कोरोना महामारीमा सरोकारवालाको भूमिका प्रसंशनीय : नागरिक समाज

सागर परियार 
९ श्रावण २०७७
बुलन्द न्यूज








अर्घाखाँची कोरोना महामारीमा जिल्लाका स्थानीय सरकारले खेलेको भूमिका सन्तोषजनक रहेको नागरीक समाज अर्घाखाँचीले निश्कर्ष निकालेको छ । सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालले कोरोना महामारी तथा लकडाउनको अवधीमा जिल्लाका स्थानीय सरकार, जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत संघ, प्रदेश र स्थानीय सरकारका सम्यन्त्रहरुको भूमिका प्रसंसनीय भएको निश्कर्ष निकालिएको हो ।      
   सिमित श्रोत साधनका बाबजुध पनि स्थानीय सरकारले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । बैठकमा गैसस महासंघका जिल्ला अध्यक्ष ठाकुरप्रसाद अधिकारीले स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टाइन तथा आइशोलेसनहरु नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनलेको मापदण्ड अनुसार नभएपनि स्थानीय स्तरमा उपलब्ध श्रोत साधनहरुको समचित प्रयोग गरिएको पाइएको बताउनुभयो ।
 पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले कोरोना स्थानीय सरकारका लागि मात्रै नभई विश्वजगतको लागि नै नयाँ परीक्षण रहेको भन्दै कोरोना महामारीलाई कम गर्न महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
      कार्यक्रममा प्रागका शुसिला गैरे, दिगो सामुदायिक विकास केन्द्रका चन्द्रा गैरे, लुम्बिनी सामाजिक विकास केन्द्रका हरी पौडेल, दलित उत्थान केन्द्रका कमल वि.क पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, सामुदायिक सञ्चारकर्मी रुद्रमणी भुसाल लगायतले पिसिआर रिपोर्टमा ढिलाई भएपनि व्यवस्थापनमा सरोकारवालको भूमिका प्रसंसनीय भएको बताउनुभयो । 
कार्यक्रममा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका संयोजक फर्सुराम पाण्डेको अध्यक्षता, एकीकृत ग्रामीण विकास समाजका कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस