जिल्ला समन्वय र खेलकुद विकास समिति अर्घाखाँचीद्धारा खेलमैदान निरीक्षण
बुलन्द न्यूज
स्वस्थका लागि खेलकुद, राष्टका लागि खेलकुद सवैका लागि खेलकुद प्रत्येक स्थानीय तहमा एक खेल ग्राम अन्तरगत आज जिल्ला समन्वय समिति अर्घाखाँचि र जिल्ला खेलकुद विकास समितिबाट बराहथान खेल मैदान मालारानी ६, अर्घाखाँचीकोको निरिक्षण गरेको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा उप प्रमुख ऋषि पुलामी जि.खे.वि.स. नि.ब. सदस्य बल बहादुर रानाभाट, जि.स.स. नासु विनोद कुवर र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले बराहाथान खेलमैदानको निरीक्षण गर्नु भएको छ । आ.व. २०७६–०७७को यो योजाना असार मसान्तमा सम्पन्न भएको भएपनि लगातारको वर्षको कारणले स्थलगत निरीक्षण तथा अनुगमन हुन सकेको थिएन । मालारानी गाउपालिकाको सवैको पाएक पर्ने यो खेल मैदानमा सुविधा सम्पन्न खेलमैदान बनाउन गाउपालिका नै लाग्नुपर्ने देखिन्छ ।
अर्घाखाँची जिल्लामा छ बटा स्थानीय निकाय अन्त्रगत यो आ.व. २०७६–०७७ मा ३ बटा योजनाहरु जिल्ला खेलकुद विकास समितिबाट सम्पन्न भएका छन् भुमिकास्थान नगरपालिका वडा नं. १० धनचौरको आरीचौर, मालारानी गा.पा.को वडा नं. ६ बराहथान र सन्धिखर्क नगरपालिका टुडिखेलमा योजना सम्पन्न भएको छ । आगामि आ.व. मा सम्पूण स्थानीय तहहरुमा खेलमैदान निर्माण गर्ने योजना रहेको कुरा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे बताउनु भयो । अर्घाखाँची जिल्लामा हाल आयर खेल प्रति चासो बढ्न लागेको र प्रत्येक स्थानीय खेल मैदान निर्माण गर्ने कार्या भईरहेको छ ।









0 comments
तपाइको प्रतिक्रिया दिनुहोस