जबरजस्ती करणी आरोपमा प्रेमबहादुर खड्का क्याराभान होटलबाट पक्राउ


बुलन्द न्यूज डेक्स
अर्घाखाँची, २७ बैशाख । 
जबर जस्ती करणी आरोपमा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खड्कालाई सन्धिखर्क शान्ति बगैँचामा रहेको होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।
फाइल फाेटाे 

बैशाख २५ गते राती ९ बजेर ४५ मिनेटको समयमा कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिकाबाट काम बिशेषले अर्घाखाँची जिल्लाको सन्धिखर्क १ शान्ति बगैंचामा आएकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लगाएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नाका बर्ष ४२ को प्रेमबहादुर खड्काले आफुले होटलको व्यवस्था मिलाई दिने तथा होटलको भाडा समेत तिरी दिने भनि आश्वसन देखाई शान्ति बगैंचामा रहेको होटल क्याराभानमा लगी सोही होटलमा राखी करणी गरेको प्रहरीले बताएको छ । 
खड्काले ८८४८ नामक रक्सी समेत आफैले खरिद गरि लगी खुवाई सोही दिन साढे १० बजेको समयमा जवरजस्ती करणी गरेको भनि पिडितले जाहेरी दिएपछि उनलाई प्रक्राउ गरिएको हो । खड्का आफुलाई समाज सेवी व्यक्तीको रुपमा चिनाउदै आएका थिए । 
अर्घाखाँची जिल्ला अदालतबाट बैशाख २६ गते देखी लागु हुने गरि आजै ७ दिनको म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस