कार्यकर्ता कुटिएकोमा एमालेको कडा आपत्ती, रतनमारेमा बिरोध सभा

गिताराम बिष्ट
१६जेठ बुलन्द, अर्घाखाँची
नेकपा एमाले मालारानी गाऊपालिका वडानम्बर ६, ७ र ८ र युवा संघको संयुक्त आयोजनामा हंसपुरमा बिरोध ¥याली तथा बिरोध सभा सम्पन्न भएको छ । प्रेश चौतारीका साधारण सदस्य तथा अनेरास्वबियु बिद्यार्थी नेता कृष्ण पाण्डेलाई सोमवार नेकपा माओबादी केन्द्रका कार्यकर्ताले हातपात गरेको बिरोधमा नेकपा एमाले मालारानी गाऊपालिका वडानम्बर हंसपुरको आयोजनामा बिरोध कार्यक्रम सम्पन्न गरिएको हो । बिरोध सभामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले माओबादी ज्याजती बन्द गर, अपराधीलाई कारबाही गर भन्दै बिरोध ¥याली निकालेका हुन्  ।
बिरोध ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानले नेकपा माओबादी केन्द्रले आफ्ना कार्यकर्ता माथि हातपात गरेकोमा आपत्ती जनाउनुुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौहानले एमालेले हरेक समयमा संयमितता अपनाएको भन्दै त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी दिनुुभयो । ‘हामीले चुनावको समयमा आचार संहितालाई मध्य नजर गरेर अगाडि बढेका छाँै, ‘एमाले जिल्ला कमिटि सचिव तथा युुवा नेता चौहानले भन्नुुभयो, पुलिस प्रशासनको अगाडि हाम्रा कार्यकर्ता माथि भएको आक्रमणले निक्कै दुखित बनाएको छ त्यसको ठुलो मुुल्य चुकाउनु पर्ने छ ।’ नेता चौहानले पिडितका परिवारलाई सान्तवना दिँदै आवश्यक परेको सन्दर्भमा जस्तोसुकै कदम चाल्न पनि पार्टी तयारी रहेको बताउनुुभयो । चौहानले प्रहरी प्रशासनको अगाडि नै कुटपिट भएको भन्दै एमाले कार्यकर्ताको सुरक्षा दिन नसके जानकारी गराउन नेपाल प्रहरीलाई आग्रह गर्दै ब्यङ्ग गर्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष समेत रहेका चौहानले सुरक्षाको प्रत्याभुती गराउन नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । चौहानले बिभिन्न पार्टी परित्याग गर्नेलाई नेकपा एमालेमा प्रवेश गराउनुुभएको थियो । 
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य दलबहादुर भट्टराइले माओबादी केन्द्रले मानबीय व्यावहार सिक्नुपर्ने बताउनुुभयो । उहाँले पार्टी कार्यकर्ता माथि गरिएको कुटपिट प्रति खेद व्यक्त गर्दै समयमै सच्चिन माओबादी कार्यकर्तालाई आग्रह गर्नुभयो । युुवा संघ जिल्ला कमिटि अध्यक्ष गोबिन्द आचार्यले आफ्नो कार्यकर्ता प्रति भएको आक्रमण प्रति आपत्ती जनाउँदै आवश्यक परे युवा परिचालन गरेर जनतालाई सुरक्षा दिन तयार रहेको बताउनुुभयो । आचार्यले परि आएको खण्डमा जस्तो सुुकै अवस्थाको समेत सामना गर्ने भन्दै माओबादी केन्द्रका कार्यकर्तालाई समयमै संहाल्न चेतावनी दिनुुभयो । कार्यक्रममा युवा संघका जिल्ला कमिटि सचिवालय सदस्य नरेन्द्र कुमार बस्नेतले युवासंघलाई पार्टीले कानुनलाई हातमा लिन अंकुश लगाएको भन्दै पार्टीले निर्देशन दिए अन्य शक्तिसँग जस्तोसुकै मुठभेडमा उत्रन पनि युुवासंघ तयार रहेको बताउनुुभयो । कार्यक्रम बिद्यार्थी नेता गिताराम बिष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।
गत सोमवार हंसपुरबाट सन्धिखर्क फर्कदै गर्दा नेकपा माओबादी केन्द्रका कार्यकर्ताले प्रेश चौतारीका साधारण सदस्य तथा अनेरास्वबियु बिद्यार्थी नेता कृष्ण प्रसाद पाण्डेमाथि सामुहिक हातपात गरेको थिए । हातपातबाट पाण्डेको अनुुहार र टाउकोमा चोट लागेको छ । पाण्डेलाई भैरहवामा उपचार हुन नसकेपछि काण्माण्डौको ट्रमा सेन्टरमा उपचार हुँदै छ । घट्नाका दोषीलाई खोजी कार्य तिब्र पारिएको भन्दै घट्नाको कानुुनी प्रकृया अगाढि बढाइएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी गराउनुुभयो । उहाँका अनुुसार खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ । 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस