बसन्त श्रेष्ठ छापेली
बुलन्द
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले प्रथम पालिका स्तरीय अधिवेशन मालरानी गाउँपालिकामा सम्पन्न गरेको छ । अधिवेशनले पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा बलराम रायमाझी, सचिवमा माधव खनाल, कोषाध्यक्षमा त्रिर्सना पौडेल रहनुभएको छ । यस्तै सदस्यहरुमा खिम प्रसाद सुबेदी, अमृता विक, सुना पोख्रेल, दिपिल आचार्य, कपिल पौडेल, तेजलाल पन्थी, भुवन खनाल, श्रृजना पौडेल, संगिता केसी महत, खगिश्वर खना, रेश्मीराज खनाल, बसन्त अधिकारी, प्रकाश थापा, किरण अधिकारी, गंगा श्रेष्ठ, हरि पौडेल लगायतका रहनुभएको छ । त्यस्तै सल्लाहकारमा नेत्र प्रसाद खनाल, डा. सारधा अधिकारी, हरिषचन्द्र पाण्डे, भविश्वर खनाल, मदन आचार्य, खुबीराम पन्थी, पुतला खनाल लगायतका रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले कर्मचारीको हकहितको संरक्षण र सम्र्बद्धनका लागि नेपाल निजामती कर्मचारी संगठन मालारानीलाई लाग्न निर्देशन समेत दिनुभयो । आचार्यले मालारानी गाउँपालिकामा कर्मचारीहरुले छिटो छरिटो सेवा दिने पालीकाको रुपमा पहिचान राख्दै आएको भन्दै गाउँपालिकाको साखलाई सदैब अब्बल कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले कर्मचारीहरु स्थायी सरकार भएको भन्दै गाउँपालिकाले अगाडि सारेका दीगो विकासका लक्ष्यहरुलाई पूर्ण कार्यान्वयनमा लाग्न आग्रह समेत गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले कार्यक्रम सफलतको शुभकामना दिदै सबै कर्मचारीको हक हितलाई अक्षुण राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मालारानी गाउँपालिका वडा नं २ का वार्ड अध्यक्ष बिनोद भुसाल, वार्ड नं ४ का वार्ड अध्यक्ष बिष्णु पोख्रेल, सिबिय उपाध्यक्ष हरि डुम्ब्रे, सिबिय सदस्य लालमणि खनाल, नेपाल निजामती कर्मचारी संगठन सन्धिखर्क नगरपालिका कमिटी अध्यक्ष प्रेम खनाल, पत्रकार नवीन केसी लगायतको आथित्यता रहेको थियो ।
सयौँ भन्दा धेरैको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष सिला पोख्रेलको अध्यक्षता, संगठनका सदस्य सुवर्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा सचिव गणेश प्रसाद भण्डारीको सञ्चालनमा रहेको थियो ।
बसन्त श्रेष्ठ छापेली
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष लक्ष्मीनारायण चुदालीले आदीवासी जनजातिको हकहितका लागि रकम बिनियोजन गरेको भन्दै प्रबिधि तालिमबाट व्यवसायिक रुपमा कृषि पेशा र आयआर्जनमा केन्द्रीत हुन सहभागीहरुलाई अपिल गर्नुभयो । वडाध्यक्ष चुदालीले जनजातिहरुले आफ्नो पुर्खौली पेशा सँग सँगै आधुनिक र व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनजाति समुदायको मागलाई सम्बोधन गर्न वडा कार्यालयले बार्षिक रुपमा बिभिन्न नीति तथा कार्यक्रम ल्याउदै आएको बताउनुभयो ।
वडा सचिव धर्मराज भुसालले वडाबाट बिनियोजन भएको रकमबाट वडाबासी जनजाति समुदायका लागि उन्नत जातको आलुको बीउ, मल र उत्पादन सम्बन्धी तालिम दिइएको भन्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भुसाल, पशु सेवा प्राबिधिक सुशिल आचार्यले उत्पादन सम्बन्धी तामिल दिनुभएको थियो ।
तालिममा वडा सदस्य ऋषिकेष भुसाल, आदर्श आधारभूतका प्रधानध्यापक खगिश्वर नेपाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडा स्तरीय आदीवासी जनजाति सञ्जालका संयोजक बिष्णु घर्तीको अध्यक्षता, सचिव प्रकाश श्रेष्ठ र सञ्चारकर्मी बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
बसन्त श्रेष्ठ
१० असोज २०७८
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनको केन्द्रीय कार्यालय भएको अपाराधिक कार्यको कार्यको बिरोधमा संगठनले ज्ञापन पत्र बुझाएको हो ।
बिभिन्न कुण्ठा र जालझेडमा व्यस्त गिरोहले गत असोज ४ गते संगठनको केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै संगठनको व्यानर, झण्डा च्यात्ने, तोडफोड गर्ने जस्त अमानीय गतिबिधी भएको भन्दै संगठनले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । संगठनका जिल्ला अध्यक्ष शिला पोख्रेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारले अपराधिक कार्यगर्ने व्यक्तीहरुलाई तत्काल पक्राउ गर्नुको साटो प्रहरी प्रशासनले कृत्तिम बहाना बनाएर निजामती कर्मचारी संगठनका पदाधीकारीहरुलाई पक्राउ गरेको भन्दै घोर आपत्ती जनाएको हो ।
अपराधीक कार्य गर्ने व्यत्तिलाई हालसम्म प्रकाउ गरि कार्वाही नगर्नुले पनि अन्य षड्यन्त्रका गन्ध आएका छन्, ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमा संगठनको कार्यालयमा लागेको ताला खोली अपराधीलाई कार्वाही गर्न सरकारलाई माग गर्दै दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधीकारीलाई निर्बिवाद काम गर्ने वातावरण मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
बसन्त श्रेष्ठ, अर्घाखाँची
पदभार ग्रहण कार्यक्रममा प्रमुख अथिति समेत रहुनुभएका नेकपा एमाले सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले नवनियुक्त खेलकुद विकास समितिले खेलक्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । सन्धिखर्क अस्पताल विकास समितिका अध्यक्ष समेत रहुनभएका भुसालले खेल क्षेत्र राष्ट्र र स्वास्थ्य दुबैको लागि अपरिहार्य पक्ष भएको भन्दै खेलक्षेत्रका पुर्वाधार निर्माणसँगै खेलप्रतिको मोह बढाउनुपर्ने बताउनुभयो ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य गोबिन्द भुसालले अर्घाखाँची जिल्लामा खेलकुदको विकासका लागि सबै पक्ष तथ क्षेत्रसँग समन्वय गर्नुे बताउनुभयो । भुसालले प्रदेशका सबै जिल्लाहरुमा हालको समितिले रचनात्मक कार्यगर्ने तयारी भैरहेको पनि जानकारी गराउनुभयो ।
नवनियुक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजबहादुर गन्दर्भले आफु नेतृत्वको खेलकुद विकास समितिले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष गन्दर्भले विगतको कमि कमजोरीलाई नदोराइ समन्वयात्मक तबरले खेल क्षेत्रका गतिबिधीलाई तिब्रता दिने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क २ का वडाध्यक्ष तथा पूर्व खलेकुद विकास समितिका अध्यक्ष मोतिजंग रायमाझी, तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिष्णु परियार, सामुदायिक वन पैदावार महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, गैसस महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारी लगायतले नवनियुक्त कार्यसमितिलाई सफल कार्याकालको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
समितिको उपाध्यक्षमा प्रकाश बस्नेत, कोषाध्यक्षमा ज्ञानु घिमीरे, सदस्यहरुमा शिब शाहा, गिरी खनाल, राजु पन्थी, ऋषिकेश भट्टराई, सकुन्तला अधिकारी र सविता आचार्य लगायतले पदभार ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा खेलकुद विकास समितिका निवर्तमान कार्यबाहक अध्यक्ष बलबहादुर रानाभाटको अध्यक्षता, निवर्तमान सदस्य तथा मालारानी गाउपालिका ८ का वडाध्यक्ष नरेन्द्र कुमार बस्नेतको स्वागत मन्तब्य र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे (जनक) को सञ्चालमा सम्पन्न भएको थियो ।
बसन्त श्रेष्ठ छापेली
२६, जेठ २०७८, अर्घाखाँची
अर्घाखाँची आवाशीय भुपू बिद्यार्थी समाज सन्धिखर्कले अर्घाखाँची अस्पतालका लागि स्टाफ नर्स उपलब्ध गराउने भएको छ । कोभिड १९ को विश्वव्यापी महामारीमा उपचार तथा अन्य स्वास्थ्य सेवा प्रदान गर्न दक्ष जनशक्ती उपलब्ध गराउने उद्देश्यले समाज र अस्पताल विकास समितिको बीचमा उक्त सम्झौता भएको हो ।
सम्झौतामा पहिलो एक वर्षका लागि आवश्यक पर्ने नर्सिङ्ग कर्मचारीको तलब अर्घाखाँची आवाशीय भुतपूर्व बिद्यार्थी समाजले ब्योहोर्ने गरी सम्झौता भएको अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । अस्पताल विकास समितिको तर्फबाट अध्यक्ष भुसाल र भुतपूर्व बिद्यार्थी समाजको तर्फबाट हिरामणी पराजुलीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । आवश्यकता अनुसार अर्को एक वर्षका लागि समेत थप गर्न सकिने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष भुसालले अस्पताल विकास समितिको पहलमा अस्पतालमा बिभिन्न समयमा स्वास्थ्य क्षेत्रको सुधारका लागि बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको भन्दै सहयोग गर्ने सबै पक्ष, क्षेत्र तथा निकायलाई धन्यबाद समेत दिनुभएको छ । कोरोना महामारीको बिचमा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका भुसालले पदभार ग्रहणमा समेत बिभिन्न स्वास्थ्य सामग्री सहयोग लिएर पुग्नुभएको थियो ।
उक्त सम्झौता अनुसार भुतपुर्व विद्यार्थी समाजले आई.सि.यु. / एच. डि.यु. सेवाकोलागी स्टाफ नर्सको बिज्ञापन समेत प्रकाशन गरिसकेको छ ।

भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका बिषय अन्र्तक्रिया सम्पन्न
बुलन्द संबाददाता
२४ मंसिर २०७७
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्टाचारमा शुन्य सहनशीलता बढेको जिकिर गर्नुभको छ । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशको अवशरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रमा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बड्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशलता नीतिको उपज भएको बताउनुभयो ।
भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भ्रष्टाचार बिरोधी अभियानले गति लिएको बताउनुभयो । उहाँले लैंङ्गिक हिंसा, भ्रष्टाचार, सामाजिक बिकृति बिसङ्गतीको अन्त्य गर्न पहिला आ–आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन मिथ्या र सरकारलाई आरोप लगाउने खालको भएको बताउनुभयो ।
सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रुपमा लागि रहेको बताउनुभयो । उहाँले बिभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको पनि बताउनुभयो ।
भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । थापाले राज्यको उपल्लो ओहोदाबाटै भ्रष्टाचार जन्य गलत मानसिकलाई त्याग्दै सबै दुर दराजसम्मको मानसिकतामा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने बताउनुभयो । उहाँले व्यक्ती, संस्था, समहु, तथा राज्यका तह तथा तत्काहरु सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त बनाउन उद्दत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधवराज बुढाथोकी, संयुक्त दलित अधिकार मञ्चका संयोजक ठाकुर सौराग, अन्तरपाटी महिला सञ्जालका प्रतिनिधी इश्वरा पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेष खनाल लगायतले बोल्दै भ्रष्टाचार सामाजिक अपराध भएकोले त्यसको अन्त्य गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका र गैसस महासंघका सागर परियारले लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता, सदस्य फर्सुराम पाण्डेको स्वागत मन्तब्य र सचिव राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाण्डौ – लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोज्नुभयो । तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उहाँले खोजेजस्तो काम पाउन सक्नु भएन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले मलेसिया जान पुनः श्रम स्वीकृति लिनुभएको छ ।
मलेसियाबाट बिदामा घर फर्कनुभएको थियो रमेश । कम्पनीले दिएको बिदा सकिनै लाग्दा कोरोनाको जोखिम बढ्यो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्यो । देशमा लकडाउन भयो । उहाँ मलेसिया फर्कन पाउनुभएन ।
बिदामा आएका रमेश लकडाउनमा घरभित्रै बन्द हुँदा उता मलेसियामा काम चलि नै रहयो ।
मलेसियाका पाहाङ राज्यमा सुपरमार्केमा काम गर्नुहुन्छ रमेश । कमाइ महिनाको ६० हजार रुपैयाँ छ । बिदामा फर्किएकाले दुई महिनाको तलब त कम्पनीबाट लिनै बाँकी छ ।
‘यहाँ अहिले काम पाइँदैन, उता त गएपछि काम र कमाइ पक्का छ, किन बस्नु त यहाँ ?’ रमेश कोरोना महामारीकै बीचमा परदेश जान खोज्नुको कारण बताउनुहुन्छ ।
रमेशले जस्तै गुल्मीका मणी ज्ञवालीले पनि पुनः श्रम स्वीकृति खुलेपछि यूएई जाने प्रक्रिया थाल्नुभएको छ । मार्च २ तारिखमा बिदामा घर आउनुभएका मणी कोरोना महामारीका कारण बिदा सकिएपछि फर्कन पाउनुभएन ।
उहाँ घरमै रोकिंदा पनि उता यूएईमा भने उहाँको काम रोकिएन । सुपरमार्केटमा काम गर्ने मणीको कम्पनी चलिरहेकै छ । झण्डै चार वर्षदेखि त्यही कम्पनीमा कार्यरत उहाँलाई सेवासुविधा र तलब पनि राम्रो दिएको छ । यहाँ यतिका महिना बस्दा पनि स्वदेशमै के काम गर्ने भनेर उहाँले मेसो पाउनुभएको छैन । उडान बन्दा हुँदा परदेशबाट कम्पनीले बोलाउँदा पनि जान पाइएन भन्नुहुन्छ मणी ।
‘सबै साथीहरुले काम गरिरहेका छन्, कसैलाई पनि केही भएको छैन, मैले पनि गएपछि सुरक्षा सतर्कता अपनाएरै काम गर्ने हो’ मणी भन्नुहुन्छ, ‘हुँदाखाँदाको जागिर छाडेर यहाँ के गर्नु ? न काम पाइन्छ, न अन्य केही कमाइको बाटो नै छ ।’
मणीले यूएई जानको लागि प्रक्रिया थाल्नुभएको छ । त्यसका लागि कम्पनीसँग समन्वय पनि भइरहेको छ । उताको प्रक्रिया मिल्नासाथ मणी यूएई उड्ने योजनामा हुनुहुन्छ ।
यहाँ बेरोजगार बस्नुभन्दा सुरक्षा सतर्कता अपनाएर परदेश जान परिवारले पनि अनुमति दिएका छन् । ‘परीक्षण गरेरै जाने हो, उता पनि सुरक्षाका उपायहरु अपनाइन्छ, डर छैन’ मणी भन्नुहुन्छ ।
सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।
यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाउँछ । यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन: श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले, ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
थप रोजगारी सृजना भएन, युवा वैदेशिक रोजगारीमै आकर्षित भए
विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।
महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।
अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।
नेपालमा मात्र होइन, अहिले नेपाली जाने तयारी गरिरहेका यूएई, कतार, बहराइन, कुवेत लगायतका देशमा कोरोनाको जोखिम दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या पनि त्यसैगरी बढिरहेको छ । तर यो महामारीका बीचमा पनि युवाले वैदेशिक रोजगारी नै रोज्नुको कारण देशमा उनीहरुले अवसर नै नपाएको र पाउनेलाई पनि त्यसले बाँध्न नसकेको विज्ञ डा. गुरुङको भनाइ छ ।
‘मानिसले त आफूलाई कहाँ फाइदा छ भनेर तुलना गर्छ नि, अहिले सरकारले जुन विकल्प दिएको थियो, त्योे विकल्पभन्दा उनीहरुलाई विदेश नै ठिक लाग्यो,’ डा. गुरुङ भन्नुहुन्छ, ‘जसले जे भने पनि अहिले प्रदेश, जिल्ला र पालिकास्तरमा युवालाई तान्ने गरी रोजगारी सृजना भएका छैनन्, अवस्था पहिलेकै जस्तो छ ।’
अहिले सार्वजनिक गाडीहरु नचल्दा, लकडाउनकै अवस्थामा हुँदा र सङ्क्रमणको जोखिम दिनहुँ बढिरहँदा पनि पछिल्ला चार दिनमा झण्डै ११ सयले पुनः श्रम स्वीकृति लिनुले अवस्था केही सहज भएमा या गाडीहरु चल्न थालेमा यो सङ्ख्या ह्वात्तै बढ्ने उहाँ बताउनुहुन्छ । युवाहरु कहिले खुल्छ र वैदेशिक रोजगारीमा फर्कौंला भनेर पर्खेर बसेका छन् ।
गन्तव्य देश पनि जोखिममा
खाडीका देश र मलेसियामा मात्रै झण्डै पाँच लाख भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदी, कतार, यूएई, कुवेत र बहराइनमा त्यहाँ कार्यरत नेपालीमा पनि कोरोना सङ्क्रमण बढिरहेको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँकले देखाउँछ ।
यी देशमा कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । संसारमा अरु देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि मध्यपूर्वका देशमा चिन्ता गर्नुपर्ने अवस्था रहेको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटा बताउनुहुन्छ ।
कोरोनाको कारण ठप्पै भएका आर्थिक गतिविधि विस्तारै चलायमान गराउन मध्यपूर्वका देशले विभिन्न रणनीतिक योजना ल्याएका छन् । थोरै भए पनि खुल्न थालेका छन् । तर कोरोनाको प्रभाव घटेको छैन । धेरै देशहरु पर्ख र हेरकै अवस्थामा छन् । तेलको मूल्य घट्दा खाडीका देशको अर्थतन्त्र पनि घटेको छ । खाडी र इरानबीच रराजनीतिक हुण्डरी पनि चलिरहेको छ ।
मंगलबारदेखि यूएई पर्यटकका लागि खुले पनि जोखिम उत्तिकै छ । खाडीका देश र मलेसियासहित विभिन्न देशमा अझै अन्तर्राष्ट्रिय उडानहरु खुलेका छैनन् । नेपालले पनि बन्दै गरेको छ ।
यही अवस्थामा सरकारले पुनः श्रम स्वीकृति खोल्नु र युवाहरुले जानका लागि खुट्टा उचाल्नु जोखिमयुक्त रहेको डा. गुरुङको भनाइ छ । अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउनुहुन्छ ।
‘कोरोनाको कारण अवस्था देशमा मात्र होइन, विदेशमासमेत समान्य भएको छैन, यस्तो बेलामा भिडभाड गरेर कार्यालय खोलेर पुनः श्रम स्वीकृति किन दिएको हो भनेर मैले बुझेको छैन’ डा. गुरुङ भन्नुहुन्छ ।
यो बेलामा पुनः श्रम स्वीकृति खोल्दा पनि डिजिटल माध्यमबाट कार्यालयमा उपस्थित नभइ लिन सक्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
उनीहरुले लकडाउनमा घरबाटै “सम्माननीय प्रधानमन्त्री ज्यू, सिमाको बिषयमा यथाशिघ्र कुटनितिक पहल सुरु गर्न हार्दिक अनुरोध गर्दछु” लेखिएको प्लेकार्ड सहित सार्वजनिक गरेका छन् । नेपालका बिभिन्न जिल्लामा घर रहेका नेपाली युवाहरुले उक्त अभियान चलाएका हुन् ।
भारतले नेपाललाई जानकारी नै नदिई सीमा क्षेत्रमा सडक बनाएकाले भारतलाई कुटनितिक रुपमा रचनात्मक दबाब दिन आबश्यक भएकोले नेपाल सरकारलाई दबाब स्वरुप यो अभियान चलाईएको जानकारी नेपाल युवा परिषद्का केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताउनु भयो । यस अभियानमा थप नयाँ नयाँ रचनात्मक दबाबहरु ीदन आवश्यक रहेकोले आगामी दिनहरुमा थप नयाँ अभियानहरु समेतको नेतृत्व लिईने गरी बिशेष तयारी भईरहेको छ भनी नेपाल युवा परिषदका उपाध्यक्ष शुर्दसन बिडारीले बताउनु भयो ।
संस्थाले बाँके जिल्लाका सम्पूर्ण ८ स्थानीय तह र बर्दिया जिल्लाका ४ स्थानीय तहरु राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउपालिकालाई बितरण गरि सकिएको र १ स्थानीय तह मधुबन नगरपालिकामा केहि दिनमा रकम बुझाईने स्याक नेपालका सुपरभाइजर पुस्पा कुमारी सुनारले जानकारी गराउनु भयो । साथै गैरसरकारी संस्था महासंघ नेपाल , बाँकेलाई रु. ५००० पनि सहयोग गरेको छ ।
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले व्यक्तिगत रुपमा कोहलपुर नगरपालिका वडा न. १२ मा पांच हजार र बढैयाताल गाउपालिकालाई पांच हजार बराबरको खाधान्न सहयोग गर्नु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रणका क्रममा नागरिकलाई परेको असरमा बाँके र बर्दियाका स्थानीय तहहरुले गरिब, विपन्न र ज्याला मजदुरी गर्नेले आफ्नो पेशा गर्न नपाए पछि ति वर्गलाई आफ्नो जिबन जिउन असहज भएको छ । ति बिपन्न परिवारलाई राहत बितरण गर्न स्थानीय सरकारले सहयोगको लागि अनुरोध गरे पछि सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले पनि सहयोग गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो । बाँके र बर्दिया जिल्लाका स्थानीय तहले संघीय र प्रदेश सरकारको निर्देशन तथा कार्यविधिका आधारमा एकद्वार प्रणालीबाट पीडित परिवारलाई राहत सहयोग गरिरहेका छन् । स्याक नेपालले अरु सहयोगको लागि सहयोगी संस्थाहरुसंग सहकार्य भै रहेको र अन्य सहयोग पनि हुन सक्ने संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।