बुलन्द न्युज
अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने गाउँपालिकाको विकास तथा युवा रोजगारीको लागि दक्षिण कोरिया पुग्नु भएको छ । झण्डै १० दिने भ्रमणमा रहनु भएका अध्यक्ष न्यौपानेले दक्षिण कोरियाका स्थानीय सरकारसँग साझेदारी गर्ने गाउँपालिकाका युवाहरुलाई त्यहाको प्रबिधी सिकाई नेपालमा नै रोजगारी श्रृजना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले युवाहरुलाई मौसमी कामदारको रुपमा कोरिया पठाउने तथा उनीहरुले सिकेको कृषि प्रबिधी तथा सिपलाई स्वदेशमा परिचालन गर्ने गरी तयारी भएको बताउनुभयो । त्यसका लागि कोरियास्थित बिभिन्न स्थानीय तहका प्रमुख तथा नेताहरुसँग छलफल भेटघाट भइरहेको बताउनुभयो । उहाँले भेटमा नेपालको जस्तै भुगोलमा कोरियाले गरेको विकास हेर्न लायक रहेको भन्दै गाउँपालिकालाई सिपयुक्त जनशक्ती र रोजगारी प्राथमिकताका साथ लिइएको बताउनुभयो ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा भब्य स्वागत
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलाई दक्षिण कोरियामा भव्य स्वागत गरिएको छ । दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरी विकासमा सांझेदारी गर्ने लक्ष्य बोकेर दक्षिण कोरिया पुग्नु भएका पाणिनीका अध्यक्ष न्यौपानेलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो ।
उहाँसंगै चौबिसे गाउँपालिका धनकुटाका अध्यक्ष राजकुमार लिम्बुलाई पनि स्वागत गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ । स्वागत पछि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालमा विद्यमान व्यवसायिक सम्भावना र चुनौतीका विषयमा छलफल समेत चलाइएको थियो । छलफलमा त्यहाँ रहेका नेपालीहरुले आफ्ना अनुभव र समस्याहरुको बारेमा धारणा समेत राखेको अध्यक्ष पौडेलको भनाई छ । कार्यक्रममा बोल्दै पाणीनी अध्यक्ष न्यौपानेले दक्षिण कोरियाका पालिकासँग समन्वय गरि कृषिमा मौसमी कामदार लैजाने, व्यवसायिक कृषि र आर्थिक समृद्धिको निम्ती हातेमालो गर्ने र कोरियाबाट फर्किएका कामदारलाई व्यवसायिक योजनामा सहजीकरण गर्ने पालिकाको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष मनोज पौडेल, सचिव सि.एन.भण्डारी लगायतले स्थानीय सरकारको प्रगति र गतिविधिका बारेमा जिज्ञासा राख्नुभएको थियो भने दुवै पालिकाका अध्यक्षहरुले जवाफ दिनुभएको थियो । कार्यक्रममा लुम्बीनी प्रदेश सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष हिमाल खनाल, र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पनि सम्बोधन गर्नुभएको थियो । उहाँहरुले कृषि र पर्यटनलाई व्यवसायिकीकरण गरि आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रम अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाबुराम पोख्रेलको स्वागत मन्तव्य र महासचिव आविश्कार घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
दिपेन्द्र श्रेष्ठ.जेष्ठ २५ , छत्रदेव – छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज पहिलो दिन छत्रदेव गाउँपालिका वडा नम्बर १ को कार्यक्रम वडाको कार्यालय चिदिकामा सम्पन्न भएको छ |
कार्यक्रममा वडाका नवनिर्वाचित वार्ड अध्यक्ष काजिबाबू ज्ञवालीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कामहरु गर्न आफुहरुलाई सहज हुने बताएका छन।
कार्यक्रममा छोटो मन्तब्य राख्दै नेकपा एमाले छत्रदेव गाउँपालिका पालिका का अध्यक्ष रामजी पान्डेले उक्त अभिमुखीकरण कार्यक्रमले वडा तथा पालिकाबाट प्रदान हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता का कामहरु कर्मचारी तथा जनप्रतिनिधिहरु अलमल पर्नु नपर्ने र छोटो समयमा सेवाग्राहिलाइ सहज ढंगले सेवा प्रदान गरिनु पर्नेमा जोड दिनुभयो |
कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक कृष्ण प्रसाद श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो |
त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाकि एम आइ एम अपरेटर धनमाया श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो |
छत्रदेव गाउँपालिका वडा नम्बर १ वडाका नव निर्वाचित वडा अध्यक्ष काजि बाबु ज्ञवालीको अध्यक्षतामा सुरु भइ उहाँले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो|
अभिमुखीकरण कार्यक्रममा वडाका पुर्व जनप्रतिनिधिहरु ,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम छत्रदेव गाउँपालिका का सबै वडामा लगातार संचालन गरिने बताइएको छ |
बुलन्द
सुशासन र जवाफदेहिता वर्तमान समयको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाले बताएका छन । भ्रष्टाचार बिरूद्द अन्तराष्ट्रिय दिवशको अवशरमा सुशासन प्रबद्र्धनमा नागरिक समाजको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने बत्ताहरुले सुशासनको पक्षलाई आत्मसाथ नगरिदा मुलुकमा अस्वाभाबिक खालका बिकृतिहरु देखिने गरेको बताएका हुन । कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बि.क किशोरले सार्वजनिक, नीजि क्षेत्रमा सुशासनको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले न्यायपालिका, नागरिक समाज लगायतका क्षेत्रमा पनि सुशासन अपहिरार्य आवश्यकता रहेको भन्दै दिवशले सबैमा पारष्परिक जवाफदेहिताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो. ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नागरिक समाजको भूमिका पहरेदारी र खबरदारीको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सुशासनको संस्थागत विकासका लागि सरकारले सुशासन ऐन तथा नियमावली निर्माण गरिएको भन्दै सबै सार्वजनिक निकायलाई पारदर्शी र जिम्मेवार बन्न अपिल पनि गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली, सबै सूचना अधिकारीहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिनोद खनाल, नागरिक समाजका अध्यक्ष नन्दलाल उपाध्याय लगायतले दिवशको अवसरमा जिल्लामा सुशासनको अवस्था लगायतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्री, सशत्र प्रहरी नायव उपरिक्षक राम कृष्ण मर्हजन, इश्वरी वक्स गुल्मका सेनानी आदित्य सिलवाल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, प्रमुख अनुसन्धान अधिकृत विनय चर्तुवेदी, गैर सरकारी संस्था महांसंघका अध्यक्ष ठाकुर प्रसाद अधिकारी, सुसासन प्रर्वद्धनका लागि जिल्ला स्तरीय नागरिक संजाल संयोजक फर्सुराम पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अध्यक्ष हिम जि.सी लेकाली, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य सुर्य प्रसाद भुसाल लगायतको आथित्यता रहेको थियो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, एकीकृत ग्रामीण विकास समाज तथा सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय सञ्जालको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका सूचना अधिकारी, नागरिक समाजको प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनालको अध्यक्षता, सचिव बिनोद गैरेको सञ्चालन र सह सचिव हृदयकुमार भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
शोभाखर पन्थी

भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका बिषय अन्र्तक्रिया सम्पन्न
बुलन्द संबाददाता
२४ मंसिर २०७७
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्टाचारमा शुन्य सहनशीलता बढेको जिकिर गर्नुभको छ । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशको अवशरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रमा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बड्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशलता नीतिको उपज भएको बताउनुभयो ।
भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भ्रष्टाचार बिरोधी अभियानले गति लिएको बताउनुभयो । उहाँले लैंङ्गिक हिंसा, भ्रष्टाचार, सामाजिक बिकृति बिसङ्गतीको अन्त्य गर्न पहिला आ–आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन मिथ्या र सरकारलाई आरोप लगाउने खालको भएको बताउनुभयो ।
सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रुपमा लागि रहेको बताउनुभयो । उहाँले बिभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको पनि बताउनुभयो ।
भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । थापाले राज्यको उपल्लो ओहोदाबाटै भ्रष्टाचार जन्य गलत मानसिकलाई त्याग्दै सबै दुर दराजसम्मको मानसिकतामा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने बताउनुभयो । उहाँले व्यक्ती, संस्था, समहु, तथा राज्यका तह तथा तत्काहरु सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त बनाउन उद्दत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधवराज बुढाथोकी, संयुक्त दलित अधिकार मञ्चका संयोजक ठाकुर सौराग, अन्तरपाटी महिला सञ्जालका प्रतिनिधी इश्वरा पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेष खनाल लगायतले बोल्दै भ्रष्टाचार सामाजिक अपराध भएकोले त्यसको अन्त्य गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका र गैसस महासंघका सागर परियारले लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता, सदस्य फर्सुराम पाण्डेको स्वागत मन्तब्य र सचिव राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सागर परियार
९ मंसिर सन्धिखर्क २०७७
पारिवारिक नीजि वन (एफोन) को आयोजनामा पारिवारिक श्रोतमा स्थानीय समुदायको अधिकार बिषयक् अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एफोनका केन्द्रीय न्यायिक बिभागका सदस्य राम मल्ल ठकुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रमुख अथिति ठकुरीले पारिवारिक वन सरकारले राखेका लक्ष्य पूरा गर्ने साझेदार निकाय भएको बताउनुभयो । उहाँले सरकारको कतिपय नीतिका कारण आफैले हुर्काएको वनबाट जनताले लाभ लिनबाट बञ्चित हुदै आएको बताउनुभयो ।
कार्यक्रममा निमित्त डिभिजन वन प्रमुख शिला पाख्रेलले सरकारले सामुदायिक वनसंगै अहिले नीजि वनको अवधारणा ल्याएको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयमा पारिवारिक नीजि वन दर्ता गर्न सुझाब समेत दिनुभयो ।
कार्यक्रममा एफोनका प्रदेश सदस्य बिष्णु प्रसाद पौडेल, फेकोफन जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल, पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा एफोनका जिल्ला सचिव खिमानन्द खनालको अध्यक्षता र केशब मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नयाँ कार्य समिति निर्माण
यस्तै पारिवारिक नीजि वन (एफोन) को भेलाले नयाँ कार्य समिति समेत निर्माण गरेको छ ।
खिमानन्द खनालको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा दिपक कुवँर, सचिवमा भरत शाह, कोषाध्यक्षमा माया पौडेल लगायतका रहुनभएको छ ।
सागर परियार
बुलन्द न्यूज, असाेज १३, २०७७,
सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालको आयोजनामा संस्थाहरुको आन्तरिक सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्रवद्र्धन गर्नका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । सामाजिक सेवा दिवशको सप्ताह व्यापी कार्यक्रमको अवसर पारेर अर्घाखाँची जिल्लामा रहेका नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको भेलाले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा प्रचलित कानुन र संस्थाको विधान बमोजिम संस्थाहरुको नवीकरण, अधिवेशन, साधारण सभा र बैठक समयमा नै सम्पन्न गर्ने, वार्षिक कार्यक्रम र बजेट साधारण सभाबाट पास गराई वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने, कम्तीमा ६ महिनाको एक पटक समीक्षा बैठक सम्पन्न गर्ने उल्लेख छ । सबै संस्थाहरुको कार्यसमितिमा न्युनतम ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरी कर्मचारीको छनौट, नियुक्तिमा समेत महिला, दलित, जनजाति र पिछडिएको समुदायलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
नागरिक समाज संघ संस्थाहरुको भुमिकालाई पारदर्शी र सुशासन मैत्री बनाउन आफुहरु स्व–नियमनको अभ्यासमा केन्द्रित भएको सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका संयोजक फर्सुराम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अब देखि संस्थाको अघिल्लो कार्यसमितिले गरेका प्रगति, योजना र जिम्मेवारीहरु विधिवत रुपमा बरबुझारथ गर्ने अभ्यास पनि गरिने छ ।
साथै संस्थाहरुले सूचनाको हक अनुसार संस्थागत सूचना तथा तथ्यांङ्कहरुलाई सूचना पाटी, रेडियो, पत्रपत्रिका वा वेभसाइट मार्फत सार्वजनिक गर्ने र भ्रष्टाचार, जातीय भेदभाव, लैंगिक हिंसा र बाल श्रम विरुद्ध शून्य सहनशीलता नीति र संयन्त्र आगामी १ वर्षभित्र निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष ठाकुरप्रसाद अधिकारीले संघ संस्थाहरुको दीगोपनामा जोड दिदै आफ्नो क्षमता विकास र नागरिक समाजप्रतिको सकारात्मक धारणा तय गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य बाबुराम पौडेलले नागरिक समाजले विकासको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले सरकार, नागरिक समाज र बजार एक अर्काका परिपुरक तथा साझेदार रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्जालका संयोजक फर्सुराम पाण्डेको अध्यक्षता र एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सहजीकरण रहेको थियो ।
प्रतिबद्धता पत्र सहित


.jpg)































