सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत सन्धिखर्क नगरपालिकाद्धारा आयोजित स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तीहरुसँग बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा जिल्ला स्तरीय भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आप्रवासी कामदारले विदेशमा सिकको सीपलाई स्वदेशमा आय आर्जन तथा उत्पादनको क्षेत्रमा जोड्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको क्रममा सामी कार्यक्रम लागु हुनुभन्दा पहिला सूचना तथा परामर्श सेवा बिना जादा ठगिने जस्ता समस्याहरु भोग्नु परेको भन्दै उहाँले एकपटक विदेश जाने व्यक्ती आप्रवासी श्रोतकेन्द्रमा बुझेरमा मात्र सुझाव दिनुभयो । उहाँले बैदेशि रोजगारीको क्रममा ठगीमा जिल्ला प्रशासन कार्यालय र सहायता कक्षमा सम्पर्क राख्नुपर्नेमा पनि जोड दिनुभयो । श्रेष्ठले आप्रवासी सञ्जालले पिडित तथा जिल्लाका दुर दराजमा रहेका श्रमिकका समस्यालाई उजागर गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्यले सामी कार्यक्रमले बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योग्दान दिएको बताउनुभयो । उहाँले रेमिटेन्सले नेपालको कुल ग्राहस्त उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको भन्दै बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनुनै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत तथा सामी फोकल पर्सन मञ्जु खनालले वैदेशिक रोजगारीमा देखिने समस्याहरु नेपाल सरकारले स्थानीय तहबाटै समाधान गर्ने र ठगी सम्बन्धी समस्याहरु जिल्ला प्रशासन कार्यालयबाट समाधान गर्ने व्यवस्थाले आप्रवासी परिवारलाई सहज हुँदै गएको बताउनुभयो । खनालले आप्रवासी सञ्जाल र आप्रवासी कामदारले विदेशमा सिकेको प्रविधिलाई नेपालमा पनि स्थानान्तर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामी हेल्भटास नेपालका लुम्बिनी प्रदेश कार्याक्रम व्यवस्थापक बिजय ठाकुर, कार्यक्रम अधिकृत जियाउल हक, आप्रवासी श्रमिक सञ्जालका प्रदेश अध्यक्ष रोशन गिरी, सामी जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठ लगायतले आप्रवासी श्रमिक सञ्जालको अवस्था, सम्भावना तथा जिल्लामा भएका प्रमुख उपलब्धीहरुको बारेमा प्रकास पार्नुभएको थियो ।
सोही भेलाले रामप्रसाद ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय आप्रवासी श्रमिक सञ्जाल जिल्ला समितिको गठन गरेको छ । जसको उपाध्यक्ष शितगंगा नगरपालिकाबाट गणेष पौडेल, सचिवमा सन्धिखर्क ४ का कृष्ण प्रसाद भुसाल र कोषाध्यक्षमा मालारानी गाउँपालिकाबाट रेनु भुसाल खनाल रहनुभएको छ । यस्तै सदस्यहरुमा भुमिकास्थान नगरपालिकाबाट राजु श्रेष्ठ र पाणिनी गाउँपालिकाबाट दिपक बेल्वासे रहनुभएको छ ।
यस्तै सन्धिखर्क नगरपालिकामा दान बहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय नगर आप्रवासी सञ्जालको गठन गरिएको छ । जसको उपाध्यक्षमा हरी बहादुर कुमाल, सचिवमा नारायण भुसाल, सहसचिवमा दामोदर श्रेष्ठ र कोषाध्यक्षमा मुम प्रसाद श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा बेलबहादुर कुमाल, भविश्वर विश्वकर्मा र बिष्णु प्रसाद श्रेष्ठ लगायतका रहनुभएको छ ।
अर्घाखाँची, जेठ ६ गते
चिरपरिचित कलाकार लेखनाथ आचार्यको माया मिठो अर्घाखाँचीको बोलको गित सार्वजनिक भएको छ । गितले कला, संस्कृति र संगीतको गतिशील यात्रामा अर्घाखाँची जिल्लाले पछिल्लो समय उल्लेखनीय पहिचान बनाउँदै आएको छ । अर्घाखाँची जिल्लाका पाखा पखेरा कुलो पहाड ताल लगातयको समग्र प्रकृतिलाई समेटेर आएको गितले यतिवेला बजारमा नयाँ तरगं छाएको छ । सांगितिक यात्रामा थपिएको ‘माया मिठो अर्घाखाँचीको’, जसले अर्घाखाँची जिल्लाको प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आत्मीय भावनालाई संगीतमा पिरोने प्रयत्न गरेको छ ।
गीतको लय, शब्द र स्वर अर्घाखाँचीकै प्रतिभाशाली गायक–सर्जक लेखनाथ आचार्य को रहेको छ । अर्घाखाँची जिल्लाको सुपा देउराली, ठाडाताल, रक गार्डेन लगायतका मनमोहक पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस गीतमा स्थानीय सौन्दर्य मात्र होइन, त्यहाँको जीवनशैली, प्रेम र सामाजिक आत्मीयतालाई समेत समेटिएको छ ।
गीतको निर्देशन पनि जिल्लाकै कुशल निर्देशक लोकेन्द्र शाह ले गरेका छन् । छायांकन र सम्पादनको जिम्मेवारी मनिष पन्थले सम्हालेका छन् । भिडिओको सम्पूर्ण निर्माण श्रीनगर फिल्म्स प्रोडक्सन प्रा. लि. को ब्यानरमा गरिएको हो ।
गीतकार तथा गायक लेखनाथ आचार्यका अनुसार यो गीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, आफ्नो जन्मथलोप्रतिको श्रद्धा र माया पनि हो उनी भन्छन्,
“माया मिठो अर्घाखाँचीको मेरो जीवनकै भावना समेटिएको प्रस्तुति हो । म अर्घाखाँचीको माटोबाट जन्मिएको सन्तान हुँ । यही माटोले मलाई हुर्कायो, यही माटोले मलाई स्वर दियो। त्यसैले यो गीत अर्घाखाँचीकै माटोलाई समर्पण हो ।” गीतको भिडियोमा देखिने पहिरन, श्रृङ्गार र दृश्यहरू अर्घाखाँचीको मौलिक संस्कृतिलाई झल्काउने खालका छन् । यसले विशेषगरी अर्घाखाँचीबासीहरूमा गर्वको भावना पैदा गर्नेछ भन्ने विश्वास लिइएको छ ।
दृश्य–विधान र स्थानहरूको महत्व
सुपा देउराली, अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको स्थल हो । उता ठाडाताल र रक गार्डेन प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरू हुन्, जहाँ छायांकन गर्दा दृश्यले गीतलाई अझ जिवन्त बनाएको छ । यी स्थलहरूका कारण गीतले पर्यटकीय प्रवद्र्धनमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अर्घाखाँचीको सांगीतिक पहिचानतर्फ
‘माया मिठो अर्घाखाँचीको’ गीत एक किसिमले अर्घाखाँची जिल्लाबाट उदाएका कलाकारहरूको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने अभियान पनि हो । विगत केही वर्षयता गाउँका आवाजहरू मिडियाको पहुँचबाट टाढा रहेका बेला, लेखनाथ आचार्य जस्ता कलाकारहरू भने स्थानीयता बोकेर राष्ट्रिय ढोका ढक्ढक्याउने प्रयासमा अग्रसर देखिएका छन् ।
🎶 गीतः माया मिठो अर्घाखाँचीको
🎤 लय, शब्द, स्वरः लेखनाथ आचार्य
🎬 निर्देशनः लोकेन्द्र शाह
🎥 छायांकन÷सम्पादनः मनिष पन्थ
🏞 लोकेशनः सुपा देउराली, ठाडाताल, रक गार्डेन
📺 प्रस्तुतिः श्रीनगर फिल्म्स प्रोडक्सन प्रा.लि.
निष्कर्षमा, ‘माया मिठो अर्घाखाँचीको’ केवल एउटा गीत नभई, यो अर्घाखाँचीको आवाज हो, अर्घाखाँचीको आत्मा हो । यस्ता सिर्जनाहरूले नेपालको स्थानीय संगीत, संस्कृति र पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
बुलन्द न्युज
पाणिनी, अर्घाखाँची
पाणिनी गाउँपालिकाको आयोजनामा अपाङ्गगता परिचय पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शिविरबाट गाउँपालिका भित्रका ६१ जना सेवाग्राही लाभान्वित भएका छन । महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको शिविरको गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले अपाङ्गगता परिचय पत्र दिएर सुरुवात गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गगता परिचय पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष नर्मदा पौडेल गौतमले समाजमा अपाङ्गगता भएकाहरुलाई राज्यबाट पाउने सुबिधाबाट बञ्चित हुन नदिनका लागि शिविरको आयोजना गरिएको बताउनुभयो ।
अपाङ्गगता परिचय पत्र बितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले क बर्गका १२, ख बर्गका २७ र अन्य २१ जना गरी कुल ६१ जनाले अपांगता परिचय पत्र लिएको बताउनुभयो । न्यौपानेले पालिका भित्रका अपाङ्गगहरुलाई चौमासिक रुपमा शिविरको आयोजना गरी परिचय पत्र बितरण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बिशेषज्ञ डा. गोपाल मुखिया, वडाध्यक्षहरु कमल प्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली, हरिप्रसाद घिमीरे, इन्द्रमणी घिमीरे, कृष्ण प्रसाद पौडेल, गुनाखर अधिकारी, रोमबहादुर पाण्डे लागतयको उपस्थिती रहेको थियो । छनोट शिविरमा स्वास्थ्य शाखा प्रतिनिधी राम प्रसाद घिमीरे, अपाङ्गगता प्रतिनिधी कमला परियार, प्रहरी प्रतिनिधी लगायतको उपस्थिती रहेको सदस्य सचिव पुजा न्यौपानेले जानकारी दिनुभयो ।
बुलन्द न्युज
बुलन्द न्युज
२२, भाद्र २०८०, दुर्गाफाट, अर्घाखाँची
निजामति सेवा दिवश पाणिनि गाउँपालिका दुर्गाफाट अर्घाखाँचीमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । व्यवसायीक र सिर्जनशील प्रशासनः विकास सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधीले दुर्वासेश्वर गुफा परिषरमा सरसफाई गरी मनाइएको हो ।
सरसफाई कार्यक्रम पश्चात भएको कोणसभामा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई राज्यले निजामति सेवा अन्र्तगत नराखेर बिभेद गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कर्मचारीका जायज मागहरु प्रति आफु सकारात्मक रहेको भन्दै मन्त्रालय लगायतका निकायहरुमा सकारात्मक भुमिका खेल्ने बताउनुभयो । नवआगन्तुक समेत रहनुभएका न्यौपानले सरकारल ल्याएको संघीय निजामती सेवा ऐनमा स्थनीय तहका कर्मचारीलाई निजामति सेवा अन्र्तगत नराख्दा मनोवल कमजोर बन्ने स्थिती रहेको भन्दै त्यसमा सबैले आफ्नो ठाउबाट दवाफमुलक कार्यहरुमा साथ रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले दिवशको अवशरमा आयोजित सरसफाइ कार्यक्रममा कार्यालयका कर्मचारीको मनोवल उच्च राखेर सेवा दिदा मात्रै सेवाग्राहीलाई सरल, सहज र मुस्कान सहितको हुने भन्दै संघीय सरकारले समयमै सचेतता अपनाउनु पर्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले कर्मचारी राज्यको स्थायी सरकार रहेको भन्दै पालिकाले सदैब उच्च मनोवल सहित काममा लगाउने बताउन्ुभयो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानले निजामी सेवा दिवश नमनाउने केन्द्रीय सर्कुलर हुदा हुदैपनि पाणिनि गाउपालिकामा कार्यरत कर्मचारीहरु सरसफाई लगायतका कार्यक्रममा सरीक भएको भन्दै गाउँपालिकाले अबदेखि हरेक उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने परिपाटीको विकास गरिने बताउनुभयो । अध्यक्ष न्यौपानेले कर्मचारीहरुलाई सदैब उच्च मनोवल गराउनका लागि गाउँपालिकाबाट हुने प्रोत्साहनका कार्यक्रममा कुनै कसुर बाकी नराख्ने बताउनुभयो ।
कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्योपानेको अध्यक्षता, शिक्षा अधिकृत तेजबहादु्र खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।























































