किसानलाई व्यावसायीक बन्न सन्धिखर्क नगर उप प्रमुख बिकको आग्रह

सन्धिखर्क ११ डिभर्नामा किसानलाई बोका र कृषि सामग्री हस्तान्तरण

सन्धिखर्क नगरपालिका उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले किसानहरुलाई व्यवसायीक उत्पादन मुखी बन्नुपर्नेमा जोड दिनुभएको छ । निर्वाह मुखी उत्पादनले नगरपालिकाको मागलाई धान्न कठिन हुने भन्दै उप–प्रमुख बि.कले समय सुहाउदो उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गर्नुभएको हो ।
Image may contain: 3 people, people smiling, people sitting, people standing, dog and indoor
 सन्धिखर्क नगरपालिका ११ नम्बर वडा डिभर्नाले आयोजना गरेको कृषि सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले नगरपालिकामा आवश्यक उपभोग्य वस्तुहरु नगरभित्रनै उत्पादन गर्न सके दीगो विकासको लक्ष्य हासिल हुने पनि बताउनुभएको हो । 
Image may contain: 5 people, people standing and people sitting
कार्यक्रममा वडाध्यक्ष धुर्वराज आचार्यले ११ नम्बर वडाका कामलाई सर्बोत्कृष्ट बनाउने गरी योजना निर्माण गरिएको बताउनुभयो । आचार्यले वडा कार्यालयले किसानहरुलाई उत्साह दिन मौरीका आधुनिक घार, टनेल तथा बोयर बोका बितरण गरिएको भन्दै कम लगानीमा बढि उत्पादनमा हुने खालको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 
Image may contain: 7 people, people smiling, people standing
कार्यक्रममा नेकपाका नेता माधव खनाल, नेपाली कांग्रेसका नेता खडानन्द आचार्य लगायतले बोल्दै वडा कार्यालयले गरेको उल्लेखनीय कामको प्रसंसा गर्नुभएको थियो । 
Image may contain: 7 people, people smiling, people standing
वडा कार्यालयले किसानहरुलाई ७० वटा मौरीका आधुनिक घार, ४० वटा प्लाष्टिक टनेल र ६ वटा बोयर जातका बोका हस्तान्तरण गरेको छ । कार्यक्रम वडाध्यक्ष धुर्वराज आचार्यको अध्यक्षता, वडा सचिव पुस्करनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 
Image may contain: 6 people, people smiling, people sitting and people standing

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस