
अर्घाखाँची/छ्त्रदेव
यस बर्षको राष्ट्रपति रनिङ सिल्डको उपाधी दोस्रो पटक पनि सरस्वती मा बि सुर्यथुमले जितेको छ । छत्रदेव गाउँपालिकाको आयोजना र सरस्वती मा वि सुर्यथुमको सह-आयोजनामा यहि मिति २०८० पुस १९-२१ सम्म छत्रदेव रंगशालामा सम्पन्न भएको छत्रदेव गाउपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्डमा कुल ३० स्वर्ण ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा सरस्वती मा वि सुर्यथुमले ९ स्वर्ण ४ रजत ४ कास्य सहित प्रथम, ७ स्वर्ण ११ रजत र ३ कास्य सहित महेन्द्र बिद्याबोध नेत्रलाल राममणी मा वि बल्कोट द्वितीय र ६ स्वर्ण २ रजत ७ कास्य सहित जनकल्याण मा वि तारुभतेरा तृतीय भएका छ्न ।
३ दिन सम्म चलेको प्रतियोगितामा ८ स्कुलका ३०० खेलाडी विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स गरेर ३० बिधामा प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई र खेलाडीलाई पालिका अध्यक्ष, शिक्षा अधिकृत लगाएतका अतिथिले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । अब यस प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन सन्धिखर्क जाने छन ।
छत्रदेब गाउँपालिका
बुलन्द, न्युज अर्घाखाँची
सरस्वती मा.बि छत्रदेब गाउँपालिका ८ सूर्यथुममा विजया दशमीको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बडा दशैको शुभकामना आदान प्रदान गरी बिद्यार्थीहरुलाई टिका, जमरा र दक्षिणा समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुलाई टिका, जमारा र दक्षिणा प्रदान गरी शुभकामना मन्तब्य दिदै छत्रदेब गाउँपालिका वडा नं ८ का वडाध्यक्ष भिष्म कुवँरले हिन्दु नेपालीहरुलाई बिजया दशमीले नयाँ उमंग ल्याउदै सुःख, शान्ति र सम्बृद्धिको कामना समेत गर्नुभयो । वडाध्यक्ष कुवँरले बिजया दशर्मीले सबै नेपाली दाजुभाई दिदी बहिनी सबैमा उन्नती प्रगतीको कामना गर्नुभयो । उहाँले छत्रदेब गाउँपालिकाको शिक्षा क्षेत्रको उन्नयनमा सरस्वती मा.बि को महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य श्री खिमनारायण पाण्डेको अध्यक्षता, वडा न. ८ का वडा अध्यक्ष भीष्म कुवरको प्रमुख आतिथ्यता तथा विद्यालयका शिक्षक बिष्णु प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मान बहादुर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खिमनारायण पाण्डे, प्रधानाध्यापक महेन्द्र कुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक जीवन कुमार श्रेष्ठ, प्रा.बि इन्चार्ज प्रा. वि इन्चार्ज विष्णु प्रसाद पौडेल, कक्षा १२ मा अध्ययनरत छात्रा सगुन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा शिक्षक लिलामणी पन्थीको प्राबिधिक सहयोग रहेको बिद्यालयले जनाएको छ ।
बिद्यालयको प्रांगणमा भएको शुभकामना आदानप्रदान कार्यक्रमा विद्यार्थीहरुले गीति नाटक, नृत्य तथा शिक्षक दीपक अर्याल र कृष्ण प्रसाद भुसालको सहजीकरणमा कक्षा ९ र १० का विद्यार्थीहरुले सराय नाच समेत प्रदर्शन गरेका थिए । नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सराय नाच नचाइएको थियो ।
बुलन्द न्युज
बुलन्द
अर्घाखाँची । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले वर्तमान सरकारकै सेटिङ्गमा सुन तस्करी भएको गम्भीर आरोप लगाउनुभएको छ । सुन तस्करी काण्डमा सरकारको सेटिङ्ग र त्यसका नाइकेले नेतृत्व गरेको दाबी गर्दै अध्यक्ष भुसालले यो सरकार रहेसम्म देशले निकास नपाउने जिकिर गर्नुभएको छ ।
प्रेस चौतारी अर्घाखाँचीको आज सन्धिखर्कमा सम्पिन्न प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । “ देश र जनताको सेवा गर्नुपर्ने सरकारनै तस्करीमा लागेपछि मुलुकले निकास पाउँदैन, अध्यक्ष भुसालले भन्नुभयो, “ सुन एक क्विन्टल मात्रै होइन पछिल्लो दुई तीन महिनामा १८ देखि २० क्विन्टल सुन तस्करी भएको छ ।” अन्य दलमा भन्दा एमालेमा असल चरित्र भएका नेताहरुले नेतृत्व गरेको जिकिर गर्दै अध्यक्ष भुसालले सरकार र गठबन्धनले आफ्ना कर्तुत लुकाउन एमालेलाई हिलो छ्याप्ने गरेको तर्क गर्नुभएको छ । भुटानी शरणार्थिको प्रसंग उठाउँदै अध्यक्ष भुसालले अनुसन्धानको लागि गिरफ्तारि पर्दा टोपबहादुर रायमाझीलाई विपक्षीहरुले दोषीनै भएजसरी नङ्गाउन खोजेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । नेता रायमाझी निस्कलङ्कित भएर बाहिर आउने विश्वास व्यक्त गर्दै अध्यक्ष भुसालले निष्पक्ष छानबिनका लागि सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
एमालेको सफल नेतृत्व र जनताको मोह देखेर सबै शक्ति एमालेको बिरुद्ध लागेको उल्लेख गर्दै अध्यक्ष भुसालले पार्टीलाई जोगाउन सबै तह र तप्का एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा एमाले जिल्ला सचीव विधान रायमाझी, उप–सचीव शम्भु पोख्रेल, प्रेस चौतारी केन्द्रिय निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, केन्द्रिय सदस्य नवराज भुसाल, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, जिल्ला इन्चार्ज हिम लेकाली र एमाले मालारानी अध्यक्ष शालिकराम आचार्यले सम्बोधन गर्दै प्रेस स्वतन्त्रताको शाख बच्नेगरि निष्पक्ष र सत्य, तथ्य रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ । गल्ति गरे जो कसैकापनि समाचार बनाउनुपर्ने भन्दै उहाँहरुले प्रतिपक्ष भनेर एमालेले गरेका राम्रा कामको समेत समाचार नलेख्ने नगर्न सुझाव समेत दिनुभएको छ ।
प्रेस चौतारी जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ छापेलीको अध्यक्षता, उपाध्यक्ष सविता आचार्यको स्वागत मन्तव्य र जिल्ला सचीव सिद्धार्थ के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा प्रेस युनियन जिल्ला सभापति लक्ष्मण घिमिरे, प्रेस सेन्टर अर्घाखाँचीका प्रतिनिधि बाबुराम रसाइली, प्रगतिशील पत्रकार संघका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियार र जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सचीव अनिल नेपालीले पनि मन्तव्य राख्नुभएको थियो । देश र जनताको पक्षमा कलम चलाउँदै प्रेस तथा वाक स्वतन्त्रता र पेशागत सुरक्षा एवम् सुनिश्चितताको निम्ती सबै पत्रकार एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।
बसन्त श्रेष्ठ छापेली
अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले जनसंगठन नेकपा एमालेका मेरूदण्ड भएकाे बताउनुभएकाे छ । एमालेमा २३ प्रकारका जनबर्गीय संगठनकाे व्यवस्था रहेकाे भन्दै लुम्बिनी प्रदेस सभा सदस्य समेत रहनुभएका आचार्यले सबै संगठनका नियमित बैठक र कार्ययाेजना बनाई कार्यन्वयनमा लैजानुपर्नेमा जाेड दिनुभयाे ।
नेकपा एमाले सरकारमा रहदा आम किसान मज्दुरकाे पक्षमा काम गरेकाे भन्दै सरकार परिवर्तन भएलगत्तै सरकारले एमाले सरकारमा रहेदा गरेका किसानमुखी परियाेजनामा रकम कटाैती गरेकाे बताउनुभयाे । आचार्यले पाटीले अगाडि सारेका नितिकाे कार्यन्वयन गर्नु जनवर्गीय संगठननकाे दायित्व समेत रहेकाे बताउनुभयाे ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्बर भुसालले अवधि पुगेका जनवर्गीय संगठनकाे भेला तथा अधिवेशन अबिलम्ब गर्न निर्देशन दिनुभएकाे छ । भुसालले जनसंगठन पाटीकाे आधार स्तम्भ भएकाे भन्दै सबै जनबर्गीय संगठन चुस्त दुरूस्त रहनुपर्नेमा जाेड दिनुभयाे ।
बैठकमा नेकपा एमाले प्रदेस कमिटि सदस्य प्रेम नारायण गैरे, जिल्ला कमिटि सदस्य तथा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रेस चाैतारी लुम्बिनी प्रदेश अध्यक्ष शाेभाखर पन्थी लगायतकाे आथित्यता रहेकाे थियाे । बैठकमा २१ जनसंगठनका अध्यक्ष तथा इन्चार्जकाे उपस्थिति रहेकाे थियाे ।
बैठकले सबै जनबर्गीय संगठनका कार्ययाेजना निर्माण गर्ने, नियमित कार्यसमिति बैठक गर्ने निर्णय निर्णय समेत गरेकाे छ । बैठक नेकपा एमाले जिल्ला कमिटि उप सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयाेजक शम्भु पाेख्रेलकाे अध्यक्षता, नेकपा एमाले जिल्ला कार्यालय सचिव लिला बि.क काे सञ्चालनमा सम्पन्न भएकाे थियाे । बैठकले रिटर्नी फेडेरेशनका जिल्ला अध्यक्ष मित्रमणि मिश्रलाईलाई सचिवकाे जिम्मेवारी समेत प्रदान गरेकाे छ ।
बसन्त श्रेष्ठ, छापेली
बुलन्द
अर्घाखाँचीमा बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १४ देखि सुरु हुने भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन सल्लाकार समितिको सोमवार बसेको बैठकले आगामी फागुन १४ देखि १६ गते जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय व्यवस्थापन तथा निर्देशन सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको संयोजकत्वमा वसेको बैठकले २०७९ साल फागुन १४, १५ र १६ गते सन्धिखर्कमा जिल्ला स्तरीय खेल सञ्चालन गर्ने निर्णय जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिनुभयो ।
बैठकमा निर्देशक समितिको सदस्यको रुपमा सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मीना अर्याल, निं समन्वय अधिकारी बिनोद कुवर, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला खेलकुद विकास समिति अध्यक्ष विष्णु क्षेत्री र सदस्य सचिव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे लगायतका रहनुभएको छ । समितिले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा अर्घाखाँची जिल्लाका ६ वटै स्थानीय तहबाट सहभागी हुने समितिका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय प्रतियोगितामा भलिबल महिला र पुरुस, कवड्डी, महिला पुरुस, एथलेटिक्स महिला पुरुस र मार्सल आर्टमा महिला पुरुस सहभागी हुनेछन । उक्त प्रतियोगिताबाट छनोट हुने खेलाडी प्रदेश खेलकुद परिषद् लुम्बिनीले २०७९ फागुन १९ गते देखि आयोजना हुने प्रदेश स्तरीय खेलमा सहभागी हुनेछन । जिल्ला स्तरीय राष्ट्रपति खेलकुदका लागि अधिकांश जिल्लाका स्थानीय तहले स्थानीय तह स्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन ।
जिल्ला स्तरीय प्रतियोगितामा यस अघि सन्धिखर्क नगरपालिकाले शिल्ड हात पारेको थियो । लगातार ३ पटक सम्म शिल्ड जित्ने स्थानीय तहले शिल्ड पूर्ण रुपमा पालिकामा राख्न पाउने व्यवस्था रहेको छ ।
सल्लिकोटको टाकुरामा कांग्रेस परित्याग गरी दर्जनौ नेकपा एमाले प्रवेश
टोेल टोलमा संगठन, घर घरमा एमालेजन अभियान सहित टाकुरामा टोल कमिटि गठन
सन्धिखर्क नगरपालिका वडा नं १२ चिलियाथुममा नेपाली कांग्रेस परित्या गरी दजनौ कांग्रेस क्रियाशिल सदस्यहरु नेकपा एमाले प्रवेश गरेका छन । टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा बस्यालटोल, चिलियाथुम र टाकुराको सल्लिकोट टाकुरामा भएको टोल कमिटि गठन कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी समाजेवी कुल प्रसाद पौडेल, तिलकराम पौडेल लगायतका दर्जनौ कांग्रेस कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन ।
नेकपा एमाले प्रवेश गर्दै नव प्रवेशी कुल प्रसाद पौडेलले कांग्रेसले वडामा आफ्नो सत्ता हुदा हुँदै पनि जनताको पक्षमा काम गर्न नसकेको र केपी ओलीको राष्ट्रप्रतिको भावना र एमालेको देशभर छाएका जनलहरका कारण प्रवेश गरेको बताउनुभयो । उहाँले कांग्रेसमा अझ पनि दासत्वको प्रबृत्ति कायम रहदै आएको पनि बताउनुभयो । पाटी प्रवेश गर्दै तिलकराम पौडेलले नेपाली कांग्रेसले वडामा परिवारबाद र वास्तबिक किसान मज्दुरलाई दुख दिने प्रबृति देखाएकाले नेकपा एमाले प्रवेश गरेको बताउनुभयो ।
नव प्रवेशीलाई नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकास श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल लगायतले खादा अबिर लगाएका नेकपा एमाले प्रवेश गराउनुभएको थियो । सोही भेलालले कुल प्रसाद पौडेलको अध्यक्षतामा ४७ सदस्यीय बस्यालटोल, चिलियाथुम टाकुरा टोल कमिटिको गठन गरेको छ ।
उपाध्यक्षमा देबी खनाल, महिला उपाध्यक्षमा शान्ता पाण्डे, सचिवमा ज्ञानबहादुर मुखिया, उपसचिवमा भेषराज बस्याल, कुशल बस्याल, नरेन्द्र बस्यालक र सदस्यहरुमा खिमानन्द खनाल, तिलकराम पौडेल, सोनु केसी चुदाली, लक्ष्मी पाण्डे, हिरा मुखिया लगायतका रहनुभएको छ । यस्तै सदस्यमै साबित्रा पाण्डे, माधव बस्याल, गोमा बस्याल, मेखबहादुर मुखिया बुद्धिराम पौडेल, डिलाराम खनाल शालिकराम खनाल लगायतका रहनुभएको छ ।
भेलाले शोभाखर बस्यालको संयोजकत्वमा बिष्णु पाण्डे, खिमबहादुर बस्याल, चुडामणि पौडेल लगायतका रहेको सल्लाहकार समिति समेत गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधी जनताको शासक भएपनि शोसकको रुपमा प्रस्तुत भएको भन्दै जनताले आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ, उपसचिव हिरा बिसी, वडा कमिटि सदस्यहरु पार्वता श्रेष्ठ, धुर्व पौडेल, कमल पौडेल, रामबहादर पाण्डे, भिमबहादुर नेपाली, कृष्ण श्रेष्ठ, माया नेपाली, मिना नेपाली, ललिता नेपाली, मानबहादुर पाण्डे, नरबहादुर नेपाली, उजेला नेपाली लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा युवासंघ जिल्ला कमिटि सदस्य अमृत श्रेष्ठ, टमकला नेपाली लगायतले मन्तव्य राख्दै एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो ।
कार्यक्रम टोल कमिटिका संयोजक ज्ञानबहादुर मुखियाको अध्यक्षता र वडा कमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुलन्द न्युज
टोल टोलमा संगठन, घर घरमा एमाले जन भन्ने मूल नाराका साथ नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा सन्धिखर्क १२ मा झेडी सल्लिकोट पोखराचौर टोललाई समेटेर टोल कमिटिको भेला सम्पन्न भएको छ । झेडी, सल्लिकोट, गैलीकोट, परालीखर्क र पोखराचौरलाई समेटेर नारायाण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय टोल कमिटिको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा देबीलाल नेपाली, महिला उपाध्यक्षमा फूलमाया नेपाली, सचिवमा सपना पौडेल, उपसचिवहरुमा मीना पाण्डे र रामबहादुर पाण्डे लगायतका रहनुभएको छ । यस्तै सदस्यहरुमा निक्कु नेपाली, पुतला नेपाली, आनन्द श्रेष्ठ, बुदकला नेपाली लगायतका रहनुभएको छ । टोल कमिटिको सल्लाहकारमा मानबहादुर पाण्डे, बुद्धि बहादुर नेपाली, नामबहादुर नेपाली, बिजुला नेपाली, कुन्ता नेपाली, टमकला नेपाली, शान्ता पौडेल र नेत्रला श्रेष्ठ लगायतका रहनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटि सचिवालय सदस्य तथा वडा कमिटि इन्चार्ज मधुकुमार श्रेष्ठले सन्धिखर्क १२ मा कांग्रेसका पाँच बर्षे कार्यकाल तानासाही र जनतालाई सास्ती मात्रै भएको बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधी जनताको शासक भएपनि शोसकको रुपमा प्रस्तुत भएको भन्दै जनताले आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, नगरकमिटि सदस्य कृष्ण बहादुर नेपाली, ललिता कुवँर, वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उपसचिव हरी श्रेष्ठ, उपसचिव हिरा बिसी, वडा कमिटि सदस्यहरु पार्वता श्रेष्ठ, धुर्व पौडेल, कमल पौडेल, रामबहादर पाण्डे, भिमबहादुर नेपाली, कृष्ण श्रेष्ठ, माया नेपाली, मिना नेपाली, ललिता नेपाली, मानबहादुर पाण्डे, नरबहादुर नेपाली, उजेला नेपाली लगायतले बोल्दै कांग्रेसले सन्धिखर्क १२ मा पराजयको मानसिकनले जनतालाई दुख दिने गलत प्रबृति देखाएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा युवासंघ जिल्ला कमिटि सदस्य अमृत श्रेष्ठ, टमकला नेपाली लगायतले मन्तव्य राख्दै एमाले प्रतिको देशव्यापी जनलहर श्रृजना भएकोले वडा, पालिका र संघ प्रदेशमा एमाले बिजयी हासिल हुने बक्ताहरुको भनाई थियो ।
उक्त टोल कमिटिको सल्लाहकारमा मानबहादुर नेपाली, नेत्रलाल श्रेष्ठ, बुद्धिबहादुर नेपाली, नामबहादुर नेपाली, बिजुला नेपाली, कुन्ता नेपाली, टमकला नेपाली र शान्ता नेपाली लगायतका रहनुभएको छ । टोल कमिटिका देबीलाल नेपालीको अध्यक्षता, नगरकमिटि सचिवालय सदस्य तथा वडा इन्चार्ज मधुकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा वडा कमिटिका सचिव बसन्त श्रेष्ठको अध्यक्षता रहेको थियो ।












































.jpg)



