हृदयकुमार भुसाल

नगरपालिको वाड नम्वर ९ साबिकको ढिकुरा गाबिसमा बिस्तार बैठक तथा भेला सम्पन्न भएको छ । भेला सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथी एमाले प्रतिनिधी सभा समान’पातिक तर्फको उमेदवार बुद्दि बहादुर रायमाझी ले बाम गठबन्धनका उमेदवार लाई दुई तिहाई मतले जिताउन दवै दलका नेता कार्यकर्ता एक भएर लाग्न आग्रह गदै रायमाझीले यो चुनाव पछि मुलुकमा बिकास र आर्थिक सबृद्दि हुने बताउनु भयो ।




उतm बिस्तारित बैठक ले निर्वाचन परिचालको लागी बिभिन्न उपसमिती हरु गठन गरेको छ । नारायण प्रसाद खलान सयोजक र इश्वरी भुसाल सहसयोज रहेका मुल निर्वाचन परिचालन समिती दबि प्रसाद प्रोख्रेल सयोजक र कृष्ण प्रसाद भटराई रहेको प्रचार प्रसार समिती त्यस्तै मोति भटराई सयोजक र दिपक सारु सहसयोज रहेका आर्थिक परिचालन समिती दिपक चुदाली सयोजक र कमल सारु सहसयोजक रहेको युवा परिचालन समिती, पार्वता सारु सयोजक र सिता पन्थी सहसयोज रहेको महिला परिचालन समिती, गिरी घिमिरे सयोजक र नारायण घिमिरे सहसयोजक रहेको कार्यालय सञ्चालन समिती गठन गरिएको छ ।
कार्यक्रम माओवादी केन्दका इश्वरी भुसालको अध्यक्षता एमालेका देवी प्रसाद प्रोख्रल को स्वागत र सागर परियार को सञ्चालनमा सम्मपन्न भएको थियो ।
एउटा लाईक एउटा कमेन्ट सुपा देउराली मन्दिर अर्घाखाँचीका लागि
इश्वर आत्मा हो र आत्मा नै इश्वर हो
हरेक आत्मामा इश्वरको वास हुन्छ
२४ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दिल्लीमार्फत अघि सारिएको चारबुँदे सहमतिको रोडम्यापबारे छलफल थालेको छ । उसले केही दिनमा धारणा सार्वजनिक गर्ने बताएको छ ।
चार दिने भारत भ्रमण पुरा गरी मधेसी मोर्चाका नेताद्धय महन्थ ठाकुर र उपेन्द्र यादव बुधबार मध्यराति फर्किएका थिए । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र यादव उपचारका लागि भारतमै छन् ।
दुई शीर्ष नेता स्वदेश फर्किएपछि मधेसी मोर्चा भावी रणनीति तय गर्न छलफलमा जुटेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमार्फत अघि सारेको सहमतिको राजनीतिक रोडम्यापबारे अध्ययन भइरहेको बताए ।
मधेसी मोर्चाको बैठकमा जानु केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले भने-‘फ्रेम वर्कको आवश्यकता हामीलाई हो । तर, सरकारले उहाँ (दिल्लीमा) दिनु भएको छ । हामीले जानकारी पाएका छौं ।’
मधेसी मोर्चाका नेताहरु अघि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरी सहमतिको रोडम्याप सुनाएका थिए ।
स्रोतहरुका अनुसार रोडम्याप काठमाडौंस्थित भारतीय राजदूत रणजीत रायमार्फत स्वराजको हातमा लिखित रुपमै पुगेको छ ।
चारबुँदे रोडम्यापको के जवाफ दिनुभयो त भन्ने प्रश्नमा ठाकुरले भने-हामी त्यसको अध्ययन गर्दैछौं । २/३ दिनमा एउटा निष्कर्षमा पुग्छौं ।’
ठाकुरले भनेका छन् कि मधेसी मोर्चाका मागहरुबारे भारतलाई जानकारी छ । भ्रमणका क्रममा मधेसी मोर्चाका नेताहरुले अन्तरिम संविधानमा भएका अधिकारहरु समेत खोसिएको धारणा राखेको उनले बताए । ठाकुरले भने-‘हामीले आफ्नो कुरा भन्यौं र भारतलाई पनि जानकारी छ ।’
ब्ल्यांक चेक लिँदैनौं, नगद नै चाहिन्छ
मधेसी मोर्चाले अघि सारेको ११ बुँदे सबैभन्दा मुख्य र जटिल मानिएको माग हो अहिलेको प्रदेशहरुको सीमांकन हरेफेर । प्रमुख दलहरु तत्काल सीमांकन चलाउन तयार देखिएका छैनन् भने मधेसी मोर्चाले उधारोमा सहमति नगर्ने अडान राखेका कारण अहिलेसम्मका वार्ताहरु सफल भएनन् ।
तर, कमल थापाले दिल्लीबाट अघि सारेको सहमतिको रोडम्यापमा सीमांकनको विषय राजनीतिक समितिबाट गर्ने उल्लेख छ । ठाकुरले भने यसलाई टाट पल्टिएको बैंकको चेक दिन खोजेको बताएका छन् । उनले हाँस्दै भने-‘हामीले भन्दै आएका छौं । चेक हामीलाई चाहिएन, नगद नै चाहिन्छ ।’
उसो भए सरकारले भारतलाई प्रयोग गरेर बाउन्स हुने चेक दिन खोजेको हो भन्ने प्रश्नमा मतलोपा अध्यक्ष महन्थ ठाकुरले भने-तपाई जे भन्नुस् ।’
आफूहरुले मधेस समस्या समाधानका लागि भारतको मध्यस्थता नगरेको भन्दै उनले भने-‘हामीले सहभागिताका लागि कुरा राखेको होइन । सरकारले सहभागी गराउन चाहन्छ भने सरकारको कुरा हो ।’