अर्घाखाँची जुवा काण्ड : वडाध्यक्ष सहितका आठै जना तारेकमा रिहा

                                                                                                                                        फाइल फाेटाे

सन्धिखर्क, अर्घाखाँची

सन्धिखर्कको साथि होटेलमा जुवाखालमा छापा हान्दा रङ्गेहात पक्राउ परेका ८ जना अभियुक्तहरु तारेकमा रिहा भएका छन । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा शुक्रबार दिउँसो प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए । उनीहरू जुवा खेलिरहेको अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए ।

जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शोभाखर) फरार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको थियो । प्रहरीले नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शोभाखर)लाइ नियन्त्रणमा लिन खोज्दा उक्त स्थान बाट भाग्न सफल रहेको प्रहरीको भनाइ रहेको थियो भने जुवा खेलिरहेको अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाल लगायतकालाई नियन्त्रणमा लीइ ४ दिन सम्म थुनामा राखि आज सोमवार मात्रै छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । सँगै रहेका केहीलाई छोडेको र केहीलाई हिरासतमा लिएको भन्दै प्रहरीको चर्को बिरोध समेत भएको थियो । 

जुवाखेलबाट फरार रहेका भनिएका वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शोभाखर) आज दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनिहरुलाई बयान लिइ साँझ पाख ८ जनालाइ नै ब्याक्तिको जिम्मा जवानीमा थुना बाट छोडिएको प्रहरी श्रोतको भनाई छ । खड्का सहितका ३ जना दिउसो मात्रै प्रहरी कार्यालयमा हाजिर भएको पनि प्रहरी श्रोतको भनाई छ । प्रहरीले साठगाठमा छोडेको र आफुहरुलाई थुनामा राखेको भन्दै पक्राउ परेकाहरुले नै प्रहरीको  बिरोधमा थिए । खड्का नेपाली कांग्रेसकाे तर्फफबाट सन्धिखर्क १२ काे निर्वाचित वडाध्यक्ष हुुुन । उनी कांग्रेस निकट तरूण दलकाे जिल्ला अध्यक्ष पनि हुन । 
आठै जनालाई तारेकमा छोडिएको हो ।  आठै जना जुवाडेलाई प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए  । शुक्रबार साझ श्रावण १६ गते सन्धिखर्कको साथी होटलमा जुवातास खेलिरहेको अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए । 
प्रहरीको छापा र अनुसन्धान शंकास्पद
जुवा काण्डमा प्रहरीको अनुसन्धान शंकासपद थियो । प्रहरीले वडाध्यक्ष नारायण खड्का फरार रहेको बताएको भएपनि उनले सामाजिक सञ्जालमा बिभिन्न कुरा लेख्दै आफु फरार नभएको बताएका थिए । जसमा प्रहरी र खड्काकोबीचमा मिलीमतो रहेको धेरैको आशंकाको बिषय थियो । उनले बिभिन्न दललाइ अाराेप लगाउदै पाेष्ट लेखेका  थिए । तर पनि प्रहरीले समाउन अानाकानी गरेकाे थियाे । तर प्रहरीले भने कुनै नियत नरहेकाे बताउदै अाएकाे छ ।

याे पनि समाचार 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस