भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टका प्रिन्सिपल हुन गजेन्द्र मल्ल उर्फ सुदीप मल्ल । साथै नेपालगन्जमा रहेको खनाल होटेलका खाना र पेय प्रबन्धक रुपमा १ बर्ष कार्यरत रहनु भएको थियो । उनीसँग आतिथ्य क्षेत्रको राष्ट्रिय तथा अन्तरराष्ट्रिय लामो अनुभव छ र कफी विशेषज्ञ पनि हुन् र राष्ट्रिय र अन्तरराष्ट्रिय एक्सपोजर अनुभवको २ दशक रहेको छ । उहाँसग गरिएको सक्षिप्त भलाकुसारी ।
१. तपाईंलाई कहिले थाहा भयो कि तपाईं गम्भीरतापूर्वक उत्साहित हुनुहुन्छ ?
-गम्भीर बन्ने कुरा शौकहरूमा गम्भीर गल्ती हो । यो एक कुख्यात हो कि कुनै शौक या त तर्कसंगत औचित्य खोज्न वा आवश्यक छैन । यो गर्न इच्छा पर्याप्त कारण पर्याप्त छ ।
२.के रुचिहरू श्रम र फुर्सतको समयको बीचको सम्बन्ध तोड्न सफल हुन्छन् ?
-अवश्य , हाम्रो रुचिहरू र शौकले हामी र हाम्रो संसारको बारेमा ठूलो सम्झौता बताउँछ । हामी कसरी अरूलाई आफ्नो जीवन प्रस्तुत गर्ने छनौट गर्ने बारेमा मुक्त समयको बोझो, अपेक्षा–मालवाहक प्रकृति बारे : ढिलो पूँजीवादी समाजमा उत्पादकत्वको सम्भावनासँग हाम्रो फिसलन सम्बन्धको बारेमा रुचि । हाम्रो अस्तित्वको कुना हो जुनमा हामी नियन्त्रणको प्रभाव पाउँछौं ।
३.तपाईंको जीवनमा तपाईंको उपलब्धिहरू ?
-धेरै छन् ,विद्यार्थी जीवनबाट केही उल्लेखनीय यसप्रकारका रहेका छन् ।
जीसीसी (खाडी देश परिषद) निवामा (ल्ष्खभब) उचाई
बिक्रीको बृद्धि (२००६,२००७ र २००८
वर्षको सर्वश्रेष्ठ व्यक्तित्व (२००९ ,कतार
वर्षको सर्वश्रेष्ठ बहिर्गमन विद्यार्थी( २०१५ , बंगलोर, भारत
जीसीसी (खाडी देश परिषद) निवामा (ल्ष्खभब) उचाई
बिक्रीको बृद्धि (२००६,२००७ र २००८
वर्षको सर्वश्रेष्ठ व्यक्तित्व (२००९ ,कतार
वर्षको सर्वश्रेष्ठ बहिर्गमन विद्यार्थी( २०१५ , बंगलोर, भारत
४.तपाईको कामका अनुभवहरु ?
-खुद्रा पसल , ग्राहक सेवा र बिक्री ,विभागीय भण्डार (आतिथ्य उद्योग मारियट होटल, मलेशिया ) वातावरणमा मैले १० बर्षको अधिक कार्य अनुभव प्राप्त गरेको छु, जहाँ मैले दुबै सेवा र बिक्रीको अपेक्षाहरू र लक्ष्यहरू पार गरे।मेरो कामको दृष्टिकोण मेरो विश्वासमा आधारित छ कि कडा परिश्रम, सेवा उत्कृष्टता, सहयोगी शैली र व्यक्तिगत पहल सफल हुन सर्वोपरि इच्छा हो। दुबई, कतार, मलेशिया, बंगलोर, भारत ,नेपाल पर्यटन र आतिथ्य । पर्यटन र आतिथ्य नेपालको विदेशी मुद्रा राजस्वको मुख्य स्रोत हो, तिनीहरूलाई शिक्षा दिन कुनै चुनौती छ ।
-खुद्रा पसल , ग्राहक सेवा र बिक्री ,विभागीय भण्डार (आतिथ्य उद्योग मारियट होटल, मलेशिया ) वातावरणमा मैले १० बर्षको अधिक कार्य अनुभव प्राप्त गरेको छु, जहाँ मैले दुबै सेवा र बिक्रीको अपेक्षाहरू र लक्ष्यहरू पार गरे।मेरो कामको दृष्टिकोण मेरो विश्वासमा आधारित छ कि कडा परिश्रम, सेवा उत्कृष्टता, सहयोगी शैली र व्यक्तिगत पहल सफल हुन सर्वोपरि इच्छा हो। दुबई, कतार, मलेशिया, बंगलोर, भारत ,नेपाल पर्यटन र आतिथ्य । पर्यटन र आतिथ्य नेपालको विदेशी मुद्रा राजस्वको मुख्य स्रोत हो, तिनीहरूलाई शिक्षा दिन कुनै चुनौती छ ।
मलाई व्यक्तिगत रूपमा लाग्छ कि आतिथ्य एक मात्र क्षेत्र हो जहाँ तपाईं यति धेरै अनौंठो व्यक्तिहरू भेट्नुहुन्छ, नयाँ संस्कृति सिक्नुहुन्छ र नयाँ खाना बानीहरू सिक्नुहुन्छ । तिनीहरू अधिक पेशेवर हुनुपर्दछ, कर्पोरेट संस्कृति सिकाउनु पर्ने हुन्छ र एक्सपोजर उनीहरूलाई दिनु पर्ने हुन्छ । र उहि समयमा उनीहरूसँग होटेलको केहि समूहहरूसँग सम्झौता हुनुपर्दछ जहाँ केही ठोस कदम चाल्न सकिन्छ ।
५. तपाईंको रुचि के के छन् ?
-पुरानो सिक्का मुद्रा संग्रह , पुस्तक पढ्ने, गीतकार , पुस्तकहरु संग्रह, विदेशी मुद्रा संग्रह,यात्रा, संगीत सुन्न, इन्टर्नेट ब्राउजि र शपिंग,पैदल यात्रा, कलम संग्रह, चित्रकला, फोटोग्राफी,लेख लेखन, प्राचीन बस्तु संग्रह, पोष्ट कार्ड संग्रह,नयाँ खाना पकाउँदै , चलचित्र संग्रह, उडान (यातायात) र चलचित्र टिकट संग्रह , भ्रमण ,फुटबल खेल्न
६.बन्दाबन्दीमा तपाईं कुन पुस्तक अध्ययन गर्नुभयो ?
-जीवनी ( नेलसन मण्डेला , चार्ली चैनपाइन , चे गुवेरा ,एनी फ्रान्क ,नेपाली इतिहास( बालचन्द्र शर्मा) र समाचार र पत्रिकाहरु ।
७.विदेश भ्रमणहरु ?
-दुबई, कतार, मलेशिया, थाईल्यान्ड, श्रीलंका, पाकिस्तान, भारत ,नेपाल
-दुबई, कतार, मलेशिया, थाईल्यान्ड, श्रीलंका, पाकिस्तान, भारत ,नेपाल
८ .मनपर्ने लेखक ?
-फ्योडर दोस्तोभस्की , एन्टोन चेखोभ , म्याक्सिम गोर्की,पारिजात , लक्ष्मी प्रसाद देवकोटा, सिडनी शेल्डन,
-फ्योडर दोस्तोभस्की , एन्टोन चेखोभ , म्याक्सिम गोर्की,पारिजात , लक्ष्मी प्रसाद देवकोटा, सिडनी शेल्डन,
९.मनपर्ने व्यक्तित्व?
-मदर टेरेसा र अल्बर्ट एनिस्टिन
-मदर टेरेसा र अल्बर्ट एनिस्टिन
१०.मनपर्ने पेय ?
-अमेरिकनो कफी (हाइलैंड बीन्स )
-अमेरिकनो कफी (हाइलैंड बीन्स )
११ .मनपर्ने चलचित्र?
-द नोट बुक , मौलिन रुज , अनान्द
-द नोट बुक , मौलिन रुज , अनान्द
१२.कस्तो प्रकारको भविष्यमहामारी पछि निर्भर गर्दछ ?
-नेपाल एक कृषि देश हो जुन ६६ प्रतिशत मानिस प्रत्यक्ष खेतीमा संलग्न छन् । नेपाल सरकारले युवा उद्यमीहरूको लागि ूस्थिरता, निश्चित र सुरक्षा प्रदान गर्नु पर्दछ । मलाई विश्वास छ कि कृषिको भविष्य युवा किसानहरूको हातमा छ र स्मार्ट र आधुनिक खेती प्रविधिको सहयोगमा। व्यापार अर्थशास्त्र विश्वव्यापी म्याक्रो मोडेल र विश्लेषकहरूको अपेक्षानुसार २०२० सम्ममा बेरोजगारी दर ३÷६ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । आर्थिक अवसरहरू थोरै बीचमा छन्।
१३.संसारलाई कुनै सन्देश ?
-हामी वर्तमान महामारीको स्थितिमा सकारात्मक हुनु आवश्यक छ, आँधीबेहरीले मानिसलाई बलियो बनाउँदछ र सँधैको लागि कहिल्यै रहँदैन । म विश्वास गर्दछु कि हामीले सामना गर्ने सबै चुनौतीहरू यहाँ केहि सिकाउनको लागि हो । मेरो लागि, म वास्तवमै केमा महत्ववपूर्ण छ भनेर केन्द्रित गर्दैछु । धीमा गर्दै र मेरो अन्र्तज्ञानले मलाई निर्णयहरूमा मार्गदर्शन गर्न दिइरहेको छ किनभने मलाई कोरोना भाईरस पागलपनको परिणामको रूपमा लिन बाध्य पारिएको छ ।
-हामी वर्तमान महामारीको स्थितिमा सकारात्मक हुनु आवश्यक छ, आँधीबेहरीले मानिसलाई बलियो बनाउँदछ र सँधैको लागि कहिल्यै रहँदैन । म विश्वास गर्दछु कि हामीले सामना गर्ने सबै चुनौतीहरू यहाँ केहि सिकाउनको लागि हो । मेरो लागि, म वास्तवमै केमा महत्ववपूर्ण छ भनेर केन्द्रित गर्दैछु । धीमा गर्दै र मेरो अन्र्तज्ञानले मलाई निर्णयहरूमा मार्गदर्शन गर्न दिइरहेको छ किनभने मलाई कोरोना भाईरस पागलपनको परिणामको रूपमा लिन बाध्य पारिएको छ ।
दिपेन्द्र श्रेष्ठ फागुन १/छत्रदेब,अर्घाखाची - राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप
अभियान २०६७/७७ को लागि अर्घाखाँची जिल्लाको छ्त्रदेब गाउपालिकाको आयोजनामा
गाउपालिका स्तरीय खोप समन्वय समितिको परिचयात्मक गोष्ठी बिहिबार छत्रदेब गाउपालिकाका
अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता तथा अर्घाखाँची जिल्ला खोप समुन्वय समितिका
सम्योजक राम प्रसाद गौतमको प्रमुख आतिथ्यतामा समपन्न भएको छ| राष्ट्रिय गान बाट
सुरु भएको गोष्ठीको उद्घाटन छत्रदेब गाउपालिकाका प्रमुख लेखनाथ पोख्रेलले खोप
अभियानको ब्यानर पढेर गर्नुभएको थियो |
कार्यक्रममा स्वागत मनतब्य राख्दै छत्रदेब
गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसालले खोप अभियानलाइ सम्पन्न
पार्न आमजनसमुदायको उल्लेखनीय भूमिका आबश्येक पर्ने हुदा यस अभियान लाइ सफल पार्न
सम्पूर्ण अभिभावकहरुले आफ्ना पाच बर्ष नपुगेका बालबालिकाहरुलाई तोकिएको पाएक पर्ने
खोप केन्द्रमा लगि खोपाउन् अनुरोध गर्नुभयो |
दादुरा रुबेला विरूद्धको
खोप कार्यक्रम र अभियानको बारेमा प्रकाश पार्दै जिल्ला खोप समुन्वय समितिका
सम्योजक राम प्रसाद गौतमले "सरकारले
दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान दुई चरणमा गर्ने कार्यक्रम रहेको र पहिलो
चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३०
गतेसम्म सञ्चालन हुने र पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र
सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुन् लागेको र दुई चरणमा गरी देशभरका ३० लाख बालबालिका उक्त खोप लगाइने हुदा सोहि अनुरुप
अर्घाखाँची मा पनि यहि फागुन ७ गते देखि १५ गतेसम्म अभियानको रुपमा चल्ने दादुर
रुबेला बिरुद्धको खोप ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दिइने हुदा
छत्रदेबमा पनि तोकिएका खोप केन्द्रमा लगि आफ्ना बालबालिकालाई खोप लगाउनु पर्ने बताउनुभयो|
सरकारले दादुरा र
रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्न देशभर ८ हजार तालिमप्राप्त
स्वस्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ । यस्तै ५ हजार ५ सय जना स्थानिय
सुपरिवेक्षक पनि परिचालन हुनेछन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र
स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गरिनेछन् ।
कार्यक्रमको
समापन गर्दै गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले कुनै पनि खोप लगाउने कुरामा
बालबालिकाहरुलाई छुटायेमा भोलिको पुस्ताले धिक्कार्ने भन्दै उक्त अभियानलाइ सफल
पार्न छत्रदेब गाउपालिका भित्रका सम्पूर्ण स्वास्थ्यकर्मी र स्वास्थ्य स्वेमसेबिकाहरुलाई
परिचालन गरिने बताउनुभयो| जनप्रतिनिधि,शिक्षक,पत्रकार,समाजसेबी,बुद्धिजिबी,जनसमुदाय
सबैले हातेमालो गरि उक्त खोप अभियानलाई उत्साह पुर्बक सफल पार्न सबैले आफ्नो गाउ
टोल समाजमा खोपको बारेमा सकारात्मक सन्देस प्रवाह गर्नुपर्नेमा पोख्रेलले जोड
दिनुभयो |
कार्यक्रममा छत्रदेब गाउपालिका उपाध्यक्ष
तुल्सादेबी श्रेष्ठ ,छत्रदेब गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल,पालिकाका
शिक्षा अधिकृत गिरिराज पाण्डे,लेखा अधिकृत सन्तोष गैरे ,सुचना प्रबिधि अधिकृत
इ.सुनिल पन्थी लगाएतको आतिथ्यता रहेको गोष्ठी कार्यक्रममा बिभिन्न वडाका
जनप्रतिनिधिहरु,कार्यपालिकाका सदस्यहरु पालिका भित्रका
स्वास्थ्यकर्मी,पत्रकार,स्वास्थ्य स्वेमसेबिकाहरुको बाक्लो उपस्थिति रहेको थियो |कार्यक्रमको
सहजीकरण पालिकाका स्वास्थ्य संयोजक बुद्धि न्यौपानेले गर्नुभएको थियो |
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पवित्र त्यो सुमधुरताले ,लोभायौ तिलखुवा
आफ्नै गितमा संगित भरि ,शोभायौ तिलखुवा ।
हेर्दै गर्दा जलबुंदले पो , चोखायौ तिलखुवा
कति छिटै नै प्यारको भारि ,बोकायौ तिलखुवा ।।
चुमेर तिम्रोलताले ,लठ्ठिए छु म , तिलखुवा
अंग अंग उमंगले , ठट्टिए छु म तिलखुवा ।
सुटुक्क जालमा पार्यौ ,टोलाए छु म तिलखुवा
तिम्रै प्यारकोआलिंगन्ले ,लोलाएछु म तिलखुवा ।।
यही माटोकि सृजना हे , मालारानी कि छोरी
सम्झिरहने बनाउं छ्यौ रे , सबको मन चोरी ।
निर्भिकता कि सगरमाथा ,सौन्दर्यता कि खानि
सबका मनमा बस्न सफल ,अर्घाखाँचीकि रानी ।।
९० मिटर लामो ज्यानमा ,अमृतका ती लहरा
जनताका मनहरूमा नै ,बसिछ्यौ हे छहरा ।
चढ्दो उमेर बढ्दो बैंसकि , उन्मत्त हे सुन्दरी
जवानीले फक्रिएकि छौ , प्यारि प्रेम मञ्जरी ।।
कविता : "प्यारो तिलखुवा "
नारायण प्रसाद खनाल
मालारानी गाउँपालिका ३, खनार अर्घाखाँची
हिंदू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ । यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन् । यसको उज्यालोले दु:ख कस्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ । यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ ।
दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाईन्छ ।
धार्मिक कारण
दियो/उज्यालो ज्ञानको प्रतिक हो । पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो । हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ ।
आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ । यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ । त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ ।
बैज्ञानीक कारण
गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ । यो घ्युको दियो बाल्नाले घ्यु आगोको संपर्कमा आएर बातावरण नै सुद्द/पवित्र बनाउछ । दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र ।
दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र
दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।
दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ
दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ ।दियो पश्चिम फर्काएर राख्नले दु:ख बड्छ ।दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हानी हुन सक्छ ।दियोको प्रकाश आउने भाग/मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला ।
कालो, रातो र सेतो मुकुट अनि उस्तै पहिरनमा अगाढि अगाढि डङ्केनीसँगै नाच्ने नेवार जातीको मौलिक नाँच हो भैरव नाँच । नेवार जातीमा रातमा मात्रै नाच्ने बेग्लै पहिचान र सस्कृतिको रुपमा पनि भैरव नाँच परिचित छ । नेवारी समुदायमा भैरव नाँचको स्थान उच्च रहेको छ । कालो भैरवलाई यस नाँचमा काल भैरवको प्रतिक, रातो भैरवलाई देबी र सेतोलाई गणेषको प्रतिकको रुपमा लिइने चलन छ । त्यति मात्र नभई भैरव नाँचलाई भगवान श्रीकृष्णका बिभिन्न रुपको रुपमा पनि लिइदै आएको पाका पुस्ताहरुको कथन छ ।

बसन्त श्रेष्ठ ‘छापेली’
भैरव नाँचमा ७ ताल हुन्छ । जसको छैठौँ तालमा धामीहरुलाई स्वतः देवता उत्रने हुँदा काम्ने (काप्ने) र उक्त तालमा बजेको बाजामा धामी, झाक्रीहरु कामेर नाच्ने गर्दछन् । यो नाँचमा अन्य बिभिन्न हास्य व्यांग प्रहशन पनि देखाइने चलन छ । भैरव नाँचको समापन पछि भुच्यांङ्ग, टाकुनडोली अर्थात लाठी नाच, घोडा नाच, चरा नाच, भालु नाँच तथा ढिसपाकु अर्थात लाटा लाटीको प्रस्तुति पनि क्रमैसँग देखाइन्छ । भैरव नाँचमै लिला नाँच, लाहुरे लाहुरेनी तथा अन्य बिभिन्न हास्य ब्यंग प्रस्तुती समेत देखाइन्छ ।
भैरव नाचको पृष्ठभूमी
बाजा गाजा मृधुम सहित बिभिन्न खालका नाँचहरु देखाइने भैरव नाँचको सुरुवात यतिनै बेला भएको भन्ने ठ्क्कै प्रमाण भने भन्न सकिने अवस्था नभएको यस क्षेत्रमा रहदै आएका पकापुस्ता तथा सस्कृतिप्रेमीहरु बताउछन । तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । नेवारहरुको उद्गम स्थल काठमाण्डौलाई मानिन्छ । नेवार समुदायको बाहुल्यता रहेको काठमाण्डौबाट जीवन गुजारा तथा व्यापार व्यावसायको शिलसिलामा देशका बिभिन्न ठाउमा नेवार जाती छरिदै गर्दा सबै खाले सस्कृतिको पनि विकास र बिस्तार हुँदै आएको पाइन्छ । व्यापार प्रमुख पेशा मान्ने नेवार समुदायले आफ्ना पेशा व्यवसाय सँगै बिभिन्न चाँडवाड र पर्वहरु पनि मान्दै आएको र भैरव नाँच पनि सोही माध्यमबाट स्थानान्तरण र पुस्तान्तरण हुँदै आएको पाइन्छ । भैरव नाँचमा पुस्तान्तरण हुँदै गर्दा ठाउँ र परिवेश अनुसार केही फरक पन पनि भट्न सकिन्छ ।
भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेख लगायतका क्षेत्रमा पनि नाचिने यो नाचको शैली भिन्न भिन्नै छ । अर्घाखाँची भैरव नाँचमा उर्बर मानिन्छ । अर्घाखाँची जिल्लाको सन्धिखर्कको डिभर्ना, पटुवाथुम, भुमिकास्थानको लात्तेबाँज, नुवाकोटमा छुट्टा छुट्टै भैरव नाँच निकालिदै आएका छन । विशेषगरी अर्घाखाँचीको भैरव नाच स्थानीय चलनचल्तीमा भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।
धार्मिक परम्परा तथा मान्यता
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिन्छ । द्यौसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने परम्परागत र स्थानीय मान्यता छ । त्रान्त्रिक विधिबाट शुरु गरिने यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदय अघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्नुपर्छ भन्ने मान्यता कायम रहदै आएको छ । कुनै दिन नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुप¥यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ । यो नाच सुरु गर्ने वर्ष भैरव मन्दिरमा विधिपूर्वक पूजा आजा गरेर भगवनाको प्राथना गरी निकालिन्छ ।
भैरवलाई कुल देवताका रूपमा पुज्ने नेवारी समुदायमा भैरवलाई खुसी बनाउन सके जीवनमा रोग व्याधीबाट मुक्त हुने र आफ्ना ग्रहदशासमेत हटेर जाने विश्वास रहेको छ । नेवास समुदाले कुल पुजा भनी छुट्टै पुजा पनि गर्ने गर्दछन । हरेक नेवारी समुदायमा भैरवलाई मूल देवताका रूपमा पुज्ने र मन्दिरको मुख्य स्थानमा यसको स्थापना गर्ने गरेको पाइन्छ । भैरवलाई समाज रक्षकका रूपमा समेत लिने भएकाले नेवारी समुदायमा भैरवको नाच देखाउने र यस्तो नाच देखाउँदा टोल समुदायमा कुनै राक्षसी प्रवृत्तिले आक्रमण गर्न नसक्ने, कुनै प्रकारका दुःख कष्ट नआउने विश्वास रहेको पाइन्छ । काल भैरव सबै पक्षलाई बिजय गर्ने देवताको रुपमा समेत परिचित छन ।
भैरव नाँचका बिशेषता
भैरव नाच सात ताल अर्थात सात (पटक) सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः शुरु हुन्छ । सात वटै ताल नाच्नुपूर्व भगवानको दर्शन गराउन देवालय गर्ने र धुप बत्ती दिने चलन छ । यसमा काल भैरव मुख्य हुन्छन भने रातो भैरव र श्वेतभैरव सहायक हुन्छन, साथमा डंकिनी पनि । यस नाचका नर्तकहरु जो भैरवको स्वरुपमा हुन्छन् उनीहरुलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । यद्यपि, डंगिनीलाई पनि पूजा गरिन्छ । डंगिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ । तीन वटै भैरवहरु आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चअर (चौरी गाईंको पुच्छर), मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिन्छ ।
छैठौँ तालमा आफै काप्छन धामी झाक्री
तान्त्रिक विद्यामा निपूर्णहरुलाई विशेषगरी छ तालमा भैरव उत्रिन्छ, जसमा धामी झाझीहरु काप्ने गर्दछन । जुन सबैको चासोको बिषय रहन्छ । यस नाचमा काम्न शुरु गरेकाहरु ताल सकिएपछि आफैं शान्त हुन्छन । कतिपय सन्दर्भमा यसरी काम्ने दर्शक पनि हुन सक्छन । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुन्छन् । यो नाँचमा नाच्नुभन्दा अगाडि देखि नै पुजा पाठ गरेर नाँच्न सुरु गरिन्छ । नाच्ने क्रममा कुनै नर्तक लडेमा त्यसले राम्रो संकेत नगर्ने जनविश्वास छ । नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ । जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बली सहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ । भैरवलाई भाले, पाठो वा रोट चढाउछु मेरो फलानो काम पुरा होस भनी प्राथना गरे प्राथना पुरा हुने जनविश्वास रहदै आएको छ ।


युवा पुस्ताको आर्कषण बढ्दो
भैरव नाँच नेवार समुदायको परम्परागत नाँच हो । यसमा नेवार जातीको पनि बुढा पाकाहरु हुँदै नयाँ पिडीमा पुस्तान्तरण भएको देख्न पाइन्छ । तर पछिल्लो समयमा भने यो नाँचमा नयाँ युवा पुस्ताको चासो बढेको छ । युवाहरुले बाध्य बाधन तथा नाँचमा समेत चासो देखाएका कारण यसको संरक्षणमा महत्वपूर्ण सहयोग मिलेको बाध्यबाधक बताउछन । युवाहरुमा यस नाँचको संरक्षणका लागि आएको सोच बढेको देख्द सकिन्छ ।
सामाजिक सद्भाव र साझा सस्कृति
भैरव नाचमा ठुल ठुला मृधुम (मादल÷बाजा) सँगै, झाली झुर्मा, कर्नल (थङ्कुरी), सनाइ, बासुरी पनि बजाइन्छ । नेवार समुदाका युवा तथा बृद्ध बृद्धाहरुले मादल बजाउने र नाँच्ने भएपनि यसमा यस नाँचमा कर्नल सनाई भने परियार समुदायले पनि बजाउने गर्दछन । जसमा सबै जात जाती तथा भाषाभाषीहरुको पनि प्रतक्ष संलग्नताले भैरव नाच प्रतिको मोह समेत बढ्दै गएको देख्न सकिन्छ । भैरव नाँचले समाजमा सबै समुदायलाई एकतामा बाढ्ने गतिलो माध्यमको भूमिका पनि ग्रहण गरेको पाइन्छ । त्यसो त भैरव नाचमा उठ्ने भेटी बिभिन्न सामाजिक काममा लगाउने र भाषा, कला र सस्कृतिको संरक्षण र सम्बद्र्धनमा पनि टेवा पुगेको देख्न सकिन्छ । भैरव नाचमा उठेको भेटीबाट जिल्लाका बिभिन्न भैरव समितिले मन्दिरी, कुल कुलेशो निर्माण, पँधेरो निर्माण र शतल निर्माणमा रकम खर्च गरेको देख्न सकिन्छ । जसले गर्दा भैरव नाचलले साझा सस्कृतिको रुप धारण गर्दै आएको छ ।
लेखक बिभिन्न नागरिक समाजमा संलग्न हुनुका साथै भैरव संरक्षण समिति डिभर्नाको रातो भैरव (नर्तकी) पनि हुन ।
शोभाखर पन्थी
अर्घाखाँची माघ २४
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा नेतृत्वको सरकारले समृद्धिको अभियानलाई साकार तुल्याएरै छाड्ने बताउनु भएको छ । उहाँले वर्तमान सरकारले थुप्रै राम्रा काम गरेपनि कम्युनिष्ट बिरोधीहरुले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र गर्न लागेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीहरुलाई उच्च मनोबलका साथ पार्टी काममा लाग्न निर्देशन दिनुभयो । उहाँले लामो इतिहास बोकेका विशाल पार्टीहरु एमाले र माओवादी मिलेर बनेको नेकपाले जनबिश्वासको आधारमा वर्षौं सम्म सत्ताको नेतृत्व गर्ने ठोकुवा समेत गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी एकिकरण भएको लामो समय सम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन नसक्दा सरकारले गरेका कामको प्रचार हुन नसकेको बताउनुभयो । उहाँले सरकारका कामका प्रचार र संगठन सुदृढिकरणमा विशेष ध्यान पु¥याउन नवनिर्मित कमिटीका अध्यक्ष, सचिवलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर वि.क., ५ नं. प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश सदस्य रामजी प्रसाद घिमिरे,ठाकुर कुमार वि.क., जिल्ला कार्यदलका सदस्य जनार्दन खनालले मन्तव्य राख्दै कार्यकर्ताको भावनालाई बुझेर नवगठित कमिटीले कार्य सम्पादन गर्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम प्रदेश सांसद तथा जिल्ला कार्यका सदस्य चेतनारायण आचार्यको अध्यक्षता, छमकुमारी खनाल ( चिनारी ) को स्वागत मन्तव्य र तोजबहादुर रायमाझी ( विधान)को सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका छ ओटै स्थानीय तहका अध्यक्ष र सचिवहरुले सपथ लिएका छन् । नेकपाको सन्धिखर्क नगरपालिकाको अध्यक्षमा श्रीकृष्ण भुसाल सचिवमा शिव अधिकारी, भुमिकास्थानको अध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा मणि पौडेल, सितगंगाको अध्यक्षमा वसन्त श्रेष्ठ सचिवमा मणिराम अधिकारी चयन हुनु भएको छ । यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य सचिवमा शिवलाल कुँवर पाणिनिको अध्यक्षमा कमल घिमिरे सचिवमा जिवलाल घिमिरे र छत्रदेवको अध्यक्षमा रामलाल पराजुली सचिवमा भोजबहादुर रायमाझी चयन हुनु भएको छ ।
–हीरा कुवँर
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा २०७५ मंसीर
२४ गते गाउँपालिकाभित्र भइरहेका विकासका काम र ती काममा जनसहभागिता कस्तो छ भन्ने स्थानीय
सरकार र नागरिक समाज बीचको छलफल आयोजना गरिएको थियो । छलफलको मुख्य उद्देश्य यो
थियो कि गाउँपालिकाको नीतिनिर्माण र विकासको प्रक्रियामा जनसहभागिता कसरी
अभिवृद्धि गर्ने ? छलफलका क्रममा गाउँपालिकाका अध्यक्षले
हालसम्म १९ वटा ऐन÷कानुनहरु
बनेको जानकारी दिएसंगै सहजकर्ता भोला भट्टराइले सोध्नुभयो –“ ऐन कानुन निर्माणको क्रममा समुदायसंगको
छलफल भयो वा भएन ? उत्तरमा शिक्षा इकाई संयोजक दिपक
भण्डारीले शिक्षा नीति बनाउँदा गाउँपालिकाभित्रका प्रधानाध्यापक र सरोकारवालासंग छलफल
गरेर निर्माण गरेको बताउनुभयो । अन्य
कानुन भने मन्त्रालयले पठाएका नमुना कानुन र कतिपय विषय विशेषज्ञको सहयोगले बनाएको
बुझियो । कार्यक्रमको अन्तमा गाउँपालिका अध्यक्ष र नागरिक समाजका प्रतिनिधीहरुको
हस्ताक्षरमा संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरियो। जसमा आगामी दिनमा
गाउँपालिकाको विकासमा नागरिकको सहभागिता वृद्धि गर्दै स्थानीय सरकारसंगको साझेदारीता
बढाउने विषय उल्लेख थियो । जसले कार्यक्रमलाई टुंगोमा पुर्याउन त सहयोग पुर्यायो
नै, त्यो भन्दा महत्वपूर्ण जसको लागि विकास
गरिंदैछ, नीति बनाइंदैछ उक्त क्षेत्रको यथोचित
सहभागिता चाहिंदोरहेछ भन्ने कुराको आत्मबोध भयो ।

उक्त छलफल चलिरहंदा मेरो मनमा भने केन्द्र, संघ र स्थानीय तहका सरकारमार्फत
संघीयताको अभ्यास गरिरहेको हाम्रो जस्तो मुलुकमा खुल्ला सरकार साझेदारी Open
Government Partnership-OGP को औचित्य महत्वपूर्ण रहेछ भन्ने कुरा महसुस भयो । जुन अहिले बहसमा
आएको विषय हो ।
के हो खुल्ला सरकार साझेदारी (Open
Government Partnership-OGP)
कुनै
पनि सरकार आफ्ना देशका नागरिकप्रति
जवाफदेही, उत्तरदायी र पारदर्शी बन्नुपर्दछ भन्ने मक्सद हो खुल्ला सरकार
साझेदारी अवधारणाको । जसले प्रत्यक्ष
रुपमा सार्वजनिक सेवाको गुणस्तर सुधारमा सहयोग गर्दछ भने सरकार र नागरिक
समाजप्रतिको खुल्ला छलफल र साझेदारीलाई वृद्धि गरी सुशासन कायम गर्नका लागि सहयोग
गर्दछ । यसले असल शासन व्यवस्था भएको राम्रो सरकार बनाउनका लागि सहयोग पुर्याउँछ ।
सन् २०११ मा अमेरिका र ब्राजिलको सक्रियतामा
खुल्ला सरकार साझेदारीको सुरुवात भएको हो । सुरुवातमा ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र अमेरिका गरी ८ देशका सरकारको
संलग्नता थियो । यो एक विश्व संगठन हो । यसमा अहिले ७८ वटा देश सहभागी छन् ।
नेपाललाई यस संगठनको सदस्य राष्ट्र बन्न योग्य राष्ट्र भएकोले सदस्य बन्न सक्ने
स्वीकृति पत्र संगठनले नेपाल सरकारलाई पठाइसकेको छ । तर हालसम्म नेपाल ओजीपीको सदस्य छैन । सदस्य
हुनका लागि पुरा गर्नुपर्ने मापदण्ड पूरा गर्ने मूलुकको सूचीमा नेपाल परेको छ ।
ओजीपीमा जाने आधार सुचनाको हक, वित्तिय
पारदर्शिता, सार्वजनिक पदाधिकारीको सम्पत्ति
सार्वजनिकीकरण र नागरिक सहभागितामा नेपालले ८२ अंक प्राप्त गरेको छ । जसमा ७५ अंक
प्राप्त गर्ने देश ओजीपीको सदस्य हुन
पाउँछ ।
ओजीपीका आधारभुत पक्ष र न्युनतम
मापदण्डहरु
खुल्ला सरकार साझेदारीभित्र मुख्यतया ३ पक्षहरु
रहेका छन् जसमध्ये पहिलो हो सहभागिता ।
सहभागिताले सरकारप्रति जनताको विश्वास बढाउनका लागि निर्णय प्रक्रियामा नागरिक, नागरिक
समाज र नीजि क्षेत्रको सहभागितालाई जनाउँदछ । दोस्रोमा समावेशिता हो र जसले पछाडि
पारिएका जाति, धर्म, लिंग, सम्प्रदायका नागरिकको क्षमता विकास
गर्दै सरकारसंगको इन्गेजमेण्ट बढाउनुपर्दछ भन्ने मान्यता राख्दछ र यसको पालनाले
समतामुलक समाज निर्माणका लागि सहयोग गर्दछ । तेस्रो पक्षको रुपमा प्रभावलाई लिन
सकिन्छ । जसअन्तर्गत खुल्ला सरकार साझेदारीले कसरी नागरिकको दैनिकीमा प्रभाव
पार्दछ भन्ने कुराको महसुस हुन्छ । प्रभावले सरकारलाई नागरिकको जीवनसंग जोडिने
परिणाममुखी काममा सहयोग गर्दछ । नागरिक समाजले सरकारका कामप्रतिको निगरानी गरेमा
कामको गुणस्तर र प्रभाव अभिवृद्धि हुनसक्दछ भन्ने मान्यता यसले राख्दछ ।
ओजीपीका न्युनतम मापदण्डहरु
·
कुनै पनि निकायमा भएका अनियमितता वा गैरकानुनी कार्यहरुमा कुनै पनि
नागरिकले प्रत्यक्ष वा प्रत्यक्ष रुपमा आवाज उठाउनसाथ तुरुन्त त्यसको छानविन
हुनसक्ने अवस्था हुनु ।
·
सरकारका निर्णयहरुमा नागरिक सहभागिता, सुचनाको सक्रिय सार्वजनिकीकरण, सार्वजनिक
खरिद नीतिको कार्यान्वयन हुनु ।
·
कुनै पनि नागरिकले राज्यलाई तिरेको कर कहाँ जम्मा भएको छ र कसरी खर्च
भइरहेको छ ? भन्ने विषयको जानकारी लिन पाउने
व्यवस्था र सुचनाको हकको कार्यान्वयन हुनुपर्दछ ।
·
सरकारसंग भएका हरेक तथ्यांक नागरिकले प्रयोग गर्न पाउने हुनपर्दछ भने
नागरिकको व्यक्तिगत सुचनाको रक्षा गर्ने जिम्मेवारी पनि खुल्ला सरकारले पुरा
गर्नुपर्दछ ।
·
राज्यभित्र निर्माण हुने ठुला संरचनाको लागत, आयु, क्षमता र गुणस्तरप्रति नागरिकले विश्वास गर्न योग्य हुनुपर्दछ ।
प्राकृतिक श्रोतको व्यवस्थापन र उपयोगलाई खुल्ला गर्नुपर्दछ , किनकि यसमा हरेक नागरिकको उत्तिकै हक
हुने गर्दछ । खुल्ला सरकारको अवधारणाले उपभोक्ताको अधिकारको समेत संरक्षण गर्न
सक्नुपर्दछ आदि ।
नेपालमा खुल्ला सरकार साझेदारीको
आवश्यकता
विश्वमा नै खुल्ला समाज निर्माण र खुल्ला
सरकारको अवधारणा अभ्यासमा आइरहेको हुँदा नेपालमा पनि केन्द्र, संघ र स्थानीय तहको सरकारका कामलाई थप
पारदर्शी र नागरिकप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्नका लागि यो अभ्यास उत्तम
हुनसक्दछ । प्रजातान्त्रिक व्यवस्थामा होस् या गणतन्त्रमा , नागरिकको सर्वोच्चतालाई स्वीकार गर्नु
राज्यको दायित्व हो । नागरिकसंग प्रत्यक्ष रुपमा जोडिएका राज्यका हरेक गतिविधिमा
नागरिकको संलग्नता जरुरी छ । यसले सार्वजनिक जवाफदेहितालाई स्थापित गर्न सहयोग
गर्दछ ।
खुल्ला सरकारको अवधारणाले सरकारले गर्ने हरेक
क्रियाकलापको जानकारीका लागि नागरिकको सूचनामा पहुँच, नागरिक सहभागिता र साझेदारीको मान्यता
लिएको छ । निर्णय प्रक्रियामा सरकार
एक्लैले होइन कि नागरिक समाजको पनि सहभागिता अनिवार्य हुनुपर्दछ । यसो भनिरहँदा
ओजीपीको अवधारणालाई योगदान पुग्ने गरी नेपालमा भएका राम्रा अभ्यासहरु
बिर्सनुहुँदैन । नेपालको संविधान २०७२ को धारा २७ मा सुचनाको हकलाई मौलिक हकको रुपमा
व्यवस्था गरिएको छ । जसमा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक
सरोकारको कुनैपनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने उल्लेख छ । । त्यसैगरी नेपालमा सुचनाको हकसम्बन्धी
ऐन २०६४ समेत कार्यान्वयनमा छ । विकासमा जनसहभागिता र सुशासन कायम गर्नका लागि
स्थानीय तहमा समेत सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग गरिंदै आएको छ । जस्तै
सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, बजेट खर्च सार्वजनिकीकरण लगाएतका राम्रा
अभ्यासहरु प्रयोगमा छन् । जसलाई निर्देशित र कार्यान्वयन गर्ने विभिन्न ऐन, नीति र कार्यविधीहरु छन् । सरकारी
सेवामा रहेका कर्मचारी, मन्त्रमिण्डलका सदस्यको समेत सम्पत्ति
विवरण सार्वजनिक गरिन्छ । महिला सहभागिताको कुरा गर्दा स्थानीय सरकारमा ४० प्रतिशत
महिला, ९३ प्रतिशत महिला उपमेयर, केन्द्रमा सहित ८ जना उपसभामुख, संसदमा ३३ प्रतिशत महिला, यस्तो व्यवस्था विश्वका सायदै मुलुकमा
होला । यी सबै कारणले पनि नेपाल ओजीपी
संगठनको सदस्य बन्न योग्य छ । यसको सदस्य बन्न सकेमा नागरिक केन्द्रित विकासको
लागि राष्ट्रिय प्रतिबद्धता देखिन सक्दछ । विगतमा भएका राम्रा अभ्यासको पालना
गर्दै र अबको विकास खुल्ला सरकार साझेदारीमा आधारित हुन सकेमा समृद्ध नेपाल र सुखी
नेपालीको सपनाले सार्थकता पाउँछ । नागरिकलाई केन्द्रविन्दुमा राखेर खुल्ला र पारदर्शी रुपमा विकास गर्न सकेमा
मात्र सरकार र नागरिकबीचको साझेदारी बढ्छ, नागरिकले
विकासमा अपनत्वको महसुस गर्नसक्छन् ।
प्रतिक्रियाको लागि hira.kunwar@gmail.com
रुद्रमणि भुसाल
पाैष ७ अर्घाखाँची ।
पाैष ७ अर्घाखाँची ।
पास्परिक जवाफदेहिता परियोजना सुशासन प्रबर्दनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा भएको बैठकमा बोल्ने बतmाहरुले कृषि ज्ञान केन्द्र अर्घाखाँची र स्थानीय तहहरुले कृषकहरुका लागि बितरण गर्ने बिभिन्न जातको बिउ बितरणमा पारदर्शीता नगरेको, कृषि औजार सामग्री पनि पहुँजको आधारमा बितरण गरेको, जिल्लामा औषधी पसलको अनुगमन नगरेकोले सम्बन्धित निकायको ध्यानआर्षण गराउने निर्यण गरेको छ ।

त्यस्तै निजी बिद्यालयहरुले १० प्रतिशत बिपन्न परिबारलाई छात्राबृद्धि दिनु पर्नेमा नदिएको, जिल्ला अस्पताल सन्धिखर्कले २ महिना देखि सुत्केरीहरुलाई दिइने एक हजार भतmा नदिएकाले जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, र स्थानीयतहहरुमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालले जानकारी दिनु भयो ।




नागरिक समाज कानुनी राज्य स्थापना र पालनाका लागि वकालत गर्दै आमअनुशासन पालन गर्ने व्यक्तिबाट सञ्चालित सामाजिक आन्दोलन हो । यो आन्दोलनको भूमिका देशको बदलिंदो राजनीतिक र सामाजिक परिवर्तनसंगै बदलिइरहन्छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगै संघीयताको कार्यान्वयन भइरहेको सन्दर्भमा अबको नागरिक समाजको भूमिका अधिकारप्राप्तिको लागि होइन कि संविधानले दिएका नागरिकका मौलिक अधिकारहरुको कार्यान्वयनका लागि हुनुपर्दछ । नेपालको संविधान २०७२ ले संविधानको धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकहरुको व्यवस्था गरेको छ । यो नागरिक आन्दोलनको ऐतिहासिक उपलब्धि हो । किनकि यी हकहरुको प्रभावकारी कार्यान्वयन हुनसकेमा नागरिक समृद्ध र सवल हुन्छन् । तसर्थ वर्तमान सन्दर्भमा देशमा सुशासन कायम गर्दै नागरिकका अधिकारलाई संस्थागत गर्नका लागि नागरिक समाजले केही साझा मुद्धामा केन्द्रित भएर सामुहिक रुपमा पैरवी गर्नुपर्ने देखिन्छ ।
वर्तमान अवस्थामा नागरिक समाजका साझा एजेण्डा
नीति निर्माणमा नागरिक सहभागिताः स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने ऐन, कानुन, कार्यविधि निर्माण गर्ने क्रममा स्थानीय परिवेश र समुदायका समस्या तथा आवश्यकताबारे के कति ध्यान दिइएको छ भन्ने विषयमा नागरिक समाजले निगरानी बढाउनु जरुरी छ । सरोकारवालासंग छलफल र परामर्श गरी तय गरिएको छ वा मन्त्रालयबाट तय गरिएका खाकाहरुको कपी पेस्ट मात्रै गरिएको छ भन्ने विषयमा नागरिकको तहबाट पनि हेक्का राख्नुपर्दछ । साथै आवश्यक परेको समयमा स्थानीय सरकारलाई नीतिनिर्माणमा सहयोग गर्नु समेत नागरिक समाजको दायित्व हो ।
योजना निर्माण र कार्यान्वयनमा नागरिक सहभागिताः स्थानीय तहले निर्माण गर्ने विभिन्न योजनामा समेत नागरिकहरु प्रत्यक्ष सहभागि हुन जरुरी छ । अहिले योजना तर्जुमा र कार्यान्वयनमा नागरिक सहभागिता अत्यन्तै कम देखिन्छ । समुदायको आवश्यकता र मागमा आधारित योजनाको छनौट र कार्यान्वयनका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्दछ । विकासमा सुशासन र जनसहभागिता भएमात्रै अपनत्वमा वृद्धि हुने भएकोले योजनाको हरेक तहमा नागरिकहरु सहभागी हुनु अनिवार्य छ ।
