जनज्योतिले माफी माग्यो
जनज्योति उच्च माध्यमिक बिद्यालयले माफी माग्यो
बुुलन्द न्यूज डेक्स
अर्घाखाँची
स्वागत गीतमा भारतको परस्थ गीत गाएको भनी व्यापक आलोचना भएपछि जनज्योति उच्च माबिले माफी मागेको छ ।
बिद्यार्थीहरुले लेखेको गीतमा कुुनै पनि हेरफेर नगरी गाऊदा शब्दगत त्रुुटि भएको भन्दै बिद्यालयले माफी मागेको हो । बिद्यार्थीले स्वतन्त्रपूर्वक गीत प्रस्तुुत गर्दा उक्त कार्य भएको भन्दै दुुःख व्यक्त गर्दछौ प्राचार्यद्धारा जारी गरीएको बिज्ञप्तीमा भनिएको छ ।
समाचार प्रकाशित भएपछि प्राचार्यले राजिनामा दिनुुपर्ने सम्मका माग आएका थिए । सोही कुुरालाई लिएर राष्ट्रिय नमोर्चाले कार्यक्रमको बहिस्कार गरेको थियो भने अखिल छैटौले जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुुझाउने बताएको थियो ।

यस्तो छ प्रेश बिज्ञप्ती


जनज्योती उच्च मा.वि. ले यसरी बेच्यो नेपाली स्वाभिमान ।
भारतले जेजे भनेनी स्वीकार गरी मान
भारतले जेजे भनेनी स्वीकार गरी मान
बुुलन्द न्यूज डेक्स
अर्घाखाँची

शनिवार शान्ति उच्च माबिको नेपाल भारत मैत्री भवनको उद्घाटन गरेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुुर रायमाझी र नेपालका लागि भारतीय राजदुुत रन्जित रे आईतवार विहान ठिक ८ बजे जनज्योति उमाविमा भारतीय राजदुुताबासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न जुुटेका थिए । निक्कै हर्ष र उल्लासका साथ बाजा गाजा सहित मञ्चमा प्रवेश गरेको बिजुली मन्त्री रायमाझी र भारतीय राजदुुत रे उत्तिकै हर्षित मुद्रामा मञ्चमा थिए । बिद्यालयमा भएको कार्यक्रममा सयौँको संख्यामा सहभागी बनेका बिद्यार्थी, बिद्यार्थी अभिभावक देखि, जिल्लाका शिक्षा प्रेमी उपस्थित रहेको सो कार्यक्रम औपचारीक रुपमा सुुरु पनि भयो ।
क्रमैसँग पालो आयो स्वागत गीतको ।
गीतमा नेपाल भारत सम्बन्ध र सहयोगको कुुरा आई रहेको थियो । एक्कासी गीतमा भारतले जे भन्यो त्यही मानौँ, भारत सँग मात्रै सम्बन्ध राखौँ भन्ने शब्द सुनिन थाले, सहभागी सबैले दाया बाया कानाखुुसी गर्न थाले, मञ्चमा आशिन उपप्रधान तथा उर्जा मन्त्री रायमाझी देखि, भारतीय राजदुुत रे पनि गदगद हुुँदै सुुनिरहेका थिए । त्यत्ति मात्रै नभई प्रमुुख जिल्ला अधिकारी सुुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम लगायतयतका जिल्ला स्थीत जिल्लाका राजनीतिक दल पनि सोही मञ्चमा थिए ।
उपप्रधानमन्त्री भएकै कार्यक्रममा भारतको अनावश्यक चाकडी तथा भारत परस्थ गीत गाएको भन्दै बिद्यालयको कडा आलोचना गरिएको छ । भारतको सहयोग राम्रो कुुरा भएको भए पनि भारतले जे ग¥यो त्यहि मान्नुुपर्छ भन्ने गीतको बोल भने कदापी स्वीकार्य नहुुने सहभागीले प्रतिक्रिया दिएका थिए । कार्यक्रममा सञ्चारकर्मीलाई समेत खासै महत्व दिईएको थिइएन् । एक्कासी खस खस सुुरु भयो भन्न थाले हुुन त शिक्षकले लेखेका हुुन सक्छन यो गीत भनेर ।
यस्तो थियो स्वागत गीत
फेशबुुकमा आएका प्रतिक्रिया

धार्मिक स्वतन्त्रता देशमा दिएको छ भन्दैमा परम्परा देखि मान्दै आएको संस्कारलाई लत्याएर दुई कौडिमा बिक्ने माननियहरुले मलाई पाठ नपढाउनुहोला । म धर्म भन्दा पनि संस्कार मान्ने मान्छे हुँ ।








0 comments
तपाइको प्रतिक्रिया दिनुहोस