डिभर्नामा जनप्रतिनिधी र स्थानीयलाई योजना तर्जुमा सम्बन्धी अभिमुखकीकरण

 योजना छनोट प्रकृयामा आम जनताको सहभागीता बढ्दै
बुलन्द संबाददाता, अर्घाखाँची
७ जेठ २०७६
स्थानीय तहको बजेट योजना छनोट प्रकृयामा आम जनताको सहभागीता बढ्दै गएको गएको पाइएको छ । स्थानीय तहमा योजना छनोट तथा प्राथमिकीकरण महत्वपूर्ण पक्ष भएको भन्दै जनताले योजना छनोटमा चाँसो दिन थालेको पाइएको हो ।
 एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले सन्धिखर्क नगरपालिका ११ र १२ मा डिभर्नामा जनप्रतिनिधी तथा स्थानीय सभाका सदस्यहरुलाई दिइएको योजना तर्जुमा सम्बन्धी अभिमुखकीरण कार्यक्रममा आम नागरिकको सहभागिता बढाउनुपर्ने बताएका हुन । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तथा स्थानीय सभा संयोजक धुर्वराज आर्चायले अघिल्लो वर्ष भन्दा यो वर्ष जनतामा धेरै कुरामा सक्रिय सहभागीता रहदै आएको बताउनुभयो । आचार्यले जनताको चेतनास्तरमा समेत विकास भएको बताउनुभयो । उहाँले जनप्रतिनिधीको कुनै कमजोरी भए सुझाव दिन र राम्रा काममा सहयोग गर्न सवैलाई आग्रह पनि गर्नुभयो ।
सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य हिमकला टमटाले महिलाहरुका योजना माग गर्ने र अधिकारको वारेमा वुझने काम निकै बढेको बताउनुभयो । उहाँले योजना तर्जुमा गर्दा पनि महिला तथा पिछडीएको समुदायलाई मध्यनजर गरिएको बताउनुभयो । 
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसालले सुशासन पारदर्शिता तथा सामाजिक जवाफदेहिताका औजारहरु लगाएतका बिभिन्न क्षेत्रमा गरिएको अभिमुखिकरणले सुशासन प्रवद्धनमा टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका ११ का वडा सदस्यहरु नरेन्द्र आचार्य, बुद्धि कुवँर, नुमा सोमै, पार्वता वि.क, बिजय मा.बि डिभर्नाका प्राचार्य भुपाल खनाल, वडा सचिव पुस्कारनाथ आचार्य, स्वास्थ्य चौकी इन्चार्ज सुवास चन्दसिरपाइली, पशुु प्राबिधिक शारदा श्रेष्ठ, सामाजिक परिचालक सारदा श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
 
कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक अनुसन्धानकर्मी सागर परियार लगायतले सहजीकरण गर्नुभएको थियो । 

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस