अबको यात्रा विकास र आर्थिक सम्बृद्धिः रायमाझी


हृदय कुमार भुसाल
बुलन्द, अर्घाखाँची
नेकपा माओबादी केन्द्रका नेता तथा प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोपबहादुर रायमाझीले अबको यात्रा विकास र आर्थिक सम्बृद्धि भएको बताउनुभएको छ ।  बामगठबन्धनको चुनाव प्रचार अभियान अन्र्तगत आइतवार पाणिनी गाउँपालिको पोखराथोक पटौटी, मैदानका बिभिन्न ठाउँमा चुनावी सभा तथा घरदैलो अभियानलाई सम्बोधन गर्दै संबिधान कार्यान्वयन भैरहेको भन्दै अब मुलुकमा आर्थिक क्रान्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 
अर्घाखाँची जिल्लाका वामगठबन्धनका प्रतिनिधी सभाका साझा उमेदवार टोप बहादुर रायमाझीले, देश बिकास र सबृदि लागी बाम गठबन्धन एक भएको भन्दै रायमाझीले मुलुकमा राजनीतिक परिबर्तन भएपनि आर्थिक, सामाजिक र सास्कृति परिबर्तन हुन नसकेको भन्दै उहाँले मुलुकको आर्थिक सबृद्दिका लागी दृढताका साथ अगाडी बढनुको बिकल्प नएको बताउनु भयो । रायामाझीले निवार्नपछि बन्ने गठबन्दनको सरकारले जनताको परिर्बतनको चाहानालाई पुरा गर्ने र नयाँ सरकारले युवा स्वरोजगार, सामाजिकन्याय र आर्थिक सबृद्दिका कार्यक्रम अघि सारी जनताको जिवनस्तर माथी उकास्ने दावी गर्नुभयो ।
कार्यक्रमका बिशेष अथिती एवम गठबन्धनका प्रदेश सभा उमेदवार रामजी प्रसाद घिमिरेले देशको आमुल परिवर्तनको लागी बाम गठबन्धनका उमेदवाररुलाई दुई तिहाई मतले बिजय गराउन पर्ने बताउनु भयो ।  नेता घिमिरले आफुहरुले बिजय गर्ने कुरा निश्चित भएको हुदा सबैलाई आस्वश्त हुन आग्रह गदै उहाँले यस क्षेत्रका सबै समस्याहरुको वारेमा आफु चितपरिचित रहेकोले, समस्याहरुलाई क्रमस योजना बनाई शिक्षा स्वाथ्य खानेपानी कृषि तथा पर्यटनको बिकास गर्ने बिषयमा आफु आतुर भएको बताउनु भयो । कार्यक्रमा एमाले केन्दिय सदस्य नजिर मियाँले प्रतिकृयाबदी हरुले गठबन्धको गलत प्रचार गरिरहेको भन्दै मियाँ दुई दललका नेता कार्यक्रताहरु एक भई गठबन्धनका उमेदवार लाई भारी मतले बिजयय गराउनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रमा एमाले जिल्ला कमिटी उपाध्यक्ष जिबनारायण कोईराला, एमाले नेता कुटमदिन अलि, माओवादी केन्दका जिल्ला सहसयोजक तोज बहादुर रायमाझी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे, माओबादी केन्दका जाकिर हुुुसेन, एमाले नेताहरु बाबुराम घिमिरे जिवलाल घिमिरे लगाएतले मनतब्य राख्नु भएको थियो ।
बतmाहरुले माओवादी केन्दको अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल हृदयघातका कारण आज बिहान भएको असमायिक निधनको दुख ब्यातm गदै माओवादी केन्दका पोलिटब्यरो सदस्य समेत रहनु भएका प्रकाश दाहालले कम्युनिष्ट आन्दोलनमा खेलेको भुमिका र उहाँको असमायिक निधनले कम्युनिष्ट आन्दोलनमा ठुलो क्षती भएको भन्दै उहाँका अधुरा सपना पुरा गर्ने नेताहरुले बताउनु भएको थियो ।
स्वर्गीय प्रकाश दाहालप्रति श्रद्दाजली अर्पण गदै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना ब्यतm गदै नेता रायममाझी दाहालको अन्तिम श्रद्दाजलीको लागी काठमाण्डौ जानु भएको माओवादी केन्दको जिल्ला सहसयोजक छमकुमारी खनाल चिनारीले जानाकारी दिनुभएको छ । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस