जबरजस्ती करणी प्रकरण : अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीको गम्भिर ध्यानकर्षण
अनुसन्धान हुँदै गरेको सवाललाई सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान भएको ठहर
९ जेठ २०७६, अर्घाखाँची
जबरजस्ती करणी प्रकरणमा भएका पछिल्ला कदम प्रति अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले आपत्ती जनाएको छ । महिलाहरुले नै जबरजस्ती करणी गरेको आरोपमा मुद्धा दायर गरी अदालतमा पेश भएको बिषयलाई तीन पुस्ते विवरण खुलाई सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा भएको ठहर गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको अन्तरपार्टी महिला सञ्जालले जनाएको छ ।

नेपालको संविधान २०७२ ले नागरिकका अधिकारहरुलाई ग्यारेन्टी गदै नेपाली नागरिकलाई स्वतन्त्र र सार्वभौम गराएको भन्दै गत वैशाख २६ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ शान्ति वगैचाको होटल क्याराभानमा महिला जवर्रजस्ती करणीमा परेको भनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पिडित महिलाहरुले उजुरी दिएकाले सो बिषयमा निर्वाद रुपमा प्रहरीको अनुसन्धानलाई अगाढि बढाउनुपर्ने अन्तरपार्टी महिला सञ्जालले माग गरेको छ ।
अन्र्तपार्टी महिला सञ्जल अर्घाखाँचीका अध्यक्ष छमकुमारी खनाल ‘चिनारी’, सचिव शुसिला गैरेद्धारा जारी गरिएको प्रेश बिज्ञप्तीमा कुनै महिलाको जिवननै बर्बाद हुने गरि घट्नाहरु बाहिर आईरहेकाले कानुन विपरित हुने अमानवीय कार्यको मुख दर्शक बन्न नसक्ने पनि बिज्ञप्तीमा भनीएको छ ।
सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा
अन्र्तपार्टी महिला सञ्जाल अर्घाखाँचीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कानुन अनुसार छानविन तथा अनुसन्धान गरिरहेको सन्र्धभमा निहित स्वार्थ पुर्वक केहि मानिसहरुले पिडित र पिडितका परिवारलाई विभिन्न खालका दबाव र प्रलोभनमा पारी अनुसन्धानलाई बिथोल्न खोजेकोमा आपत्ती जनाएको छ । व्यक्तिको नाम थर गोप्य नै राखी अनुसन्धान कार्य गराउन पाउने गोपनियता सम्बन्धी पिडितको बैयत्तीक, मौलिक र कानुनी हक रहेको भन्दै गोपनीयताको पक्षलाई ख्याल नै नगरेर पिडितको तिन पुस्ते विवरण खुलाएर महिला माथिको अर्को अपराध थपिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।
‘पिडितको गोपनियताको हक हनन् गरी पिडितलाई सामाजिक रुपमा थप पिडित बनाई सुरक्षामा समेत हस्तक्षेप गरी भ्रामक र झुटो प्रचार फैलाई पिडितलाई उल्टै बयान समेत र्फेन लगाइएको छ, ‘जर्वरजस्ती करणी गरेको हैन भनि झुटा् गैर कानुनी रुपमा पिडितलाई कागज गराउने अमर्यादित कार्यहरु भएकोले यस्ता गैर कानुनी क्रियाकलापले पिडित, पिडितको परिवार र सिङ्गो समाजलाई नै क्षतविक्षत पारेको हुदा त्यस्ता न्यायलय र प्रहरी प्रसाशनसँग सरोकार राख्ने निष्पक्ष अनुसन्धानको विषयलाई सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा भएको हाम्रो ठहर छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
सञ्जालले गैर कानुनी कार्यको घोर भत्र्सना गर्दै यस्ता झुटा र निराधार प्रचारको प्रभावमा नपरी घटित जघन्य अपराधको सुक्ष्म, निष्पक्ष र स्वतन्त्र अनुसन्धानबाट दोषी उपर कानुन बमोजिम कडा कारवाही गरी पिढित लाई पुर्ण न्याय दिलाउन जिल्ला प्रहरी कार्यालयको ध्यानाआकर्षण गराएको छ ।
जबरजस्ती करणी मुद्धाका अभियुक्त अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं १२ निवासी प्रेम बहादुर खड्काबाट घटेको भन्दै यस्ता घटना कुनै नयाँ विषय नभई केवल पात्र मात्र फरक भएको पनि बिज्ञप्तीमा उल्लेख छ । खड्का माथि पटक पटक धैरै महिलाहरुलाई आर्थिक तथा शारिरीक शोषण गरी परिवार नै क्षतविक्षत गराएको घटनाहरु छरपष्ट भएको भन्दै अभियुक्त प्रेम बहादुर खड्कालाई कुनै पनि प्रभावमा नपरी प्रहरीद्धारा निष्पक्ष अनुुसन्धान गरी कानुन अनुसारको कारवाहिको माग गरिएको छ ।
पत्रकार आंचार संहितालाई शिरोधार्य गर्न माग
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले उत्त प्रकरणलाई लिएर केहि अनलाइन मिडिया तथा ब्यक्तीगत अनुहार पुस्तीका अर्थात फेसबुकमा विभिन्न कुराहरु राख्ने र हटाउने जस्ता पत्रकार आंचार संहिता विपरितका कार्य भएको भन्दै गोपनीयताको हकलाई मध्यनजर गर्न पनि माग गरिएको छ । समाजलाई नै भ्रामक सूचना प्रवाह गर्ने जोसुकै व्यक्तीलाई आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई दोषीलाई कानुन बमोजिम कारवाही गर्न समेत माग गर्दछौँ ‘बिज्ञप्तीमा उल्लेख छ ।
उक्त प्रकरणको अनुसन्धानमा रहेकोले कुनै पक्षले पनि अनुसन्धानलाई प्रभावित हुने गरी कुनै क्रियाकलाप नर्गन आग्रह गदै निष्पक्ष, सुक्ष्म र स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई प्रमाणका आधारमा पिडकलाई कानुन बमोजिम कारवाहि र पिडितकाई न्याय दिलाउनको निम्ती सञ्जालले अपिल गरेको छ । यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने घट्नाको अनुसन्धान भैरहेको बताएको छ ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस