
अर्घाखाँची/छ्त्रदेव
यस बर्षको राष्ट्रपति रनिङ सिल्डको उपाधी दोस्रो पटक पनि सरस्वती मा बि सुर्यथुमले जितेको छ । छत्रदेव गाउँपालिकाको आयोजना र सरस्वती मा वि सुर्यथुमको सह-आयोजनामा यहि मिति २०८० पुस १९-२१ सम्म छत्रदेव रंगशालामा सम्पन्न भएको छत्रदेव गाउपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्डमा कुल ३० स्वर्ण ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा सरस्वती मा वि सुर्यथुमले ९ स्वर्ण ४ रजत ४ कास्य सहित प्रथम, ७ स्वर्ण ११ रजत र ३ कास्य सहित महेन्द्र बिद्याबोध नेत्रलाल राममणी मा वि बल्कोट द्वितीय र ६ स्वर्ण २ रजत ७ कास्य सहित जनकल्याण मा वि तारुभतेरा तृतीय भएका छ्न ।
३ दिन सम्म चलेको प्रतियोगितामा ८ स्कुलका ३०० खेलाडी विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स गरेर ३० बिधामा प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई र खेलाडीलाई पालिका अध्यक्ष, शिक्षा अधिकृत लगाएतका अतिथिले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । अब यस प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन सन्धिखर्क जाने छन ।
छत्रदेब गाउँपालिका
बुलन्द, न्युज अर्घाखाँची
सरस्वती मा.बि छत्रदेब गाउँपालिका ८ सूर्यथुममा विजया दशमीको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बडा दशैको शुभकामना आदान प्रदान गरी बिद्यार्थीहरुलाई टिका, जमरा र दक्षिणा समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुलाई टिका, जमारा र दक्षिणा प्रदान गरी शुभकामना मन्तब्य दिदै छत्रदेब गाउँपालिका वडा नं ८ का वडाध्यक्ष भिष्म कुवँरले हिन्दु नेपालीहरुलाई बिजया दशमीले नयाँ उमंग ल्याउदै सुःख, शान्ति र सम्बृद्धिको कामना समेत गर्नुभयो । वडाध्यक्ष कुवँरले बिजया दशर्मीले सबै नेपाली दाजुभाई दिदी बहिनी सबैमा उन्नती प्रगतीको कामना गर्नुभयो । उहाँले छत्रदेब गाउँपालिकाको शिक्षा क्षेत्रको उन्नयनमा सरस्वती मा.बि को महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य श्री खिमनारायण पाण्डेको अध्यक्षता, वडा न. ८ का वडा अध्यक्ष भीष्म कुवरको प्रमुख आतिथ्यता तथा विद्यालयका शिक्षक बिष्णु प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मान बहादुर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खिमनारायण पाण्डे, प्रधानाध्यापक महेन्द्र कुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक जीवन कुमार श्रेष्ठ, प्रा.बि इन्चार्ज प्रा. वि इन्चार्ज विष्णु प्रसाद पौडेल, कक्षा १२ मा अध्ययनरत छात्रा सगुन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा शिक्षक लिलामणी पन्थीको प्राबिधिक सहयोग रहेको बिद्यालयले जनाएको छ ।
बिद्यालयको प्रांगणमा भएको शुभकामना आदानप्रदान कार्यक्रमा विद्यार्थीहरुले गीति नाटक, नृत्य तथा शिक्षक दीपक अर्याल र कृष्ण प्रसाद भुसालको सहजीकरणमा कक्षा ९ र १० का विद्यार्थीहरुले सराय नाच समेत प्रदर्शन गरेका थिए । नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सराय नाच नचाइएको थियो ।
दिपेन्द्र श्रेष्ठ-९ चैत्र बिहिवार , नबिल बैंक छत्रगन्ज शाखाद्वारा Global money week २०२३ को अवसरमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।
छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ स्थित श्री महेन्द्र विद्यावोध माध्यमिक विद्यालय, केरुङ्गा बल्कोटका कक्षा १२ मा अध्यनरत करिब ७५ जना छात्र छात्राहरुलाइ वित्तीय साक्षरता प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण नबिल बैंक छत्रगन्जका शाखा प्रबन्धक जिवन खनाल र कर्मचारी गौरव भट्टले गर्नु भएको थियो ।
सन्धिखर्क नगरपालिका नगरकार्यपालिकाकाे कार्यालय, अर्घाखाँची
दिपेन्द्र श्रेष्ठ.जेष्ठ २५ , छत्रदेव – छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज पहिलो दिन छत्रदेव गाउँपालिका वडा नम्बर १ को कार्यक्रम वडाको कार्यालय चिदिकामा सम्पन्न भएको छ |
कार्यक्रममा वडाका नवनिर्वाचित वार्ड अध्यक्ष काजिबाबू ज्ञवालीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कामहरु गर्न आफुहरुलाई सहज हुने बताएका छन।
कार्यक्रममा छोटो मन्तब्य राख्दै नेकपा एमाले छत्रदेव गाउँपालिका पालिका का अध्यक्ष रामजी पान्डेले उक्त अभिमुखीकरण कार्यक्रमले वडा तथा पालिकाबाट प्रदान हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता का कामहरु कर्मचारी तथा जनप्रतिनिधिहरु अलमल पर्नु नपर्ने र छोटो समयमा सेवाग्राहिलाइ सहज ढंगले सेवा प्रदान गरिनु पर्नेमा जोड दिनुभयो |
कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक कृष्ण प्रसाद श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो |
त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाकि एम आइ एम अपरेटर धनमाया श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो |
छत्रदेव गाउँपालिका वडा नम्बर १ वडाका नव निर्वाचित वडा अध्यक्ष काजि बाबु ज्ञवालीको अध्यक्षतामा सुरु भइ उहाँले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो|
अभिमुखीकरण कार्यक्रममा वडाका पुर्व जनप्रतिनिधिहरु ,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम छत्रदेव गाउँपालिका का सबै वडामा लगातार संचालन गरिने बताइएको छ |
बैशाख १८ आइतबार अर्घाखाँची ,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेकापा एमाले छत्रदेवले पनि चुनाबी सभा र घरदैलो कार्यक्रमहरुलाई निकै तिब्रता दिएको छ |
यसैक्रममा आइतबार
छत्रदेव वार्ड नं ७ ढिकुरामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमाले बाट छत्रदेब
गाउपालिकाका अध्यक्ष पदका प्रत्यासी दिपक पन्थीले आफुहरु बिजय भय पश्चात खरिद र
वितरणमुखी बिकाश नभई दिगो बिकास गरेर गाउपालिकालाई दिगो बिकासको बास्तबिक नमुना
पालिका बनाउने बताउनुभयो| छत्रदेबको कृषि पकेट क्षेत्रको रुपमा चिनिएको ढिकुरा बाट
उत्पादन भएका उपज खाध बस्तुहरुलाई ठुला सहरहरुमा बजारीकरण गर्ने र आयआर्जन का थप
कार्यक्रमहरु ल्याउन पहल गरि पालिका बाट उचित अनुदानको ब्याबस्था गर्ने बताउनु भयो
|आफ्नो चुनाबी घोषणा पत्र सार्बजनिक गर्दै पन्थीले सामाजिक सुरक्षा भत्ता बैकमै
पुगेर लिनु पर्ने बाध्यतालाई निराकरण गर्न टोल टोल मै पुगी बैकका कर्मचारीले वितरण
गर्ने ब्याबस्था मिलाइने बताउनु भयो |पछिल्लो समय सिंग्गो नेपालकै चरम समस्याको
रुपमा देखिएको बढ्दो बेरोजगारी न्यूनीकरणका लागि ब्याबसायिक कृषि तथा पशुपालन
जस्ता उत्पादनशिल कार्यहरुमा बिशेष अनुदान को ब्याबस्ता गरि आत्मनिर्भर बन्न
उत्प्रेरित गरिने बताउनुभयो |
कार्यक्रम मै बोल्दै
पन्थीले यसपालिको आउने स्थानीय निर्वाचनमा छत्रदेवबासीहरुले स्वबिबेक प्रयोग गरि
नेकपा एमाले लाइ अमुल्य मतदान गरि बहुमतका साथ् बिजयी गराउनेमा आफु ढुक्क रहेको
बताउदै आफ्ना कार्यकता हरुलाई प्रचार प्रचार लाग्न आग्रह गर्नु भयो |
सोहि कार्यक्रममा बोल्दै नेकपा एमाले बाट छत्रदेब
गाउपालिकाका उपाध्यक्ष पदकी प्रत्यासी मनि शर्मा पन्थीले आफु बिजय भय पश्चात आफु
पनि भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै हरेक सूचनालाई सार्बजनिक गरिने तथा
न्यायिक क्षेत्रलाई चुस्त दुरुस्त पार्ने र आफु हरु निवाचित भैसकेपछि शाशक नभई
सेवक का रुपमा रही पाच वर्ष जनताको सेवामा समर्पित रहने प्रतिबध्ता जाहेर गर्नु
भयो |
त्येस्तै छत्रदेब
गाउपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष पदका उम्मेदवार टामलाल पाण्डेले पनि
सार्बजनिक सुचनाको हक लाइ बिशेष प्राथमिकतामा राखी हरेक सुचना सार्बजनिक गरि वार्डमा
आएका हरेक सेवा सुविधाहरुलाई समान तरिकाले वितरण गर्ने प्रतिबध्ता जाहेर गर्नु भयो
|
छत्रदेव ,११चैत | बंगालादेश बैंक छत्रगंज शाखाको आयोजनामा वित्तिय साक्षारता अभिवृद्धि कार्यक्रम श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव गाउँपालिका –५, अर्घाखाँचीमा सम्पन्न भएको छ ।
श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री प्रेमनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बंगालादेश बैंक छत्रगंजका शाखा प्रवन्धक श्री जिवन खनालले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउदै बैंक तथा वित्तिय जानकारीको साथै डिजिटल बैंकिङ्गको माध्यमबाट हुने गरेको हुने गरेका ठगीबाट कसरी जोगीन सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो । उक्त कार्यक्रमको संचालन श्री कैलाश श्रेष्ठले गर्नुभएको थियो ।
बसन्त श्रेष्ठ
बुलन्द,
अर्घाखाँची शिक्षा क्याम्पस चुत्रावेशीमा स्नातक तह दोश्रो वर्षका विद्यार्थीद्वारा प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सञ्चालक समितिका वरिष्ठ सदस्य हरिप्रसाद भुसालले मन्तव्य राख्दै शिक्षा क्याम्पस जिल्लाको उत्कृष्ट शैक्षिक गन्तब्य बताउनुभयो । भुसालले लामो समय देखि जिल्लामा शैक्षिक ज्योतिको रुपमा पहिचान कायम हुदै आएको भन्दै क्याम्पसका तर्फबाट स्वागत गर्नु भएको थियो ।
क्याम्पस प्रमुख श्रीकृष्ण भुसालले मन्तव्य राख्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गदै बिद्यार्थीहरुलाई शैक्षिक गन्तब्य तय गरी अध्ययनमा लाग्न आग्रह गर्नुभयो । सहायक क्याम्पस प्रमुख चोपनारायण बञ्जाडेले गजल मार्फत नव आगन्तुकलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रम दोस्रो वर्षमा अध्ययनरत छात्रा सम्झना जि.सी को सञ्चालन रहेको कार्यक्रममा सोनिया बस्नेतको अध्यक्षता रहेको अध्यापक सीता श्रेष्ठले जानकारी दिनुभयो ।
बिजय माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका ११ डिभर्नामा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का बिद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरेका छन । बिद्यालयको नया शैक्षिक शत्रमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई आयोजना गरिएको स्वागत कार्यक्रममा प्रमुख अथिति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति आचार्यले बिजय माध्यमिक बिद्यालय जिल्लाकै उत्कृष्ठ शैक्षिक गन्तब्य भएको भन्दै उच्च शैक्षिक सफलतको शुभकामना दिनुभयो । कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालले शुभकामना मन्तब्य राख्दै बिद्यालयले नवआगन्तुक बिद्यार्थीलाई समय सापेक्षी शिक्षा प्रदान गर्ने बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालको बिशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा शिक्षकको तर्फबाट सीता श्रेष्ठ, बिद्यार्थीको तर्फबाट, प्रकाश कुंवर, रिता आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यार्थी अनिषा आचार्यको सञ्चालन र अर्जुन चुदालीको अध्यक्षता रहेको थियो ।
बुलन्द
सन्धिखर्क नगरपालिका वडा नं. १२ स्थित श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयमा आज मिति २०७८ ०९ ०७ गतेका दिन शैक्षिक सत्र २०७८ का कक्षा १२ का विध्यार्थीहरु द्धारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १२ का विद्यार्थी अनिल म’खियाको अध्यक्षता र दिपा नेपालीको सञ्चालनमा भएको कार्यक्रममा विसका श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो । विद्यालयका प्रध्यानाध्यापक स’र्य बहाद’र खनाल प्रम’ख आतिथी रहेको कार्यक्रममा विद्यालयका शिषक तथा कर्मचारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको बिच बिचमा रोचक नृत्य र गायन प्रस्त’त गदै कक्षा १२ का विद्याथीहरु द्धारा कक्षा ११ का विद्यार्थीहरुलाई उपहार तथा खाजा को व्यवथा गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कक्षा १२ का विद्यार्थी साजन श्रेष्ठ र कक्षा ११ को विद्यार्थी श्रृष्टि जन्जाडेको स्वागत तथा श’भकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा विद्यालयका प्रध्यानाध्यापक द्धारा विद्यार्थीहरुलाई स्वागत तथा श’भकामना मन्तव्य राख्न’भएको थियो ।
बुलन्द न्युज
बिजय माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका ११ डिभर्नाको ६३ औ वार्षिक उत्वस तथा अभिभावक दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशको अवसरमा बिद्यालयमा शैक्षिक क्षेत्र र अतिरिक्त क्रियाकलापमा बिजयी बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा सहभागी तथा बक्ताहरुले शुभकामना मन्तब्य राख्दै बिद्यालयलाई प्राबिधिक धारको शिक्षामा जोड दिएका छन । कार्यक्रममा बोल्दै प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मनिराम पराजुलीले बिजय माध्यमिक बिद्यालयमा भुगोल तथा पूर्वाधारको उपलब्धता भएको भन्दै स्वास्थ्य क्षेत्रका बिभिन्न प्राविधिक विषय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । पराजुलीले आजको आवश्यकता गुणस्तरीय र प्राबिधिक शिक्षाको माग बढि भएको भन्दै माग बमोजिमको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अथिति सन्धिखर्क नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु आचार्यले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर बृद्धिमा अभिभावक शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफलका लागि अभिभावक समेत चनाखो रहनुपर्नेमा आचार्यको जोड थियो ।
बिशिष्ठ अथिति तथा सन्धिखर्क ११ का वडाध्यक्ष धुर्वराज आचार्यले बिजय माध्यमिक बिद्यालय शिक्षाको उज्वल नक्षत्र रहेको बताउनुभयो । निवर्तमान बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका आचार्यले आफुहरुले बिद्यालयको स्थरोन्नती र भौतिक संरचना निर्माणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर क्षेत्री, छिमेकी बिद्यालयको प्रधानध्यापकको तर्फबाट लालबहादुर शाह, नेपाली कांग्रेसका वडा सभापति हिराधर आचार्य, अभिभावकको तर्फबाट शालिकराम खनाल, वडा नं ११ का सचिव पुष्कर नाथ आचार्य, बसन्त श्रेष्ठ, विद्यार्थीका तर्फबाट कक्ष १० की छात्रा रचना आचार्य र कक्षा १२ का छात्र सुन्दर श्रेष्ठ लगायतले बार्षिक उत्सवको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
बार्षिक उत्सव समारोहमा बिद्यालयका प्रधानध्यापकहरु रेशौराज आचार्य, खगेस्वर केसी, बिष्णु प्रसाद आचार्य, महेन्द्र श्रेष्ठ, निर्मला खनाल, समाजसेवी नरप्रसाद श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमममा शिक्षक युवराज भुसालको सञ्चालन र शिक्षक गिरी राज चुदालीको स्वागत मन्तब्य रहेको थियो ।
Seed is the basic vital unit in agriculture, which is also basis for food security, conservation of biodiversity. Seed is a material which is used for planting or regeneration purpose. However scientifically, seed is a fertilized matured ovule together covered with seed coat. Seed is the most vital and crucial input for crop production. Quality seed can be defined as varietally pure with a high germination percentage, free from disease and disease organisms, with a proper moisture content and weight.
The COVID-19 pandemic, also known as corona virus, is an ongoing global pandemic of corona virus disease. COVID-19 causes sever acute respiratory syndrome. The outbreak was first identified in Wuhan, China in December 2019.
COVID-19 pandemic has affected almost every system worldwide. Seed system is not devoid of its effect. Seed supply chain has been disrupted badly with very minimal workers around this sector, right now. Not only this sector but that of food safety, world food security, has been affected severely as well. Importance of quality seeds is being understood, and is also being seen as basic tool for a secure food supply because of this havoc going around in the world. Quality seeds ensures good crop stand because of its high genetic and physiological qualities. Production of seeds by following proper seed cycle, unifying seed system, with complete knowledge and technological training on post-harvest operations up to marketing, utilization reliable, sustainable, standard in line with sustaining food security and enhancing productivity.
India is one of the biggest contributor of food goods in Nepal. The shortage in the food supply of vegetables from India, rice exports were also halted from India, affecting food availability dimension of food security. As there are limitations with the availability of seeds and other inputs during jammed market everywhere over Nepal. The framework for seed supply chain in Nepal has completely broken off during this period. That’s why, one of the popularly viewed solutions for solving food insecurity during this pandemic COVID-19 is availability of quality seeds. Producing quality seeds is an effective tool to address the issue of self-sufficiency, food security and economic development. As they also found to be profitable in terms of monetary as farmers can get high return per unit area as the genetic potentiality of the crop be fully exploited, with the increased nutrient use efficiency.
Production of quality seed and for making it reach it out to every farmers in every part of Nepal efficiently, it needs to be supported by many institutions and government too.
Solutions for seed sector arose due to corona
Actions from actors of seed system to produce quality seed
Encouraging farmers for seed replacement with quality seed
Digitalization on seed sector
Launching of seedNL in Nepal
Increase in association with international companies to improve quality of seed
Enhancing the genetic factors of seeds through breeding
Providing seeds on kitbox as relief package
Increased seed storing facilities
Introduction of sanitary measures in Agriculture to produce healthy seed
Usage of micro-climatic condition in integration with workshop training
Now, its not a matter of wounder that nature is deteriorating in rapidly with the increased population, urbanization, industrialization; that has disturbed balance within complex, causing many climatic hazards. But mother nature knows how to heal herself. That’s why quality seeds are most important for food security and food self-sufficiency during this pandemic period.
२० असोज २०७७
कोराना संक्रमणदर ह्वात्तै बढेपछि मदरल्याण्ड इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्कले बिद्यालय सिकाई सहजीकरणलाई अनलाईन माध्यमबाट नै निरन्तरता दिने भएको छ ।
असोज १८ गते आइतवार देखि बिद्यालयमा सामाजिक दुरी कायम गरी अध्यापन सुचारु गरिएको भएपनि व्यवस्थापन समितिको आकस्मिक बैठकले तत्कालका लागि अनलाईन कक्षालाई नै निरन्तरता दिइएको प्रिन्सीपल सागर पाँडेले जानकारी दिनुभयो ।
पाँडेले अनलाइन कक्षाबाटनै शिक्षण सिकाइलाई निरन्तरता दिने भएकोले बिद्यार्थीको सिकाइ सहजीकरणलाई निरन्तरता दिन बिद्यार्थी अभिभावकाई आग्रह समेत गर्नुभयो । साथै नर्सरी, एसकेजी, युकेजीका बिद्यार्थीरुको सिकाई सम्बन्धी जानकारी लिन बिद्यालयमानै सम्पर्क गर्न मदरल्याण्डले अनुरोध गरेको छ । साेमवार मात्रै जिल्लामा १३ जनालाइ समुदाय स्तरमा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।