धनचौर महिला हत्या काण्ड; अभियुक्त सार्वजनिक

बुुलन्द न्यूज डेक्स
धनचौर महिला हत्या धनचौरका अभियुक्त सार्वजनिक गरिएको छ । अर्घाखाँची जिल्लाको धनचौर गाविस ५ निवासी देउराली बाट घरजान भनि हिडेकि कल्पना भुसालको हत्याकाण्डका आरोपित दुई जनालाई बुधबार जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सार्वजनिक गरेको छ  । जिल्लाको धनचौर गाविस ५ निवासि अन्दाजी ३५ वर्षिय गणेश भुसाल तथा गणेसका ५९ वर्षिय बुवा खेमराज भुसाल लाई सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असौज १८ गते बेलुका देखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा निज गणेश र खेमराज लाई अनुसन्धानका लागि हिरासतमा लिएको र अहिले पनि अनुसन्धान भईरहेको बताउनुभयो । 
कल्पनाको हत्या आफुले गरेको अभियुक्त गणेश भुसालले स्विकार गर्दै सामान्य बिवाद हुँदा ढलेर मरेको बताएका छन् । अभियुक्त गणेस भुसालले आफुले सुनियोजित भन्दा पनि रिसको झोकमा उनलाई हानेको तथा उनको र आफ्नो लामोसमय सम्म सम्बन्ध रहेको बताउदै घट्ना घटिसके पछि बुवाको समेत सहयोगमा झिमरुक नदिमा लगेर फालेको पत्रकार सम्मेलनमा आफैले बताएका थिए । पत्रकार सम्मेलनमा खेमराज भुसालले आफु घटनाका बारेमा अनविज्ञ रहेको बताएका छन् । 

यस्तै अभियुक्त सार्वजनिक भएलगत्तै नेकपा एमालेले पार्टी गाऊ कमिटिका पूर्व सदस्य कल्पना भुसालको हत्याले पार्टी मर्माहत भएको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चेतनारायण आचार्यद्धारा जारी प्रेश बिज्ञप्तीमा घट्नाको निन्दा एवं भ्रत्सना गर्दै दिवंगत कल्पना भुसाल प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । एमालेले आजकै मिति देखि हत्यामा आरोपित धनचौर ५ निवासी गणेष भुसाल र खेमराज भुसाललाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । 
हत्याको निस्पक्ष छानबिनको माग गर्दै घट्नामा संलग्न व्यक्तिलाई कानून बमोजिम कार्बाही गर्न सम्बद्ध पक्षलाइै आग्रह गरेको पाटी अध्यक्ष आचार्यद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै घट्नाको निस्पक्ष छानबिनमा अबिचलित र दृढतापूर्वक प्रहरी प्रसाशनद्धारा गरिने अनुसन्धानमा सहयोग पु¥याउन आम पार्टी पंक्तिलाई समेत आग्रह गरेको छ । 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस