नेकपामा बहश : वडा कमिटि कस्तो बन्ला ?

सुवास गौतम जेठ १० पाणिनि अर्घाखाँची 
यति बेला नेकपा अर्घाखाँचीले वडा कमिटि गठन गर्ने भनिएको छ  । त्यसै गरि यश पोखराथोकमा वडा कमिटि कस्तो बन्ला भन्ने आम चर्चाको बिषय बनेको छ । पाणिनि २ पोखराथोकमा कांग्रेस बलियो मानिन्छ । किनकि पाणिनि २ का नेपाली कांग्रेसका पाणिनि गा.पा अध्यक्ष पोखराथोक बासी भएको कारण पोखराथोकमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको थियो । 
Image result for नेकपा
पोखराथोकमा तत्कालिन माओवादीले अध्यक्ष पाउने र तत्कालीन एमालेले सजिव पाउने लगभग पक्कापक्कि भएको अधिकांसको बुझाइ छ । पोखराथोकमा अध्यक्षको दावेदार तत्कालीन माओवादिका तार्किक तथा आम जनतामा प्रभाव पार्ने व्यक्ति माधव गौतमको नाम अग्रपंतिमा रहेको श्रोतले जनाएको छ । भने सचिवमा आफु पाटिमा धेरै सकृय भएकोले नेकपा जिल्ला कमिटिले आफुलाइ सचिव पद दिनेमा आशाबादि भएको खुमबहादु सुर्यबंशी बताउँछन् । गौतम गएको स्थानीय तहको निर्वाचनमा १४ मतले पराजित उम्मेदार हुन । गौतमले स्थानीय तहको मत गणना सकिए लगत्तै पाटिको भन्दा नि सहानुभुतिको मत आफुले पाएको प्रतिकृया दिएका थिए । 
गौतम एक अविचलित र समाजसेवी सकृय व्यक्तिको सुचिमा पर्ने अधिकांसको भनाइ रहेको छ । करिब २ दशक भन्दा बढि माओवादिमा रहेका गौतम पाटीमा खरो व्यक्तिका रूपमा आफुले पाएको एक तत्कालीन माओबादिका सकृय सदस्यले बताए । अध्यक्षमा गौतम र सचिवमा सुर्यबंशीलाई छुटाए नेकपा पोखराथोकको भविस्य संकटमा पर्ने र यी दुई मध्ये दुवै अध्यक्ष र सचिव पदका दावेदार छुटे आफुहरू निस्कृयभएर बस्ने र बिकल्प खोज्ने बारेमा आफुहरू पुगेको तत्कालीन नेकपा एमालेका सकृय सदस्यले बताए । पोखराथोकमा दिन भरिका नेकपा साझ परेपछि कांग्रेस हुने प्रथा रहेकोले यी दुवैलाइ अध्यक्ष र सचिव दिए त्यो प्रथाको अन्त्य हुने तत्कालीन माओबादिका नेताको भनाई छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस