मालारानी गाउँपालिका खनदह अर्घाखाँचीको अनुरोध
१ कोरोना भाईस कोभिड १९ बाट बच्न साबुन पानीले पटक–पटक हात धोऔ, सेनेटाईजर प्रयोग गरौँ,सामाजिक,भौतिक दुरि कायम राखौँ, सकभर भिडभाडमा नजाऔ, माक्स प्रयोग गरौँ ।
२. बर्षादको समयमा सरुवा रोगको संक्रमण हुन सक्छ अतः खानपान, ब्यक्तिगत सरसफाईमा ध्यान दिउँ र घर वरिपरिको वातावरण सफा राखौँ ।
३. जन्म,मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना ३५ दिन भित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔँ ।
४. खानेपानीको मुहान सफा राखौँ, सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानिको विकास गरौँ ।
५.विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाऔ
६. बालबिवाह सामाजिक अपराध भएकोले २० बर्ष उमेर पुगेपछिमात्र बिहे गरौ गराऔ ।
७. आफनो समुदाय र बिधालय लाई बालमैत्री बनाउ ।
८.आफनो पाएक पर्ने स्थानको सडकको छेउछाउमा घाँस तथा अन्य बिरुवाहरु रोपी हरीयाली प्रवद्धन गरौ ।
९. बिभिन्न धार्मिक तथा पर्यटक स्थलहरुको संरक्षण गरि प्रवद्धनमा टेवा पुराऔ ।
१०. गर्भवती महिलाहरुले स्वाथ्य संस्थामै गएर दक्ष स्वास्थ्यकर्मिवाट प्रसुती गराई आमा र बच्चालाई जोखिमवाट बचाऔ ।
११. सडकमा जथावावी पानी बग्न नदिई सडकको संरक्षण गरौ साथै भलको उचित ब्यवस्थापन गरौ ।
बालकृष्ण आचार्य प्रमिला क्षेत्री बिष्णु घर्ती
अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
अनुराेधक
मालारानी गाउँपालिका खनदह अर्घाखाँची


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस