प्रचण्डले ४ महिनासम्म तास फिटेर बस्नुभयो ;एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले चार महिनामा संविधान संशोधनको लागि एउटा पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ । काठमाडौंमा अनेरास्ववियु र युवासंघले गरेको कार्यक्रममा ओलीले भन्नुभयो, ‘प्रचण्ड प्रधानमन्त्री भएको अबको १० दिनमा ४ महिना हुनेरहेछ, ४ महिनासम्म उहाँले तास फिटेजस्तो कुरामात्रै फिट्नुभयो कुनै काम भएन ।’  Image result for kp ओली
        माओवादी र मधेसवादी दलप्रति निकै आक्रोशित ओलीले चुनाव गर्ने कानुन पनि नबनाएर सरकारले चुनावलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । ओलीले संविधान संशोधनको नाममा एमालेलाई समावेशी र संघीयता विरोधी भनेर भ्रम फैलाउने काम भैरहेको पनि बताउनुभएको छ । अहिले संविधान संशोधनको नाममा देश टुक्राउने खेल भैरहेको भन्दै अध्यक्ष ओलीले कुनै पनि हालतमा त्यो सफल हुन नदिने बताउनुभयो । ओलीले देशको स्वाभिमानप्रती एमाले प्रतिबद्ध भएकाले नाजायज कुराको लागि सम्झौता नगर्ने दावी गर्दै संविधान संशोधन खोज्नेले नै औचित्य पुष्टी गर्न नसकेको बताउनुभयो

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस