तालाबन्दी प्रकरण पछि छत्रदेब नेकपाको कडा चेतावनी : सुतेको बाघलाई ब्यूझाइयो
पालिका कमिटिद्धारा गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
बुलन्द न्यूज
छत्रदेब गाउँपालिका ७ भगवतिको वडा कार्यालयमा भएको तालाबन्दी प्रकरणपछि नेकपा छत्रदेबले कडा चेतावनी दिएको छ । वडा कार्यालयमा कोभिड १९ बिशेष लाभग्राही िछनोटको बिषयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गरेपछि नेकपा छत्रदेब गाउँपालिका कमिटिले गाउँपालिका अध्यक्ष लेखनाथ पाख्रेललाई ज्ञापन पत्र बुझाएको छ ।
गाउँपालिबाट सञ्चालित गरिव उज्यालो कार्यक्रम, खानेपानी मुहान दर्ता, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम,बिभ्निन योजनाको उपभोक्ता समिति गठन, आकाशे खानेपानी संकलन, कोभिड राहत कार्यक्रम, क्वारेन्टाइन व्यवस्थापन र आयव्यय तथा सडक सौर्यबत्ती वितरणमा मनोमानी ढंगबाट एकलौटी गरिएको भन्दै पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएर जनताको सेवा लिन पाउने अधिकारलाई वेवास्था गरिएको भन्दै खेद प्रकट गरिएको छ । पालिका कमिटि अध्यक्ष रामलाल पराजुली र सचिव भोनबहादुर रायमाझीद्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा पालिकाले सर्वसत्ताबादी प्रबृद्धि देखाएको उल्लेख गरिएको छ ।
जिल्ला कमिटि सदस्य तथा अर्घाखाँची निर्वाचन क्षेत्र नं १ अध्यक्ष ’प्रकास ज्ञवाली को नेतृत्व मा सचिव धुर्ब पाण्डे, इन्चार्ज भबिस्वर पाण्डे, सह इन्चार्ज माधब पन्थि, नेकपा छत्रदेब गाउपालिका अध्यक्ष रामलाल पराजुलि, सचिब भोज बहादुर रायमाझी, जिल्ला सदस्य रामजी पाण्डे, भोजराज पाण्डे, युवा संघ नेपाल अर्घाखाँची जिल्ला सदस्य तथा छ्त्रदेब सम्योजक भिस्म कुवर लगायत नेकपा वाड कमिटि अध्यक्ष तथा सचिव हरु को उपस्थिति रहेको थियो ।
छत्रदेब गाउपालिका वडा नं ७ भगवतिमा कांग्रेसका कार्यकर्ताले हिजो लगायएको ताला आज गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलको उपस्थितिमा खोलिएको थियो । कोभिड लक्षित कार्यक्रम छनोटमा बिबाद भएपछि ताला लागेपनि यसले अन्य ६ वडाको छनोटमा पनि समस्या पैदा हुने संकेत देखिएको छ । छत्रदेब गाउपालिकामा ८ वटा वडामध्ये ६ वटामा कांग्रेस र २ वटामा नेकपाले वडाध्यक्ष जितेको थियो ।






0 comments
तपाइको प्रतिक्रिया दिनुहोस