भ्रष्टाचारविरोधी अभियान ः अहिले लोकतन्त्र निकै महंगो छ किनकि यही लोकतन्त्रलाई संस्थागत गर्ने संयन्त्र स्थापनाका लागि गरिने चुनाव महंगो र खर्चिलो छ । खर्चिलो चुनाव र सोही चुनावबाट छानिएका जनप्रतिनिधीहरुले गर्ने विकास निर्माणका काममा पारदर्शिता प्रत्यक्ष सम्बन्धित विषय भएकोले नागरिक समाज यसप्रति सजग हुन जरुरी छ । यसको लागि नागरिकको तहबाटै भ्रष्टाचारविरोधी अभियानहरु सञ्चालन गर्नुपर्दछ । अनियमितताविरुद्ध आवाज उठाउनुपर्दछ ।
प्रतिबद्धताको पुनरावलोकन ः राजनीतिक दलहरुले चुनावको समयमा नागरिक सामु गरेका प्रतिबद्धताहरु पुरा हुदैछन् वा छैनन ? दलका घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु अबको ५ वर्षभित्रै पुरा गराउनका लागि समय समयमा घोषणा गरिएका विषयहरुको प्रगति के हुँदैछ ? यस विषयमा नागरिक बहस सञ्चालन गर्नुपर्दछ ।
सार्वजनिक स्रोतको प्रयोग ः स्थानीय सरकारले खर्च गर्ने बजेट सही ठाउँमा प्रयोग भएको छ वा छैन ? सार्वजनिक स्रोत साधनको प्रयोग नागरिकको हितका लागि भएको छ वा व्यक्तिगत लाभका लागि ? यस विषयमा नागरिक समाजले निगरानी गर्नुपर्दछ । यदि दुरुपयोग भएको पाएमा नियमनकारी निकायलाई समयमै सचेत गराउनुपर्दछ ।
नीतिगत पैरवीः एड्भोकेसी मुख्यतः ३ चरणमा हुने गर्दछ । पहिलो कानुनको निर्माण, दोस्रो कानुनको संसोधन र तेस्रो कानुनको कार्यान्वयन । बिना तथ्य र बिना प्रमाणको पैरवी भुत्ते हुन्छ । यसले पैरवीकर्तालाई नै कमजोर बनाउँछ । तसर्थ नागरिक समाजको अबको काम नीतिगत पैरवी हो । विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यकताअनुसार नयाँ कानुन निर्माणको लागि नागरिक समाजले रचनात्मक भूमिका खेल्नुपर्दछ ।
रचनात्मक साझेदारी ः नागरिक समाज र राज्यबीच एकआपसमा रचनात्मक साझेदारी हुन जरुरी छ । राज्यले नागरिकका सुझाव र निगरानीलाई सकारात्मक रुपमा लिनुपर्दछ । नागरिक समाजले राज्यका असल अभ्यासको खुलेर प्रशंसा गर्ने र त्रुटिहरुमा रचनात्मक सुझाव दिनुपर्दछ । कुनै दल, समुदायको नीजि स्वार्थका लागि नागरिक समाज सरकारको आलोचक बन्नुहँदैन । आलोचना र सुझाव आम नागरिकको हितमा हुनुपर्दछ । नागरिक समाज सरकार सञ्चालनको विकल्प होइन बरु यो त आधारभुत वर्गका नागरिकको हितका लागि गठित नागरिक समुह हो ।
पछिल्लो समय नागरिक समाजलाई पार्टी, गुट, उपगुट, जातजाति र समुहमा विभाजन भई परिवर्तित मुद्धामा समयअनुसार पैरवी गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस अवस्थामा एकातिर नागरिक समाज आफैंमा संगठित हुन जरुरी छ । नागरिक समाज कुनै सभ्रान्त वर्गले आधारभुत तहका नागरिकका आवाज उठाउने थलो बन्नुहुँदैन । काठमाण्डौमा बसेर कर्णालीका नागरिकका मुद्धाको पैरवी हुनैसक्दैन । कर्णालीका नागरिकको मुद्धा के हो ? यसको लागि त्यहीं जानुपर्छ, उनीहरुको दैनिकीसंग नजिक हुनैपर्दछ । ती नागरिकलाई आफ्नो मुद्धा आफैं बोल्न र भन्न सक्ने बनाउनुपर्दछ । यो नागरिक समाजको चुनौती पनि हो । अर्कोतिर राज्यले पनि नागरिक समाजको निगरानीलाई स्वीकार गर्नुपर्दछ । देशमा लोकतन्त्रको प्रवर्धन, सुशासन र जवाफदेही समाज निर्माणका लागि राज्य र नागरिक समाजबीच रचनात्मक साझेदारी हुन जरुरी छ । तबमात्र नागरिक समाज सवल र सक्षम हुनसक्दछ ।
प्रतिक्रियाको लागि
हीरा कुँवर
hira.kunwar@gmail.com
सन्धिखर्क नगरपालिका डिभर्ना केही दिन अघि बोरोमा भेटिएको ब्यबहारिसे शब कपिलबस्तुका ३६ बर्षिय धनबहादुर घर्तीमगरको भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टी गरेको छ । गत १३ गते देखि हराएका भनिएका घर्तीको घट्ना स्थल ससुराली नजिकै रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । घट्नामा श्रीमति वर्ष ३३ को राधा घर्ती मगरको संलग्नता रहेको भन्दै थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी खिम बहादुर घर्तीले जानकारी दिनुभयो ।

लास भेट्टिएको २ दिन पछि कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा बस्ने अन्दाजी ३६ बर्षको हुन सक्ने अनुमानका आधारमा १९ गते राती निजको श्रीमती राधिका घर्तिमगर जिल्ला अस्पतालमा आएर लासको पहिचान गर्न खोजेपनी आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै निज महिला घर फर्केकी थिईन। घट्नामा श्रीमति र उनका प्रेमीको संलग्नता हुन सक्ने श्रोतको भनाई छ ।

बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन यो शब मेरो श्रीमानको हैन । आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।

यसरि सुरु भयो अपराधको घटना
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे ।
राधा , राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्क बाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।
उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो ।
धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।
धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश विहानै कपिलबस्तु तर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइ बाट हिडेको राधाले बताएकी छन । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।