वास्तबिक किसानलाई प्रोत्साहन गर्दा वडाकार्यालयमा ताला लगाइयो : वडाध्यक्ष पाण्डे

बुलन्द न्यूज
अर्घाखाँची

छत्रदेब गाउँपालिका वडा नं ७ भगवतिमा वास्तबिक किसानलाई प्रोत्साहन गर्दा ताला लगाएको वडाध्यक्ष शोभाखर पाण्डेले बताउनुभएको छ ।  वडाध्यक्ष पाण्डेले प्रदेश सरकारले दिएको अनुदान तथा राहतलाई वास्तबिक किसानलाई दिदा कृषि पेशाप्रतिको आत्मनिर्भरता बढ्ने भएकोले कोभिड कृषि कार्यक्रममा सोही बमोजिम गरिएको भएपनि कांग्रेस कार्यकर्ताले वडाकार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो । 
वैदेशिक रोजगारीबाट घर फर्केका, पुन वैदेशिक रोजगारीमा जान नपाएका, परिवारमा कुनै सदस्य वैदेशिक रोजगारिमा नगएका, कोरोनाको चपेटामा परि आर्थिक स्रोत कमजोर भएकालाई वडा नम्बर ७ ले मापदण्ड बमोजिम किसानहरुको पहिचान गरेको भन्दै पाण्डेले व्यक्तिगत रिषीबी र पूर्वाग्रहका आधारमा तालाबन्दी गरिएको बुलन्द न्यूजडटकमलाई जानकारी दिनुभयो ।
७ नं वडा भगवति पालिकाको सबैभन्दा कृषिका लागि पकेट क्षेत्र हो । सोही वडाका लागि ३३ जनालाई राहत तथा प्रोत्साहन स्वरुप  ६ लाख ६० हजार रुपैँया विनोयजन भएको थियो ।
वडा अध्यक्षले आफुखुसि पैसा वितरण गरेको भन्दै कांग्रेस वडा समितिको आरोप छ । ।
‘कोभिड कृषी’ कार्यक्रम अन्तर्गत वडामा छ लाख ६० हजार रुपैँया विनोयजन भएकोमा रकमको दुरुपयोग भएको भन्दै वडा कार्यालयमा ताला लगाएको वडा सभापती शेभाखर न्यौपानेले बताउनुभयो ।
T
वडा अध्यक्ष शोभाखर पाण्डेेेले नियोजित रुपमा राजनिती गर्न खोजिएको दोहोराउनुभयो । अन्य हरेक विषयमा सबैलाई बोलाएर निर्णय गरिएको भन्दै उनले बिषम परिस्थितीमा सार्वजनिक भेला गर्न असहज भएकाले यो विषयमा जानकारी गराउन नसकेको बताउनुभयो  ।

वडा सदस्य गाेपाल मरासिनीले वडाबाट कुनै व्यक्ति तथा समुदायलाई विभेद नगरिएकाे बताउनुभयाे । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस