो आधार बन्दै छ ः पर्यटन
शोभाखर पन्थी
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लामा पर्यटन प्रबद्धनको बलियो संभावना देखिएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडीएको यस जिल्लामा ४ दर्जनभन्दा बढी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटक स्थलहरु रहेका छन् । यहाँको पाणिनी तपोभुमि पणेना, सुपा देउराली मन्दिर खाँचीकोट र भगवति मन्दीर अर्घा देशकै प्रसिद्ध मानिन्छन् ।
पाणिनी ऋषिले तपस्या गरेको पाणीनी तपोभुमि पणेना संसारकै पवित्र ठाउँ मानिन्छ । अधिकासं हिमशिखर र तराईका भू–भागको एकैठाउँबाट दृश्र्यावलोकनगर्न सकिने पणेनाको प्राकृतिक वातावरण साँच्चै चर्चा गर्न योग्य छ । जिल्लाको सुपा देउराली मन्दिर लाखौ लाख जनताको विश्वास र आधारको प्रतिक बनेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डमा पर्ने सो मन्दिरमा दैनिक पुजा–आजाको निम्ति झण्डै ३ हजार भक्तजनहरु आउने गर्छन् । देउरालीको दर्शन गरी भाकल गरेमा चिताएको पुग्ने विश्वासको आधारमा नेपालका ३० भन्दा बढी जिल्ला र भारतबाट समेत भक्तजनहरुको प्रत्येक दिन घुँइचो लाग्ने गर्छ । जिल्लामा दर्जनौ सुन्दर पहाड, सयौं मठ मन्दिर, दह, पोखरी र प्राकृतिक गुफाहरु तथा वाईसी–चौबिसे राज्यका दरवार समेत रहेका छन् ।
भगवति मन्दीर अर्घा, खाँचीकोट दरवार खाँचीकोट, डमरुदह ठाडा, दुर्वासेश्वर गुफा खिदीम, पाणिनी तपोभुमि पणेना, उल्क छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक खन, बल्कोट पौवा र शिवालय बल्कोट, नृत्यञ्चलपर्वत र रामवाण तपोभुमि नरपानी, मसीना र तीनपाने लेक धातिवाङ्ग, सेङलेङ्ग दह धनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्ते पानी, सितखोलाको झरना, रावणको शंखसितापुर, भाले ओढार धारापानी, पकले बगैचा र पौवा किमडाँडा, भुमिका स्थान ढाकावाङ्ग, सिमे देउराली गोखुङ्गा, घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, सरेपानी ठाडा, गौचौरको दह ढिकुरा, तिलखुवाझरना, जिखोदीगुफा वाङ्ला, सिद्धेश्वर गुफा डिभर्ना, हटियादेवि मन्दिर केरुङ्गा जिल्लाका प्रमुख ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल हुन् ।
यसैगरी जिल्लाकाअन्य ऐतिहासिक स्थलहरुमा ढावरखोला झरना चिदीका, मधु लेकको गुफा चिदीका, धैरेनी राजाको दरवार ठुलापोखरा, शिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोलाझरना खन, खन देउरालीगुफा खन, गोपेश्वर पीठ वाङ्ला, लामपाटी पौवावाङ्ला, ओडारपानीगुफा अर्घा, गोहोरथुम देउराली किमडाँडा, बान्द्रे गुफागोखुङ्गा, छहरे खोलाझरना सिमलपानी, ठुलापोखरा गुफासिमलपानी, रानीओढार सुवर्णखाल, मेघनाथ गुफा सिद्धारा, गुरुङ भिरको गुफा सिद्धारा, कालीमाटीको लेक मैदान, मालिकामन्दिर खिदीम, कैलाश डाँडा पणेनाआदी छन् ।
सबै गाविस र वार्ड–वार्डमा समेत सडक सुविधापुगेको यस जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा प्रत्येक वर्ष देशभित्र तथा बाहिरका हजारौ पर्यटक भित्राएर लाखौं आम्दानी गर्न सकिने बलियो संभावना रहेको सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बि.क. किशोर ले बताउनु भयो । जिल्लालाई पर्यटन उद्योगको रुपमा विकास गर्न केन्द्र र जिल्लाबाट विशेष कार्यक्रम अगाडी ल्याउने तयारी भईरहेको उहाँको भनाई छ ।
पर्यटन क्षेत्रको विकासबाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जिवीको पार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त संभावना रहेको एमाले जिल्ला सचिबालय सदस्य पिताम्बर भुसालले वताउनुभयो । सरकारी उदासीनता र संचार माध्यमको पँहुचको अभावमा जिल्लाका सम्पदाहरु ओझेलमा परेको उहाँको भनाई थियो ।
जिल्लाका हजारौं युवाहरु रोजगारीको लागी खाडी मुलुकमा जान बाध्य भएको अवस्थामा पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा स्थानीय तहमै रोजगारी श्रृजना गरी विदेश पलायन हुनबाट युवा जनशक्ति रोक्न सकिने बुद्धिजीवि श्रीकृण्ण भुसालको भनाई छ ।
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष ९ गतेको अंक
x6]g 5'jf5't k|ltsf] e]befj
x+;k'/df vfg]kfgLsf] cefj p:t}
3gZofd kf}8]n
a'nGb, c3f{vfFrL
blntn] kfgL eg{ kfpFb}gg\ oxfFsf]
wf/f]df, c3f{vfFrL lhNnfsf] x+;k'/ blnta:tLsf] ;d:of xf] of] . blntx?sf nflu
5'§} wf/f] 5, x+;k'/sf] blnt a:tLdf, t/ pgLx?nfO{ oxfFsf] Pp6f wf/fn] kfgL
k|z:t k'Ub}g . To;}klg vfg]kfgLsf] ;d:of dfnf/fgL ufpFkflnsf x+;k'/ * df . oxfFsf]
#% 3/sf blntx?sf nflu Pp6f wf/f] 5, oxfF kfgL eg{ k'u]g eg] glhs} /x]sf] wf/fdf
hfg vf]H5g, t/ oxfF kfgL eg{ kfpFb}gg\, pgLx? blnt ePs} sf/0f . …kfgL eg{ hfFbf
ufu|f] kmflNbg], xfd|f] wf/f] xf] eg]/ kfgL 5'g lbb}gg, ^( jif{sL :yfgLo 6'sL
kl/of/n] eGg'eof] .
ljxfg p7\of] 3/sf] sfd ug{ eGbf
klxn] kfgL eg{sf] lrGtf, lbpF;f] d]nfkftdf lx8\of] # jh] g} kfgL eg{ cfpFg'kg]{
;d:of 5 x+;k'/df . pd]/n] kfsL ePsL &) jif{sL rGb|L kl/of/ slxF lx8\g
nf}/f]sf] ;fxf/f rflxG5, t/ pxfFnfO{ % ldg]6 lxF8]/ kfgL eg{ cfpFbf nf}/f]
rflxPg\, 3/df vfg]kfgL 5}g, ;sL g;sL kfgL eg{ cfpFg'k¥of] pxfFn] eGg'eof] .
jiff{df cfsfzaf6 kfgL cfO{/xFbf
kfgLsf] ;d:of sd ePklg lxpFbdf kfgLsf] a9L ;d:of x'g] 6'sL kl/of/n] eGg'oeof]
. …ljxfg / a]n'sf !÷! 306f kfgL cfpF5,
wf/fdf u|fuLsf nfO{g x'G5g, slxn] sfxLF kfgL aGb x'G5 l/Q} kmls{g' k5{ pd]/n]
^( jif{ ePsL 6'sLn] yKg'eof] .
dfnf/fgL ufpFkflnsf x+;k'/ *
kl/of/ 6f]nsf] vfg]kfgLsf] Pp6f dfq wf/f] 5, oxfF #% 3/n] kfgL e5{g, PpF6f ufu|L
el/g @ ldg]6 nfU5, @) jif{sL aljgf kl/of/n] eGg'eof] . sk8f w'g, g'xfFpg @ 306f
lx8]/ kw]/f]df hfg'k5{, t]nsf] w'k h:t} arfP/ vfg]kfgL vfg'kg]{ afWotf /x]sf] pxfFn]
eGg'eof] .
lbpF;f]sf] # jh] kfgL eg{ wf/f]df
cfPsL #@ jif{sL x'df kl/of/sf] 3/df ^ hgfsf] kl/jf/ 5 . pxfFn] ;j} kl/jf/nfO{
vfgsf nflu kfgL ufu|Ldf nu]/ k'¥ofpFg'x'G5 . …kfgL k|z:t x'bfF @ ufu|f] ;Dd
kfO{G5, sd cfof] egL Ps ufu|f] klg slxn] t l/Q} kmls{g'k/]sf] 5, htL kfgL k'U5,
yf]/} nu]/ ePklg lbge/L k'¥ofpFg'k5{ x'dfn] eGg'eof] . vfg]kfgLsf nflu cfhef]ln
eGbf lgs} ;d:of r}t, j}zfv k5{, kw]/f]af6 kfgL NofpFbf lbg g} ljT5, 6'sLn]
eGg'eof] . …3/df 5f]/f, a'xf/L eP kfgL NofpFg k7fpFg ;lhnf] x'GYof], cfly{s
;d:ofn] 5f]/f ljb]zLg'kg]{ j[4j[4fnfO{ kfgL af]Sg ufx|f] 5Ú pxfFn] eGg'eof] .
:yfgLo txdf lgjf{lrt ePsf j8f
cWoIf g/]G› a:g]t oxfFsf] blnt a:tL tyf x+;k'/sf] vfg]kfgLsf] ;d:of ;dfwfgsf
nflu ;j}eGbf klxn] Wofg lbPsf] atfpg'x'G5 . a:g]tn] clxn] g} b'O{j6f of]hgf
lnlˆ6ª vfg]kfgL lkm/lkm/]af6 /tgdf/] x'Fb} of] ufpF x'Fb} sfe|] ;Dd k'Ug] u/L
sfo{nfO{ cuf8L a9fpFg] atfpg'eof] . pxfFn] $ ;o 3/w'/LnfO{ k'Ug] u/L
vfg]kfgLsf] ;d:of ;dfwfg ug{ Wofg hfg] atfpFb} x+;k'/sf] kw]/f]af6 b]lj:yfg dlGb/df NofP/ *) 3/w'/LnfO{ v'jfpFgsf nflu clxn] g} k|f/lDes sfd ;'¿ ug]{ atfpg'eof] .
t/, :yfgLox?n] vfg]kfgL slxn]
cfp5 egL k|ltIffdf 5g\ . …w]/}k6s ljhoL agfP/ k7fO{of], cfzf g} 5}g vfg]kfgL
k|z:t vfg kfpFg] t, lhtfpFg] xfdLn] xf], hgtfsf] sfd slxNo} u/]ggÚ kfgL eg{
wf/fdf cfPsfx? u'gf;f] u5{g .
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष २ गतेको अंक
प्रतिनिधी सभा, प्रदेश सभाः बाम गठबन्धनको क्लीन स्वीप
रायमाझीको ह्याट्रिक
समानुपातिकमा एमाले पहिलो
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
प्रतिनिधी सभा सदस्य पदमा अर्घाखाँचीबाट नेकपा माओबादी केन्द्रका नेता तथा बाम गठबन्धनका साझा उमेद्वार टोपबहादुर रायमाझी बिजयी हुनुभएको छ । जिल्लाको १ प्रतिनिधी सभा र २ प्रदेश सभामा बाम गठबन्धनका उम्मेद्वारहरुले फराकिलो मतअन्तरले बिजयी हासील गरेका छन् । प्रतिनिधी सभा सदस्यमा नेकपा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ को भारी मत सहित बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा. रामबहादुर बिसीले ३२ हजार ५ सय ४४ मत लिएर पराजित हुनुभयो । नेता रायमाझीले डा. बिसीलाई १८ हजार २ सय ९२ मतको भारी अन्तरले पराजित गर्नुभएको हो । नेता रायमाझी सुरु देखिनै डा. बिसीलाई पछाडी पार्दै लिड गरिरहनुभएको थियो ।
प्रतिनिधी सभाको निर्वाचनमा बामगठबन्धनबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट तेस्रो पटक विजयी हुनुभएको हो । वि.सं २०६४, ७० सालमा क्षेत्र नम्बर १ बाट विजयी भएका रायमाझी एउटा मात्र प्रतिनिधी सभा रहेको अर्घाखाँची जिल्लाभरबाट एमाले र जनमोर्चाको सहयोगमा विजयी हुनुभएको हो । वि.सी २०७० सालमा झिनो मतान्तरले पराजीत हुँदै रायमाझीले जित हात पार्नुभएको हो । अहिले भने रायमाझीले विसीलाई नै भारी मतान्तर सहित पराजित गर्नुभएको हो । पटकपटक मन्त्री तथा एकपटक उपप्रधानमन्त्री समेत भएका रायमाझीलाई तेस्रो पटक अर्घाखाँची बासीले भारी मतले विजयी बनाएका हुन् । २०३३ सालदेखी सक्रिय राजनीतिमा रहेका विसी द्रोसो पटक पनि रायमाझीसँग नै चुनावी मैदानमा हुनुहुन्थ्यो । २०७० मा झिनो मतले हारेका विसी अहिले धेरैको मतान्तरले पराजय हुनुभयो । माओवादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले २०३० सालमा विद्यार्थी आन्दोलनमा भुमिका खेल्दै आउनुभएको थियो । रायमाझी युवा संघको केन्द्रीय अध्यक्ष, पार्टीको पोलिटव्युरो, स्थायी कमीटी सदस्य हुदैँ केन्द्रीय कमिटि सचिव सम्म भएर काम गर्नुभएको थियो । नेपाल सरकारको विभिन्न मन्त्रालयमा पटक पटक मन्त्री भएर काम गरेका रायमाझी ओली सरकारमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भएर काम गर्नुभएको थियो ।
२ प्रदेश सभा रहेको जिल्लामा बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन । प्रदेश सभा १ मा बाम गठबन्धनकाको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले २४ हजार ७ सय ५१ मत ल्याई बिजयीहुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान १४ हजार १ सय ३७ मत लिएर पराजित हुनुभएको हो । आचार्यले खनाललाई १० हजार ६ सय १५ मतले पछि पार्नु भएको थियो । यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरे २६ हजार १ सय ५९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका हिम्मतबहादुर टण्डन क्षेत्रीले १७ हजार २ सय २३ मत ल्याउनु भएको छ । घिमिरेले क्षेत्रीलाई ८ हजार ९ सय ३६ मतले पछि पार्नु भएको थियो ।
प्रतिनिधी सभामे जिल्लाबाट प्रतिनिधी सभा सदस्यको पदका लागी आखाँ चुनाब चिन्ह लिएर उमेद्वार बनेका छन्दबहादुर पन्थीको ५ सय ८०, हलो चुनाब चिन्ह लिएका भोजराज दमासेको १ सय ७८ कुखुराको भाले चुनाब चिन्ह लिएका बिष्णु कुमार गुरुङ्ग १ सय ३७, तराजु चुनाब चिन्ह भएका बिष्णुप्रसाद भुसालको ४ सय ८० र स्वतन्त्र उम्मेद्वार डिल्लीराज भुसालले १ सय ३६ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा क्षेत्र नम्वर १ मा गाई चुनाब चिन्ह दिपक कुवँरको ७३, गिलास चिन्ह भएका सागर के.सीको ७ सय ९८, आखाँ चिन्ह भएका गोकर्णबहादुर थापाको ३ सय र तराजु चुनाब चिन्ह लिएका हरिप्रसाद भुसालले ३ सय ५ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा क्षेत्र नम्वर १ मा जम्मा ४१ हजार ८ सय १६ मत खसेको थियो भने बदर मत संख्या १४ सय ५५ रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर २ मा गाई चुनाब चिन्ह भएका अम्मरबहादुर थापाको ८३, बिना सुनार हसियाँ तारामा ७ सय २३, झबिलाल थापा गिलास चिन्हमा ३ सय ९५ र आखाँ चुनाब चिन्ह भएका टुकमान हिताङ्गले २ सय ७ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा ४६ हजार ६ सय ५२ मत खसेकोमा १७ सय ९० बदर मत रहेको छ ।
१ प्रतिनिधी सभा र २ प्रदेश सभा रहेको अर्घाखाँचीमा तीन वटै सीट बाम गठबन्धनले क्लीन स्वीप गरेको हो । कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेको अर्घाखाँचीमा ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता थिए । ९३ मतदान स्थल रहेको अर्घाखाँचीमा ६३.८७ प्रतिशत अर्थात ८८ हजार ३ सय ६२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
समानुपातिकमा एमाले पहिलो
अर्घाखाँची जिल्लाको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतगणना सकिएको छ । प्राप्त नतिजा अनुसार नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधी सभा तर्फ समानुपातिकमा नेकपा एमाले ३० हजार ४ सय १७ मत पाउँदै जिल्लामा पहिलो भएको छ । नेपाली कांग्रेस १८ हजार ३ सय ५९ मत प्राप्त गर्दै दोस्रो र नेकपा माओबादी केन्द्र १४ हजार ९ सय ६२ मत प्राप्त गर्दै तेस्रो पार्टी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले १२ हजार ६ सय १६ मत सहित पहिलो, नेपाली कांग्रेस ११ हजार ८ सय ७६ मत सहित दोस्रा, माओबादी केन्द्र ८ हजार ७२ मत सहित तेस्रो भएको हो । प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा एमालेले १७ हजार २ सय ५१, कांग्रेसले १५ हजार ९५, माओबादी केन्द्रले ६२ सय ४९ मत प्राप्त गरेको छ ।
शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न
समग्रमा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो । जिल्लाको मथुरा नन्दराम आधारभुत बिद्यालय सनपा ५ वांलामा भने मत पत्रमा हस्ताक्षर नगरीएको पाइएपछि बिवाद बढ्दा मतदान स्थगित भएको थियो । उक्त मतदान स्थलको मतदान पुन २२ गते गराइएको थियो । निर्वाचनमा सुरक्षाकर्मी बाहेक १ हजार ३ सय ९२ कर्मचारी परिचालन गरिएको थियो ।