बाम गठबन्धनको सरकारले रोजगारीको ग्यारेन्टी गर्ने नेता रायमाझीको जिकिर


हृदयकुमार भुसाल
बुलन्द, अर्घाखाँची
पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोप बहादुर रायमाझीले यो निर्वाचन नेपाल र नेपालीको भाग्य र भबिस्य निमार्ण गर्ने महत्वपुर्ण भएको बताउनुभएको छ । प्राप्त उपलब्धीका रक्षा विकास नयाँ सबिधानको कार्यान्वय र देशको आमुल परिबर्तनको लागी बाम गठबन्धनलाई दुईतिहाई मतले बिजय गराउनु पर्ने रायमाझीले बताउनु भयो । नेता रायमाझीले नयाँ बन्ने बामगठन्धनको सरकारले गाउँ गाउँका जनतालाई गास बास कपास स्वाथ्य, शिक्षा जस्ता जनाताका आधारभुतक समस्याको अन्त्य गरि राज्यले सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने समेत उदघोष गर्नुभएको छ । 
उमेदवार रायमाझीले स्थीर सरकारले मात्र  समग्र देशको बिकास र जनताको अधिकारहरु पुरा गर्ने सक्ने हुनाले अधिकारी कार्यान्यन गर्दे अवको यात्रा आर्थिक सामाजिक, सस्कृति रुपान्तरण गरी सुन्दर बिकसित र सबृद्ध नेपाल निमार्ण गर्ने  भएको बताउनु भएको छ । चुनाव प्रचार प्रसार अभियानको क्रमम पाणिनी गाउँपलिको धातीबाग,पाली अडगुरीको बिभिन्न ठाउँको भेटघाट तथा चुनावी सभालाई सम्बोधन गदै बाम गठबन्ध प्रदेश सभाका साझा उमेदवार रामजी प्रसाद घिमिरेले आफु यस क्षेत्रका सबै समस्याको बारेमा जानकारी भएकोले समस्याहरुको एकिकृत योजना बनाई दुर्त गतिमा बिकास गर्ने भन्दै नेता घिमिरेले २ बर्षमै धुम्ती पाल्पा बाटोलाई कालोपत्रे गर्ने, पाणिनी तपोभुमि देखी आकर्षक पैदल मार्ग पुराउनुको साथै,भ्युटावर निमार्ण गरि धातीबागलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै यस क्षेत्रका धरधरमा होमस्टे बनाउने भन्दै घिमिरेले यी सबै कार्यहरु पुरा गर्न र नेपाली जनताको आमुल परिबर्तनको चाहानालाई पुरा गर्न दुई तिहाई मतले बिजय गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा एमाले केन्दिय सदस्यहरु द्धय नजिर मियाँ र बोम बहादुर बिक प्रतिकृयाबादी हरुले गठबन्धनको बिरुद्धमा गलत प्रचार गरेको भन्दै दुवै दलको नेता कार्यकर्ता हरु एक भएर निर्वाचन गठबन्धनका उमेदवारलाई दुई तिहाई मतले बिजय गराउन एक भएर लाग्नु पर्ने बताउनु भएको छ । अभियानमा एमाले जिल्ला कमिटीका उपाध्क्ष जिवनारायण कोईराला  माओवादी केन्दका जिल्ला सयोजक ठाकुर कुमार बिक, एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरे, एमाले प्रदेश सभाका समानुपातिक तर्फ उमेदवार, जाल्पा भुसाल, पाणेनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम,माओवादी केन्दका बिधान रायमाझी लगाएतले मनतब्य राख्नुभएको थियो ।
चुनावी अभियान साबिकको धातीबाङ्घमा थानेश्वर पौडेलको अध्यक्षता, मोहनमोहन थापाको सञ्चालन कमल बहादुर रास्कोटीको स्वागत मनतब्य रहेको थियो । त्यस्तै, साबिकको अडगुरी गाबिसमा शकर अधिकारीको अध्यक्षता, गुनाखर अधिकारीको सञ्चालन र साबिकाको पाली गाबिसमा कसर अलिको अध्यक्षता,डिआर बसन्त लालुको सञ्चालन र रोम बहादुर पाण्डेको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस