छत्रदेब गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा बिद्युतीय हाजिरी राखिने
दिपेन्द्र श्रेष्ठ
बुलन्द अर्घाखाँची
छत्रदेब गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा बिद्युतीय हाजिरी राखिने भएको छ । गाउँपालिकाको हाल रहेको शैक्षिक गुणस्तर र शिक्षकको नियमित उपस्थिती कायम गर्न गाउँपालिकाभरका सामुदायिक बिद्यालयमा इ–हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत साझदारी मञ्चको बैठकमा गाउँपालिका अध्यक्ष लेखनाथ पाख्रेलले आगामी एक महिना भित्र सबै बिद्यालयमा बिद्युतीय हाजिरी प्रबिधि लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । पाख्रेलले गाउँपालिकाले मानिसका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई मध्यनजर गरी सुशासन र जवाफदेहितालाई आत्मसाथ गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सम्बेदनशील रहेको भन्दै स्वास्थ्य क्षेत्रका समस्याहरु क्रमैसँग समाधान गर्दै आएको बताउनुभयो ।

उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले पारष्परिक जवाफदेहिता र सुशासन अहिलेको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वडा तहबाट आएका सुझावहरुलाई गाउँपालिकाले सकारात्मक रुपमा लिएको बताउनुभयो । भुसालले गाउँपालिकामा सुशासन, जवाफदेहिता र पारदर्शीताको कमी हुन नदिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य संयोजक विश्वदेब न्यौपाने, शिक्षा अधिकृत गिरीराज पाण्डे लगायतले उठेका बिषयगत सवालको बारेमा प्रकाश पार्नुभएको थियो ।
साझेदारी मञ्च बैठकमा १० देखि ५ बजेसम्म सञ्चालनका लागि स्वास्थ्य चौकीलाई परिपत्र गर्ने, औषधीको नामावली नेपालीमा राख्ने र प्रयोग शाला सहितको सहितको सेवा सञ्चालनका लागि पहल गर्ने निर्णय भएको हो । संस्थाका अध्यक्ष हृदयकुमार भुसालले कार्यक्रमको बिषयवस्तु माथि प्रकाश पारेको कार्यक्रममा बसन्त श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस