बुलन्द न्युज
अर्घाखाँची/छ्त्रदेव
यस बर्षको राष्ट्रपति रनिङ सिल्डको उपाधी दोस्रो पटक पनि सरस्वती मा बि सुर्यथुमले जितेको छ । छत्रदेव गाउँपालिकाको आयोजना र सरस्वती मा वि सुर्यथुमको सह-आयोजनामा यहि मिति २०८० पुस १९-२१ सम्म छत्रदेव रंगशालामा सम्पन्न भएको छत्रदेव गाउपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्डमा कुल ३० स्वर्ण ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा सरस्वती मा वि सुर्यथुमले ९ स्वर्ण ४ रजत ४ कास्य सहित प्रथम, ७ स्वर्ण ११ रजत र ३ कास्य सहित महेन्द्र बिद्याबोध नेत्रलाल राममणी मा वि बल्कोट द्वितीय र ६ स्वर्ण २ रजत ७ कास्य सहित जनकल्याण मा वि तारुभतेरा तृतीय भएका छ्न ।
३ दिन सम्म चलेको प्रतियोगितामा ८ स्कुलका ३०० खेलाडी विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स गरेर ३० बिधामा प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई र खेलाडीलाई पालिका अध्यक्ष, शिक्षा अधिकृत लगाएतका अतिथिले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । अब यस प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन सन्धिखर्क जाने छन ।


बसन्त श्रेष्ठ, अर्घाखाँची
जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका नवनियुक्त अध्यक्ष भोजबहादुर गन्दर्भ लगायतका पदाधीकारीहरुले पदभार ग्रहण गर्नुभएको छ । सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधीकारीले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण कार्यक्रममा प्रमुख अथिति समेत रहुनुभएका नेकपा एमाले सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले नवनियुक्त खेलकुद विकास समितिले खेलक्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । सन्धिखर्क अस्पताल विकास समितिका अध्यक्ष समेत रहुनभएका भुसालले खेल क्षेत्र राष्ट्र र स्वास्थ्य दुबैको लागि अपरिहार्य पक्ष भएको भन्दै खेलक्षेत्रका पुर्वाधार निर्माणसँगै खेलप्रतिको मोह बढाउनुपर्ने बताउनुभयो ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य गोबिन्द भुसालले अर्घाखाँची जिल्लामा खेलकुदको विकासका लागि सबै पक्ष तथ क्षेत्रसँग समन्वय गर्नुे बताउनुभयो । भुसालले प्रदेशका सबै जिल्लाहरुमा हालको समितिले रचनात्मक कार्यगर्ने तयारी भैरहेको पनि जानकारी गराउनुभयो ।

नवनियुक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजबहादुर गन्दर्भले आफु नेतृत्वको खेलकुद विकास समितिले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष गन्दर्भले विगतको कमि कमजोरीलाई नदोराइ समन्वयात्मक तबरले खेल क्षेत्रका गतिबिधीलाई तिब्रता दिने बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क २ का वडाध्यक्ष तथा पूर्व खलेकुद विकास समितिका अध्यक्ष मोतिजंग रायमाझी, तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिष्णु परियार, सामुदायिक वन पैदावार महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, गैसस महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारी लगायतले नवनियुक्त कार्यसमितिलाई सफल कार्याकालको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
समितिको उपाध्यक्षमा प्रकाश बस्नेत, कोषाध्यक्षमा ज्ञानु घिमीरे, सदस्यहरुमा शिब शाहा, गिरी खनाल, राजु पन्थी, ऋषिकेश भट्टराई, सकुन्तला अधिकारी र सविता आचार्य लगायतले पदभार ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा खेलकुद विकास समितिका निवर्तमान कार्यबाहक अध्यक्ष बलबहादुर रानाभाटको अध्यक्षता, निवर्तमान सदस्य तथा मालारानी गाउपालिका ८ का वडाध्यक्ष नरेन्द्र कुमार बस्नेतको स्वागत मन्तब्य र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे (जनक) को सञ्चालमा सम्पन्न भएको थियो ।
बुलन्द न्यूज
स्वस्थका लागि खेलकुद, राष्टका लागि खेलकुद सवैका लागि खेलकुद प्रत्येक स्थानीय तहमा एक खेल ग्राम अन्तरगत आज जिल्ला समन्वय समिति अर्घाखाँचि र जिल्ला खेलकुद विकास समितिबाट बराहथान खेल मैदान मालारानी ६, अर्घाखाँचीकोको निरिक्षण गरेको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा उप प्रमुख ऋषि पुलामी जि.खे.वि.स. नि.ब. सदस्य बल बहादुर रानाभाट, जि.स.स. नासु विनोद कुवर र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले बराहाथान खेलमैदानको निरीक्षण गर्नु भएको छ । आ.व. २०७६–०७७को यो योजाना असार मसान्तमा सम्पन्न भएको भएपनि लगातारको वर्षको कारणले स्थलगत निरीक्षण तथा अनुगमन हुन सकेको थिएन । मालारानी गाउपालिकाको सवैको पाएक पर्ने यो खेल मैदानमा सुविधा सम्पन्न खेलमैदान बनाउन गाउपालिका नै लाग्नुपर्ने देखिन्छ ।


अर्घाखाँची जिल्लामा छ बटा स्थानीय निकाय अन्त्रगत यो आ.व. २०७६–०७७ मा ३ बटा योजनाहरु जिल्ला खेलकुद विकास समितिबाट सम्पन्न भएका छन् भुमिकास्थान नगरपालिका वडा नं. १० धनचौरको आरीचौर, मालारानी गा.पा.को वडा नं. ६ बराहथान र सन्धिखर्क नगरपालिका टुडिखेलमा योजना सम्पन्न भएको छ । आगामि आ.व. मा सम्पूण स्थानीय तहहरुमा खेलमैदान निर्माण गर्ने योजना रहेको कुरा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे बताउनु भयो । अर्घाखाँची जिल्लामा हाल आयर खेल प्रति चासो बढ्न लागेको र प्रत्येक स्थानीय खेल मैदान निर्माण गर्ने कार्या भईरहेको छ ।
गणाेष खनाल
बुलन्द, अर्घाखाँची
गाैरी सङकर बोडिङ स्कुल सन्धिखर्क अर्घाखाँची को साता ब्यापी खेलकुद प्रतियोगिता तथा पुरस्कार बितरण समारोह आज देखी सन्धिखर्कमा शुरु भएको छ ।
समारोहको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । उढ्घाटन मन्तव्य राख्दै नगर प्रमुख भुसालले राज्यको निती नियमका कारण निजी क्षेत्रका विद्यालयलाई प्रयाप्त सहयोग गर्न गारो भईरहेको बताउनुभयो ।
उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा उपसचिव युगल नारायण बसेल शिक्षा ईकाई प्रमुख मणिराम पराजुली,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण खनाल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसिको अध्यक्षता प्रिन्सिपल गणेस क्षेत्री को स्वागत र शिक्षक शिब बेल्बासेको सन्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका विद्यार्थी तथा अभिभावकलाई पुरस्कार वितरण गरिएको थियो । खेलहरु एक साता सम्म सञ्चालन हुने जनाईएको छ ।
गौरि सङकर बोडिङ स्कुल सन्धिखर्क अर्घाखाँची को साता ब्यापी खेलकुद प्रतियोगिता तथा पुरस्कार बितरण समारोह आज देखी सन्धिखर्कमा शुरु भएको छ ।
समारोहको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । उढ्घाटन मन्तव्य राख्दै नगर प्रमुख भुसालले राज्यको निती नियमका कारण निजी क्षेत्रका विद्यालयलाई प्रयाप्त सहयोग गर्न गारो भईरहेको बताउनुभयो ।
उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा उपसचिव युगल नारायण बसेल शिक्षा ईकाई प्रमुख मणिराम पराजुली,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण खनाल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसिको अध्यक्षता प्रिन्सिपल गणेस क्षेत्री को स्वागत र शिक्षक शिब बेल्बासेको सन्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका विद्यार्थी तथा अभिभावकलाई पुरस्कार वितरण गरिएको थियो । खेलहरु एक साता सम्म सञ्चालन हुने जनाईएको छ ।
बसन्त श्रेष्ठ छापेली
बुलन्द, अर्घाखाँची
इलेक्टेड र सेलेक्टेडको बिचमा बिभिन्न मतभेद भई रहेको खबर आइरहदा छत्रदेब गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीबिच महाभिडन्त भएको छ । तर यो भिडन्द मैत्रीपूर्ण क्रिकेट खेलमा मात्रै हो ।
गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीबिच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितमा कर्मचारीले दिएको लक्ष्य पछ्याउन सहजै सकेन ।
जनप्रतिनिधी र कर्मचारीबीच भएको खेलमा ६८ रनको तार्गेट दिएको कर्मचारीले जनप्रतिनिधीको टिमलाई २८ रनमा सिमित राख्यो । ६ ओभरको खेलमा मैत्रीपूर्ण खेलमा जनप्रतिनिधीको टिमबाट गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल र कर्मचारीको टिमबाट प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको कप्तानी गर्नुभएको थियो ।
यस्तै छत्रदेव गाउँपालिका प्रथम वडा स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वडा नं. २ बल्कोटले वडा नं. ७ भगवती र वडा नं. ६ ठूलापोखराले वडा नं. १ चिदिकालाई पराजित गरेका छन ।
खेलबाट जनप्रतिनिधी कर्मचारीको बिचमा आपसी सौहादर्ता बढाएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । ग्रामीण तथा शहरी क्षेत्र सबै तर्फ क्रिकेट प्राित युवाहरुको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडा स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट युवाहरु विच आपसी सदभाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिनु भयो ।
शहर बजार र तराईमा मात्र खेलिने क्रिकेट खेल प्रति युवाहरुको आकर्षण बढेपछि छत्रदेव गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगीता आज देखि शु्रु भएको छ । पालिका भित्रका ८ वटै वडाको सहभागिता रहेको क्रिकेट प्रतियोगीताको आज भव्य समारोहका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्धाटन गर्नु भयो । उद्धाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितका प्रमुख पिताम्बर शर्माले युवा पुस्ताहरुको पहिलो रोजाई बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
मैत्रीपूर्ण खेलले कर्मचारी र जनप्रतिनिधीमा सौहादर्ता बढेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । प्रतियोगीतामा बिजेताले नगद ४० हजार, , उप बिजेताले नगद २५ हजार र तेस्रो हुनेले १५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।
शनिवारको पहिलो खेल बिहान ठीक ९ः३० बजे देखी वडा नं. ७ भगवती र वडा नं. १ चिदिका बिच तृतीय स्थानका लागि हुनेछ । दिउसो १२ः०० बजे पछि फाईनलको महाभिडन्त वडा नं. २ बल्कोट र वडा नं. ६ ठूलापोखरा बिच हुने सामाजिक विकास समिति संयोजक तथा ६ नम्बर वडाका वडाध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो ।
बुलन्द, न्युज
शहर बजार र तराईमा मात्र खेलिने क्रिकेट खेल प्रति युवाहरुको आकर्षण बढेपछि छत्रदेव गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगीता बुधवार देखि शु्रु भएको छ ।
पालिका भित्रका ८ वटै वडाको सहभागिता रहेको क्रिकेट प्रतियोगीताको भव्य समारोहका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्धाटन गर्नु भयो । उद्धाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितका प्रमुख पिताम्बर शर्माले युवा पुस्ताहरुको पहिलो रोजाई बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
ग्रामीण तथा शहरी क्षेत्र सबै तर्फ क्रिकेट प्राित युवाहरुको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडा स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट युवाहरु विच आपसी सदभाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिनु भयो ।
प्रतियोगीतामा बिजेताले नगद ४० हजार, , उप बिजेताले नगद २५ हजार र तेस्रो हुनेले १५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।
उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , वडा अध्यक्षहरु प्रकाश पन्थी, राजेश पनथी, तेज प्रसाद खनाल, अशोक कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, शोभाखर पाण्डे, राजकुमार श्रेष्ठ, जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेस भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता र वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
बिजय माध्यमिक बिद्यालय, भूतपूर्व बिद्यार्थी समाज, ११ नम्बर वडा कार्यालय र श्रृजनशील नेवा समुह डिभर्नाले संयुक्त रुपमा सम्मान
बसन्त श्रेष्ठ छापेली
१३ औँ दक्षिण यसियाली खेलकूद साग अन्र्तगत तेक्वान्दोमा स्वर्ण पदक बिजेता कलम श्रेष्ठलाई सम्मान गर्ने संघ संस्थाहरुको ओइरो लागेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्ना स्थायी घर भएका श्रेष्ठलाई पूर्व बिद्यार्थीको रुपमाबिजय माध्यमिक बिद्यालय, भूतपूर्व बिद्यार्थी समाज, ११ नम्बर वडा कार्यालय र श्रृजनशील नेवा समुह डिभर्नाले संयुक्त रुपमा सम्मान गरेको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गरेका श्रेष्ठ र बुबाआमालाई बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बिद्यालय प्राचार्य भुपाल खनालकोको अध्यक्षता र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ११ नम्बर वडा अध्यक्ष धुर्वराज आचार्यको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति आचार्यले श्रेष्ठले पाएको पदकले जिल्लाको गौरव बढेको भन्दै खेलक्षेत्रमा प्रयाप्त लगानी गर्ने बताउनुभयो । सम्मान कार्यक्रममा वडा सचिव पुस्करनाथ आचार्य, पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष जीवलाल श्रेष्ठ, श्रृजनशील नेवा समुहका श्रृजना श्रेष्ठ, पत्रकार महासंघका बसन्त श्रेष्ठले मन्तब्य राख्दै खेलकूदमा क्षेत्रबाट कमल श्रेष्ठले जिल्लाकै पहिचान कायम गरेको बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष जीवलाल श्रेष्ठले स्वर्ण पदक बिजेता कमल श्रेष्ठको छोरी रिया श्रेष्ठलाई सोही बिद्यालयमा अध्ययन गर्दा लाग्ने सबै शुल्क ब्याहोर्न घोषणा समेत गर्नुभयो ।
यस्तै ज्ञान प्रकाश माध्यमिक बिद्यालयले पनि सम्मान गरेको प्राचार्य सूर्यबहादुर खनालले जानकारी दिनुभयो ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले स्वर्ण पदक बिजेता कमल श्रेष्ठलाई नगद रू २५ हजार सहित सम्मान गरेको छ ।
सन्धिखर्क नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले श्रेष्ठलाई नगद रू २५ हजार सहित सम्मान गरेका हुन् ।
यसअघि हिजो सन्धिखर्क नगरपालिका –१२, डिभर्ना स्थायी घर भएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजा सहित सम्मान गरिएको थियो । दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई अर्घाखाँचीबासीले भव्य स्वागत गरेका थिए ।
उनले तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समुहगत विधामा कास्य पदक जितेका थिए । उनलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सदरमुकाम सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फुलमाला, अबिर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका थिए ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै सम्मान पत्र, खादा र फूलमालाले सम्मान गरेका थिए ।
यस्तै लंका यातायात प्रा. लि. ले स्वर्ण पदक बिजेता नेपाल प्रहरीका प्रहरी जवान कमल श्रेष्ठको लागि आजीवन यातायात निशु:ल्क गर्ने घोषणा गरेको छ। नेपाल प्रहरीका श्रेष्ठले पुम्सेमा संवरण र सामुहिक तेक्वान्दाेमा कास्य पदक जित्नुभएकाे हाे ।
बाजा गाजा सहित सन्धिखर्क देखि डिभर्नामा सम्म ¥याली
बसन्त श्रेष्ठ छापेली
१३ औँ दक्षिण यसियाली खेलकुद तेक्वान्दो पुम्सेमा स्वर्ण पदक बिजेता कमल श्रेष्ठलाई जिल्लामा भब्य स्वागत गरिएको छ । सन्धिखर्क नगरपालिका १२ डिभर्ना डाडा घर भई हाल नेपाल पुसिल क्लव काठमाण्डौमा कार्यरत श्रेष्ठले सागमा २३ देखि २९ वर्ष को पुम्सेमा स्वर्ण पदक जितेका थिए । श्रेष्ठले तेक्वान्दोकै समुहगत बिधामा कास्य पदम समेत हात पारेका हुन ।
कमल श्रेष्ठ गृह जिल्ला अर्घाखाँची आएसँगै जिल्लामा सम्मान र स्वागत गर्नेको ओइरो लागेको हो । आइतवार जिल्लामा डिभर्ना सनपा १२ का स्थानीय तथा खेल प्रेमीले स्वागत गरेका थिए ।
अर्घाखाँची उद्योग बाणिज्य संघ र त्रिशक्ती युवा क्लबले कमल श्रेष्ठलाई सम्मान सहित सन्धिखर्क बजारमा बाजा गाजा सहित बजार परिक्रमा गराएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ जिल्ला अध्यक्ष युवराज श्रेष्ठ लगायतले श्रेष्ठलाई स्वागत सहित सम्मान गरेको हो ।
त्यस्तै सन्धिखर्क नगरपालिका १२ झेडीमा त्रिशक्ती युवा क्लब र नेपाल मिडिया नेतवर्कले भब्य सम्मान गरेको छ । कार्यक्रममा क्लवका संरक्षक नारायण प्रसाद श्रेष्ठ, अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल मिडिया नेटवर्कका अध्यक्ष बसन्त श्रेष्ठ, खेल प्रशिक्षक रामबहादुर बि.क लगायतले श्रेष्ठको बिजयले सिंगो नेपाल, प्रदेश ५ र जिल्लाको गौरव बढेको बताएका थिए ।
यस्तै जिल्ला तेक्वान्दो महासंघ र लंका यातायात प्रालीले पनि सम्मान गरेको छ । कार्यक्रमा सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष युवराज बञ्जाडे, संघका अध्यक्ष बिष्णु परियार, लंका यातायातका कृष्णप्रसाद भुसाल लगायतले सम्मान गर्दै खेलकुदले नेपालको शिर उचो भएको बताउनुभएको थियो । यस्तै कमल श्रेष्ठलाई लंका यातायातले आजीवन यातायात क्षेत्रमा निशुल्क यात्रा गर्न दिने निर्णय समेत गरेको छ ।