डिभर्नामा भेटिएको ब्यबहारिसे शबको सनाखद, घट्नामा श्रीमतिकै संलग्नता
सन्धिखर्क नगरपालिका डिभर्ना केही दिन अघि बोरोमा भेटिएको ब्यबहारिसे शब कपिलबस्तुका ३६ बर्षिय धनबहादुर घर्तीमगरको भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टी गरेको छ । गत १३ गते देखि हराएका भनिएका घर्तीको घट्ना स्थल ससुराली नजिकै रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । घट्नामा श्रीमति वर्ष ३३ को राधा घर्ती मगरको संलग्नता रहेको भन्दै थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी खिम बहादुर घर्तीले जानकारी दिनुभयो ।

लास भेट्टिएको २ दिन पछि कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा बस्ने अन्दाजी ३६ बर्षको हुन सक्ने अनुमानका आधारमा १९ गते राती निजको श्रीमती राधिका घर्तिमगर जिल्ला अस्पतालमा आएर लासको पहिचान गर्न खोजेपनी आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै निज महिला घर फर्केकी थिईन। घट्नामा श्रीमति र उनका प्रेमीको संलग्नता हुन सक्ने श्रोतको भनाई छ ।

बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन यो शब मेरो श्रीमानको हैन । आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।

यसरि सुरु भयो अपराधको घटना
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे ।
राधा , राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्क बाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।
उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो ।
धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।
धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश विहानै कपिलबस्तु तर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइ बाट हिडेको राधाले बताएकी छन । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस