नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिद्धारा वडाअध्यक्ष र सचिवको सपथग्रहण

सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको नेकपा प्रदेश सदस्य आचार्यको भनाई 
बसन्त श्रेष्ठ ‘छापेली’
१४ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी  ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको बताउनुभएको छ । 
Image may contain: 2 people, people sitting and indoorनेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिले आयोजना गएको वडा अध्यक्ष तथा वडासचिवलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गदै ५ नम्बर प्रदेश सभा सदस्य समेत रहनुभएका आचार्यले सरकारले जतैसुकै राम्रा काम गरेपनि बिरोध गर्ने गलत परिपाटी नेपाली कांग्रेसमा हाबी भएको बताउनुभयो । सन्धिखर्क नगरकमिटिका १२ वटै वडाका वडाध्यक्ष तथा १, २ र ३ का वडा सदस्यहरुलाई सपथग्रहण गराउदै उहाँले नेकपाको एकताले विश्वको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपिएको पनि बताउनुभयो । 
Image may contain: Thakur Kumar BK, smiling
Image may contain: 6 people, indoor
नेकपा ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बि.क किशोरले टोल टोलमा संगठन निर्माण गरी संगठनका गतिबिधीलाई तिब्र पार्न नवनिर्वाचित वडाअध्यक्ष तथा वडा सचिवहरुलाई आग्रह गर्नुभयो । सन्धिखर्क नगर उप–प्रमुख समेत रहेका उहाँले नगरपालिकामा हुने विकास निर्माण र त्यसको प्रभावकारीतामा कार्यकर्ताले रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सभा सदस्यहरु पिताम्बर भुसाल, तोजबहादुर रायमाझी बिधान र सबै वडाअध्यक्षको तर्फबाट लक्ष्मण पराजुली लगायतले मन्तब्य राख्दै पाटीको नीति, बिधी र आचरणमा रहेर काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । 
कार्यक्रम नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिब अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बाँकी रहेका वडासदस्यहरुको सपथग्रहण आगामी असार १८ गते भित्र सम्पन्न गरिसक्ने नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । 



, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस