अर्घाखाँचीमा एक व्यक्ति जंगली जनावर रतुवाको छाला सहित पक्राउ परेका छन् ।
जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६ हंसपुर निवासी फर्स बहादुर रानालाई रतुवाको ६ थान छाला सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिभिन्न संरक्षित जंगलि जनावरको सिकार गरि छाला बेचबिखन समेतको कारोबार गर्ने गरेको भन्ने बिषेश सुराकीको आधारमा रानालाई आज बिहान उनको घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिएको त्यहाँबाट नयाँ एफ.एम.ले समाचार पठाएको छ ।
गिताराम बिष्ट
१६जेठ बुलन्द, अर्घाखाँची
नेकपा एमाले मालारानी गाऊपालिका वडानम्बर ६, ७ र ८ र युवा संघको संयुक्त आयोजनामा हंसपुरमा बिरोध ¥याली तथा बिरोध सभा सम्पन्न भएको छ । प्रेश चौतारीका साधारण सदस्य तथा अनेरास्वबियु बिद्यार्थी नेता कृष्ण पाण्डेलाई सोमवार नेकपा माओबादी केन्द्रका कार्यकर्ताले हातपात गरेको बिरोधमा नेकपा एमाले मालारानी गाऊपालिका वडानम्बर हंसपुरको आयोजनामा बिरोध कार्यक्रम सम्पन्न गरिएको हो । बिरोध सभामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले माओबादी ज्याजती बन्द गर, अपराधीलाई कारबाही गर भन्दै बिरोध ¥याली निकालेका हुन् ।
बिरोध ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानले नेकपा माओबादी केन्द्रले आफ्ना कार्यकर्ता माथि हातपात गरेकोमा आपत्ती जनाउनुुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौहानले एमालेले हरेक समयमा संयमितता अपनाएको भन्दै त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी दिनुुभयो । ‘हामीले चुनावको समयमा आचार संहितालाई मध्य नजर गरेर अगाडि बढेका छाँै, ‘एमाले जिल्ला कमिटि सचिव तथा युुवा नेता चौहानले भन्नुुभयो, पुलिस प्रशासनको अगाडि हाम्रा कार्यकर्ता माथि भएको आक्रमणले निक्कै दुखित बनाएको छ त्यसको ठुलो मुुल्य चुकाउनु पर्ने छ ।’ नेता चौहानले पिडितका परिवारलाई सान्तवना दिँदै आवश्यक परेको सन्दर्भमा जस्तोसुकै कदम चाल्न पनि पार्टी तयारी रहेको बताउनुुभयो । चौहानले प्रहरी प्रशासनको अगाडि नै कुटपिट भएको भन्दै एमाले कार्यकर्ताको सुरक्षा दिन नसके जानकारी गराउन नेपाल प्रहरीलाई आग्रह गर्दै ब्यङ्ग गर्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष समेत रहेका चौहानले सुरक्षाको प्रत्याभुती गराउन नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । चौहानले बिभिन्न पार्टी परित्याग गर्नेलाई नेकपा एमालेमा प्रवेश गराउनुुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य दलबहादुर भट्टराइले माओबादी केन्द्रले मानबीय व्यावहार सिक्नुपर्ने बताउनुुभयो । उहाँले पार्टी कार्यकर्ता माथि गरिएको कुटपिट प्रति खेद व्यक्त गर्दै समयमै सच्चिन माओबादी कार्यकर्तालाई आग्रह गर्नुभयो ।युुवा संघ जिल्ला कमिटि अध्यक्ष गोबिन्द आचार्यले आफ्नो कार्यकर्ता प्रति भएको आक्रमण प्रति आपत्ती जनाउँदै आवश्यक परे युवा परिचालन गरेर जनतालाई सुरक्षा दिन तयार रहेको बताउनुुभयो । आचार्यले परि आएको खण्डमा जस्तो सुुकै अवस्थाको समेत सामना गर्ने भन्दै माओबादी केन्द्रका कार्यकर्तालाई समयमै संहाल्न चेतावनी दिनुुभयो । कार्यक्रममा युवा संघका जिल्ला कमिटि सचिवालय सदस्य नरेन्द्र कुमार बस्नेतले युवासंघलाई पार्टीले कानुनलाई हातमा लिन अंकुश लगाएको भन्दै पार्टीले निर्देशन दिए अन्य शक्तिसँग जस्तोसुकै मुठभेडमा उत्रन पनि युुवासंघ तयार रहेको बताउनुुभयो । कार्यक्रम बिद्यार्थी नेता गिताराम बिष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।
गत सोमवार हंसपुरबाट सन्धिखर्क फर्कदै गर्दा नेकपा माओबादी केन्द्रका कार्यकर्ताले प्रेश चौतारीका साधारण सदस्य तथा अनेरास्वबियु बिद्यार्थी नेता कृष्ण प्रसाद पाण्डेमाथि सामुहिक हातपात गरेको थिए । हातपातबाट पाण्डेको अनुुहार र टाउकोमा चोट लागेको छ । पाण्डेलाई भैरहवामा उपचार हुन नसकेपछि काण्माण्डौको ट्रमा सेन्टरमा उपचार हुँदै छ । घट्नाका दोषीलाई खोजी कार्य तिब्र पारिएको भन्दै घट्नाको कानुुनी प्रकृया अगाढि बढाइएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी गराउनुुभयो । उहाँका अनुुसार खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ ।
विराटनगर, पुस ८ – सातौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन गरिएको छ । २ हजार दर्शक क्षकताको विराटनगरको शहीद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन भएको घोषणा गुर्नभयो ।
यो प्रतियोगिताले सन् २०१९ मा नेपालमा हुने तेह्रौं दक्षिण एशियाली खेलकुद सागलाई सफलतापूर्वक सम्पन्न गर्न उत्प्रेरण दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्तै सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा हुने एशियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको तयारीका लागि पनि यो प्रतियोगिताले उत्प्रेरकको भूमिका खेलोस भन्ने कामना उहाँले गर्नुभयो ।
प्रतियोगितामा ३० वटा खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २९४ स्वर्ण, २९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुने छ ।
२०३८ सालमा सुरु भएको प्रतियोगिता २–२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संस्करणसम्म समयमै भएपनि त्यसयता समयमा नै हुन सकेको छैन । धनगढीमा छैठौँ संस्करण भएको ५ वर्ष पछि सातौं संस्करण सुरु भएको हो ।
उदघाटन समारोह विराटनगरमा भए पनि प्रतियोगिताका खेलहरु पूर्वाञ्चलका सप्तरी, उदयपुर, सिराहा, मोरङ्, सुनसरी, झापा, र धनकुटामा हुनेछन् । यस्तै सातौं राष्ट्रिय खेलकुदको लन टेनिस भने कास्कीको पोखरामा सुरु भएको छ । यस्तै स्क्वास ललितपुरमा र फेन्सिङ काठमाडौंमा हुने छ ।
बसन्त श्रेष्ठ ‘छापेली’
मंसिर ३० गते, अर्घाखाँची
नेकपा माओबादी केन्द्रका संसदिय दलका उपनेता टोपबहादुर रायमझीले पाँच नम्बर प्रदेश कसैको इसारामा नटुक्रिने बताउनुभएको छ । संरकारले संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बिरोधमा भएको अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा संयुक्त संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले सरकारले प्रस्ताव दर्ता गरेको भएपनि आवश्यक दुईतिहाइ नपुग्दा प्रस्ताव पास नहुँने बताउनुभयो । गृह जिल्ला अर्घाखाँची आइपुगेका नेता रायमाझीले नेकपा एमाले, लगायतका दलहरु बिपक्षमा उभिएको कारण संशोधन प्रस्ताव पास नहुँने भन्दै सरकार पक्षबाटै आफु र नेपाली कांग्रेसका नेताहरु समेत बिपक्षमा उभिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ९० प्रतिशतको सहमतिलाई लत्याएर सिमित नेताहरुको आग्रहलाई पुरा गर्न संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको आरोप लगाउनुभयो । संयुक्त संघर्ष समितिको बिशाल जनसभालाई सन्धिखर्कको टुडिखेलमा संबोधन गर्दै नेता भण्डारीले पाँच नम्बर प्रदेश टुक्र्याउने सरकारको प्रस्ताव गलत रहेकाले सरकार असफल हुने दाबी गर्नुभयो । गुल्मी जिल्लाका सांसद भण्डारीले सरकारको बिरुद्ध जनता सडकमा उत्रिएकाले प्रस्तावको कुनै अर्थ नभएको बताउनुभयो ।
कायक्रममा सांसद डा. दुनम सिंह थापाले सरकारले प्रधानमन्त्रीको पदका लागि पाँच नम्बर प्रदेशका जनतालाई धितो राखेको आरोप लगाउनुभयो । सरकाले संबिधान संशोधन प्रस्तावमा अर्घाखाँची लगायतका पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट छुटाएर प्रदेश नम्बर चारमा लैजान लागेको बिरोधमा बन्द तथा बिरोध प्रर्दशनका कार्यक्रम जारी छ । आज सन्धिखर्कको शान्ति बगैचाबाट सुरु भएको बिरोध ¥याली मिडिया चोक, हललाईन, मसाल बजार लगायतका मुख्य मुख्य चोक परिक्रमा गरी टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कायक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य दलबहादुर राना, राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल, कांग्रेस नेता रेवती प्रसाद भुसाल, नेकपा एमाले केन्द्रिय सदस्य नजिर मिया, नेकपा मालेको सांसद कमला विश्वकर्मा, अर्घाखाँची क्ष्ेत्र नम्बर २ का सांसद डा. दुनम सिंह थापा लगायतले मन्तब्य राख्दै अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा बोलेका थिए । कार्यक्रमा अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद डा थापाले सरकारले प्रधानमन्त्रीको पदका लागि पाँच नम्बर प्रदेशका जनतालाई धितो राखेको आरोप लगाउनुभयो । थापाले मधेशी दलको असन्तुष्टी कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भएको भन्दै बिबादनै नभएको ठाऊमा सरकारले बिबादको उत्पन्न गराएको आरोप लगाउनुभयो ।
कार्यक्रममा गुल्मी जिल्लाका दलका नेताहरुले समेत बोलेका थिए । कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ, राप्रपाका अनिल कक्षपति, राजमोका कमल अर्याल, नया शक्तिका घनश्याम पाण्डे, अन्तरपार्टी महिला सञ्जालका बिष्णु सापकोटा, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे लगायतले बोल्दै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाइए परिाणम सहि नहुने सरकारलाई चेतावनी दिएका छन् । कार्यक्रमम कांग्रेस सभापति एवं संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यको स्वागत मन्तब्य र नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक छमकुमारी खनाल चिनारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
५ नम्बर प्रदेश टुक्र्याउने सकारले गरेको निर्णयका बिरुद्ध भोलि देखि ३ गते सम्म ५ नम्बर प्रदेश भर आमहड्तालको घोषणा गरिएको छ । आमहड्तालमा उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्था, यातायात, बजार पूर्ण रुपमा बन्द हुने सङघर्ष समितिका संयोजक तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । जिल्लालाई १ गते देखि मंसिर ६ गते सम्म बन्द गर्ने पनि समितिको भनाई छ ।
टोपबहादुर, जनार्दन, नारायणकाजी र लेखराजहरु कुन पार्टीमा छन् ?
रामचन्द्र भण्डारी/काठमाडौं, १० मंसिर । कुनैबेला माओवादीमा ‘सुप्रिमो प्रचण्ड’ यति शक्तिशाली थिए कि उनको इच्छाविपरित कसैले छिस्रिक्क पुच्छरसमेत हल्लाउन पाउँदैनथ्यो । बेलाबखत डा. बाबुराम भट्टराईले केही सैद्धान्तिक कुरामा असन्तुष्टि जनाउँथे । उनको असन्तुष्टि सम्बोधन हुनु त परको कुरा पार्टी बैठकमा छलफलको एजेण्डासमेत बन्न पाउँदैनथ्यो ।
‘मालेमावाद’सँगै ‘प्रचण्डपथ’ पनि पार्टीको निर्देशक सिद्धान्त थियो । माओवादीभित्र प्रचण्ड सेना भित्रका प्रधानसेनापति जत्तिकै शक्तिशाली थिए । त्यसैले पनि कसैले प्रचण्डविरुद्ध बोल्ने हिम्मत राखेनन् । यही सैन्य अनुशासनले माओवादीलाई १० वर्षे जनयुद्धदेखि संविधानसभाबाट देशकै सबैभन्दा ठूलो दल बन्दासम्म डोहोर्यायो ।
त्यसपछि विस्तारै प्रचण्डलाई केहीले छाड्ने र केहीले नटेर्ने श्रृङ्खला सुरु भयो । आजको मितिसम्म आइपुग्दा प्रचण्ड एकदमै कमजोर बनिसकेका छन् । त्यतिबेला जनयुद्ध हाँक्ने मुख्य तीनमध्ये दुई खम्बा (डा. बाबुराम भट्टराई र मोहन वैद्य)ले प्रचण्डको साथ छाडे । जो अहिले पार्टीमा बाँकी छन्, उनीहरुमध्ये केही शीर्षले प्रचण्डलाई टेर्न छाडेका छन् । अहिले त माओवादी केन्द्रभित्र अनुशासन भन्ने कुरा एकादेशको कथा बनिसकेको छ ।
हुन त लेनिनवादी संगठनात्मक पद्धतिले जुन स्तरमा पार्टीभित्र सजिव जनवादको अभ्यास हुन्छ त्यही स्तरमा केन्द्रीयता बलियो हुन्छ भन्ने मान्यता राख्दछ । झण्डै तीन दशकसम्म पार्टीभित्र प्रचण्डको एकछत्र राज युद्धको बेला त चल्यो तर अब शान्ति प्रक्रियामा त्यो नपचेको पनि हुनसक्छ । माओवादीभित्र जनवादको अभ्यास अहिले ‘कुन चरीको नाम ?’ भनेर सोध्नुपर्ने अवस्था छ । जति बैठक र छलफल हुन्छन् ती सब औपचारिकतामा सिमित भइरहेका छन् । निर्णय प्रक्रियामा जनवाद निरन्तर बलात्कृत भएपछि माओवादीमा अराजकता विष्णुमतिको मुलाजस्तै मौलाएको छ ।
जब संगठन पद्धतिमा चल्दैन तब बाह्य शक्तिले सजिलै खेल्न सक्छन् । साम, दाम, दण्ड र भेदको चौअस्त्र चलाउन प्रचण्डबाट सिकेर हुनसक्छ, उनी पछाडिका नेताहरु पनि यस्तो खेलमा सिपालु भइसकेका छन् । पछिल्लो समय आफ्नो सरकार ढालेर प्रचण्ड स्वयम् बालुवाटार छिरेपछि एमालेले माओवादी भित्रै धमिरा सल्काएर प्रचण्डलाई एकदम कमजोर बनाइसकेको छ । कहाँ–कहाँ र कसरी सल्काएको छ एमालेले धमिरा ? विस्तृतमा नियालौँ ।
संविधान संशोधनविरुद्ध बिहीबार राजधानीमा एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा सहभागी माओवादी नेता टोपबहादुर रायमाझीले भने, ‘कतिपय नेताको ध्यान संविधान कार्यान्वयनमा भन्दा ५ नम्बर प्रदेशतिर गएको छ । जहाँ विवाद छैन, त्यहाँ गएर विवाद हालिल्दिनुभएन । भूइँको टिप्छु भन्दा पोल्टाको पोखिन्छ, त्यतातिर ध्यान दिनुस् ।’
उनको निशाना पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर सोझिएको थियो । प्रतिस्पर्धी राजनीतिक दलको कार्यक्रममा गएर आफ्नै पार्टीका अध्यक्ष र उनकै नेतृत्वमा रहेको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावविरुद्ध रायमाझीले यस्तो बोल्दा धेरैले जिब्रो टोके ।
हुन त रायमाझी सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता हुन् । उनको जिल्ला अर्घाखाँची हालको ५ नम्बर प्रदेशमा नै पर्छ । त्यसैले पनि पार्टीका अन्य नेताभन्दा रायमाझीलाई बढ्दा चासो हुनु स्वभाविक हो । तर, आफ्नो असन्तुष्टि कहाँ पोख्ने भन्ने कुरा पार्टीको सचिव तथा उपप्रधानमन्त्रीसमेत बनिसकेको नेताले ख्याल गर्नुपर्दैन ? प्रचण्डलाई घाटा लाग्दा त रायमाझीलाई पनि घाटा लाग्ला । कि रायमाझी एमालेमै गइसकेका हुन् ? होइन भने उनको अभिव्यक्ति आफ्नै आङ कन्याएर छारो उडाउनु’जस्तै हो भन्छन् जानकारहरु ।
लोकमान प्रकरणमा ३ कात्तिक २०७३ । प्रधानमन्त्री प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । कुराकानी सकारात्मक थियो । देउवाले ‘ठीक छ, पार्टीभित्र सल्लाह गर्छु’ भनेकाले प्रचण्ड उनलाई कुर्ने मनस्थितिमा नै थिए । तर, साँझ एक्कासी खबर आयो, ‘संसदमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसक्यो ।’
प्रचण्ड झस्किए । सुरुमा त उनलाई लाग्यो एमालेले मात्र प्रस्ताव दर्ता गराएको होला । जब आफ्नो पार्टीका सांसदहरुले पनि हस्ताक्षर गरेको थाहा पाए, तब उनी छाँगाबाट खसेजस्तै भए । उनलाई त्यसपछि थाहा भयो माओवादीबाट महाअभियोग दर्ता गराउने सांसदहरुको नेतृत्व जनार्दन शर्मा प्रभाकरले गरेका रहेछन् । ‘यति ठूलो निर्णय लिनुअघि जनार्दनले संसदीय दलको नेतासमेत रहेका पार्टी अध्यक्षसँग सल्लाह गर्नु पर्दैन ? कि उनका अध्यक्ष ओली हुन् ?’ यस्तै प्रश्न माओवादीका एक कार्यकर्ताहरुले नै सामाजिक सञ्जालमा गरे ।
त्यसको केही दिनपछि प्रचण्ड आफैँले भनेका थिए, ‘हाम्रा केही साथीलाई एमालेले प्रयोग गर्यो ।’ अझ अचम्मको कुरा त के भएछ भने महाअभियोग प्रस्ताव दर्ता गराउन भनेर जनार्दनले उपलब्ध गराएको हस्ताक्षर बिजुलीको पोल माग्ने माओवादी सांसदहरुको पो रहेछ । यति ठूलो गल्ति गर्दा पनि प्रचण्डले जनार्दनलाई कारबाही गर्न सकेनन् । यस अर्थमा पनि उनी निरीह देखिए ।
फेसबुकमा काजी र पश्चिममा लेखराज प्रचण्डले आफ्नो भाइ नारायण दाहाललाई सेटिङ मिलाएर प्रशासनिक सल्लाहकार बनाए । प्रशासनिक सल्लाहकार राख्ने नै भए पनि प्रशासन क्षेत्रमा दक्षता हाँसिल गरेका विज्ञ हुनुपथ्र्यो । प्रचण्डले यहाँ गल्ति गरेकै हुन् । यही मौका छोप्दै नेता नारायणकाजी श्रेष्ठले फेसबुकबाट डायलग हाने, ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री क. प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ ? हालै नियुक्त भएका प्रमका प्रशासनिक सल्लाहाकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य क. नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ ? यो हुनै सक्दैन ।प्रशासनिक सल्लाहाकारमा कोही नारायण दाहाल नाम गरेको पूर्व वरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ, संयोगले नाम जुझ्यो, बस् । होइन र ?’
खासमा यहाँ श्रेष्ठको आसय सही छ । तर उनले पनि सामाजिक सञ्जालमा भन्दा यो कुरा पार्टीको आन्तरिक फोरममा राख्नुपर्थ्यो । अनुशासन त नारायणकाजीले पनि मान्नुपर्यो नि ! यो स्टाटस त एउटा उदाहरण मात्र हो । आजकल उनी सामाजिक सञ्चालमा पार्टीका यस्तै आन्तरिक कुराहरुमा फ्याट्ट–फ्याट्ट टिप्पणी गरिराख्छन् ।
पछिल्लो समय माओवादी नेता लेखराज भट्ट गुमनामजस्तै छन् । एकताका उनले अखण्ड सुदुरपश्चिमका पक्षमा पार्टीको आधिकारिक नीतिविपरित नै चर्को आवाज उठाए । काँग्रेस–एमालेसँग मिलेर आन्दोलनको नेतृत्व नै गरे । पार्टीको आधिकारिक लाइनविपरित क्षेत्रीय मुद्दामा अन्य दलहरुसँग लागेर आन्दोलन लाग्ने कुराको विजारोपण माओवादीमा लेखराजले नै गरेका थिए । संघीयताको नारा दिएर राजनीति गर्ने, हजारौंको सहादत पनि हुने तर अखण्डको नारा दिएर आफैंले आफैंलाई गिज्याउने ‘लाजनीति’को नेतृत्व माओवादीभित्र भट्टले गरिरहेका छन् ।
सकिने बाटो ! अहिले माओवादी नेताहरु जुन बाटोमा हिँडिरहेका छन्, त्यो बाटो निकै खतरनाक दिशातर्फ जाँदैछ । यसले कुनै दिन माओवादीलाई ठूलो दुर्घटनामा पारेमा अचम्म मान्नु पर्दैन । हो लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउनुपर्छ, तर त्यसका लागि आन्तरिक फोरमको प्रयोग गर्नुपर्छ । जिम्मेवार नेताहरुले यसरी सार्वजनिक रुपमा पार्टी नीति/निर्णयविरुद्ध बोल्नु र निर्णय लिँदा पार्टीभित्र छलफल नै नगर्नु दुवै घातक छन् ।
आफूलाई पहिलेकै ‘सुप्रिमो’ सोचेर एकलौटी निर्णय लिने प्रचण्ड र बाहिर जथाभावी बोल्दै हिँड्ने नेताहरुका कारण माओवादी निकै अफ्ठ्यारोमा परिसकेको छ । यसको लाभ पछिल्लो समय विशेषगरी एमालेले उठाइरहेको देखिन्छ । टोपबहादुरको अभिव्यक्ति होस् या जनार्दनको हस्ताक्षर, यी कुनै पनि कुरा स्वयम् माओवादीको हितमा भने छैन ।
दोहोरीको रमाइलोदेखि धर्ती छाड्ने मान्यतासम्म
२४ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो-लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ ।
केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ । तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ । तैपनि काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ । यहाँ हामीले काठमाडौं उपत्यकामा पिङमा वालवालिकाहरु रमाइरहेका केही तस्वीर पस्केका छौं –
पैसा चोर्न नेपाल आएका रोमानियाली नागरिक पक्राऊ
साउन, काठमाडौं । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोगकर्ता बढ्दै गएका छन् । तर नेपालका बैंकबाट सन्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था निकै कमजोर देखिएका छन् । जस्ले गर्दा अन्तराष्ट्रिय हृयाकरहरुले नक्कली एटिएम कार्ड प्रयोग गरी पैसा चोर्न नेपालका बैंकहरुलाई निशानामा पारेको तथ्य सार्बजनिक भएको छ ।
रोमानियाका नागरिक पक्राउ
हिमालयन बैंकको काठमाडौंमा रहेका विभिन्न ठाउँका एटिएम बुथहरुमा केहि दिनदेखि एक जना विदेशीको हर्कत प्रहरीलाई शंकास्पद लाग्यो । विषेश गरेर दरवारमार्ग क्षेत्रमा रहेका एटिएम बुथहरुमा ति विदेशी नागरिकले दर्जनौं एटिएम प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको देखिएपछि बैंकले सिआइबीलाई खबर गर्यो ।
सिआइबीका एसपी हृदय थापाको टोलिले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुमा निगरानी बढायो । निगरानीको क्रममा शंकास्पद रोमानियाका नागरिक पे्रडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गर्न सफल भयो ।
करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको छ । ब्युरोका एसपी हृदय थापाका अनुसार बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद भएको छ ।
काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यसरी चोरे एटिमबाट पैसा
उर्लेनसँगै अर्का एक व्यक्ति पनि एटिएमबाट पैसा चोर्ने उद्देश्यसहित नेपाल आइपुगेका थिए । उनीहरु विभिन्न देशमा रहेका अर्कै समूहबाट परिचालित व्यक्तिहरु रहेको एसपी थापाले बताए । ‘विभिन्न देशमा यसको समूह नै छ, त्यो समूहले एटिएमका डाटाहरु र सूचना दिने गर्छ । त्यही सूचना र डाटाहरुको आधारमा यिनीहरुले पैसा निकाल्छन्,’ एसपी थापाले भने ।
विभिन्न देशका एटिएम बुथ मार्फत ग्राहकको एटिएम डाटा निकाल्ने अथवा हिडन क्यामेरा मार्फत पिन नम्बर चोरी गर्ने र उक्त पिन नम्बर अर्थात डाटा पैसा चोरी गर्न हिँडेका उर्लेन जस्तालाई दिने गरेको भेटिएको छ ।
हेर्दा हेर्दै बग्यो तिनहु पुल लाईभ भिडियो
click here for video
आषाढ २८ प्रचण्ड झोकमा, ओली शोकमा ल हेनुहोस के रैछ कुरो
प्रधानमन्त्री ओलीलाई अब मधेसी मोर्चाले मात्र बचाउन सक्ने !
२८ असार, काठमाडौं । केपी ओेली सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ ।
ठूलो दल कांग्रेस पनि प्रचण्डलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको छ । तर, दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पर्ने उसको शर्त छ ।
माओवादीले नयाँ सरकार गठनको तयारी गरे पनि प्रधानमन्त्री ओली संसदको सामना गर्ने तयारीमा छन् । यदि प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् भने संसदमा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा संसदभित्रको जोड घटाउ महत्वपूर्ण हुन्छ ।
प्रचण्ड-देउवाको पल्ला भारी
संसदमा अहिले ५९७ सदस्य छन् । जसमा माओवादी सांसद ल्यारक्याल लामा निलम्बित छन् । अर्थात ५९६ सासद मतदानका लागि योग्य रहनेछन् ।
प्रचण्डलाई प्रधानमन्त्री बन्न २९८ सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी आफैंसँग ८२ सांसद छन् । संसदको ठूलो दल कांग्रेससँग २०६ सांसद छन् । माओवादी र कांग्रेस मिल्ने हो भने २८८ मत पुग्छ र प्रधानमन्त्री बन्न मात्र १० सिट चाहिन्छ ।
यस्तो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बन्न त्यति गाह्रो छैन । मधेसी मोर्चासँग ३४ मत छ भने फोरम लोकतान्त्रिकसँग १४ मत छ । साना दलहरु पनि छन्, जसले पदीय भागवण्डामा सहमति हुने हो भने समर्थन गर्न सक्छन् ।
ओलीलाई मधेसी मोर्चाले मात्र बचाउन सक्ने !
प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्छु भनिरहेका छन् । यदि बिश्वासको मत लिने उनको प्रयास हो भने त्यो त्यति सहज भने छैन ।
ओलीले राजीनामा नदिएमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिन्छ । यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत अर्थात २९८ मत देखाउनुपर्छ । प्रधानमन्त्री बन्दै गर्दा ओलीले कुुल ५८७ मत मध्ये ३३८ मत पाएका थिए । जसमध्ये तीन सांसद भएको नेकपा संयुक्तले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ ।
अहिले माओवादीले पनि समर्थन फिर्ता लिएपछि बाँकी सबै समर्थन कायम राख्दा पनि ओलीसँग २५२ मत मात्र रहनेछ । उनलाई पदमै रहिरहन २३ मत चाहिन्छ ।
यति ठूलो संसद संख्या भएको राजनीतिक शक्ति यतिबेला मधेसी मोर्चा मात्र देखिन्छ । अर्थात् अब मधेसी मोर्चाले मात्र ओली सरकार बचाउन सक्छ किनकी उसँग ३४ सांसद छ । मधेसी मोर्चालाई आफ्नो पक्षमा ल्याउनु ओलीका लागि लगभग असम्भव जस्तै देखिन्छ ।
ओली प्रधानमन्त्री हुनु अगाडीदेखि नै मधेसी मोर्चा आन्दोलनमा छ र उसले ११ बुँदे माग राखिरहेको छ । र, अब यदि सरकार गठनको प्रक्रियामा सामेल हुँदा मोर्चाले ओलीबाट ती माग पुरा गराउन खोज्नेछ । प्रधानमन्त्रीका रुपमा ओलीका बोली र ब्यबहार सम्झिँदा एमाले नेतृत्व र ओलीले मोर्चाका माग सुन्नसम्म पनि सक्ने देखिन्न ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिने, संसदको सामना गर्ने तयारी
२८ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’
माओवादीले मंगलबार विहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो ।
तपाई नियमित पोर्न साइट हेर्नुहुन्छ रु यदि तपाई त्यस्तो लतबाट ग्रसित हुनुहुन्छ भने तपाइले ख्याल राख्नुहोला । अश्लिल चित्र तथा भिडियो अर्थात पोर्नोग्राफी हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । पोर्नोग्राफी हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले थप रहस्य पत्ता लगाउँदै लामो समय सम्म पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने जनाएको छ ।
बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा। सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन । अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफी महामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् । अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् । इन्टरनेटमा अहिले ४२ लाख भन्दा बढि पोर्न वेबसाइट छन्
काठमाडौँ। सरकारी सेवामा प्रवेश गर्नका लागि लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ । तर, सबै कुरालाई थाँति राखेर तयारीमा जुट्ने हो भने भने सफल हुन असम्भव छैन । लोक सेवाको परीक्षा लिखित होस् वा मौखिक दुवैको तयारी राम्रोसंग गर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईंलाई सरकारी सेवामा प्रवेश गर्न सजिलो बनाउँछ ।धेरैजसो व्यक्ति नाम निकालेको व्यक्तिलाई हेरेर नाम निकाल्न खोज्छन्, एकदमै जिज्ञासु भई सफल व्यक्तिलाई सोधेर सोही तरिकाले नाम निकाल्ने प्रयास गर्दछन् । तर, हरेक मानवको स्वभावअनुसार फरक–फरक भएजस्तै पढाइमा पनि विद्यार्थीको आफ्नै प्रकारको विशेषता हुने गर्दछ । त्यसैले आफ्नो क्षमतालाई चिनेर लोक सेवा तयारीमा लाग्ने हो भने सफल हुन सकिन्छ । जस्तोसुकै चुनौतीलाई सामना गर्न सक्नुपर्छ । नयाँ पत्रिकाले छापेको छ ।पाठ्यक्रममा केकस्ता विषयवस्तु समावेश भएका छन्, राम्रोसँग बुझ्नुहोस् र पढ्न सुरु गर्नुहोस् पाठ्यक्रमलाई विभिन्न भागमा विभाजन गर्नुहोस्, जसले पढ्नलाई सहज बनाउँछदृढ विश्वास राखेर, विषयवस्तुमा ध्यान केन्द्रित गरेर अध्ययनमा लाग्नुहोस् आफूले अध्ययन गरेका विषयवस्तुमा सम्भव भएसम्म साथीसँग सामूहिक छलफल गर्नुहोस्सकेसम्म आधिकारिक सामाग्री पढ्नुहोस्, जे पायो त्यही सामग्री पढ्दा आफूलाई जानकारी नभएका कुरामा गलत भएपनि विश्वास लाग्छ र परीक्षा बिग्रिन सक्छ भरमग्दुर तयारी कक्षालाई उपयोग गरौँआफूले पढेका कुरा लेख्ने प्रयास गर्नुुहोस्, पढेर लेखेका कुरा छिटो बिर्सिने सम्भावना कम हुन्छ प्रश्नलाई दोहोर्याई–तेहेर्याई पढौँ, प्रश्न बुझेर पढ्दा उत्तर सम्झन र प्रश्नले खोजेको उत्तर लेख्न सकिन्छ प्रश्नको अंकको भारअनुसार समय विभाजन गरी त्यसैअनुसार उत्तर लेख्ने प्रयास गर्नुहोस लेखाइलाई खँदिलो बनाउनुहोस्, खँदिलो लेखाइ नभएमा जति लेखे पनि राम्रो नम्बर नआउन सक्छ
काठमाडौं । कृषि विकास बैंकमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।
पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।
परीक्षाको लागि चाहिने पाठ्यक्रम तथा दरखास्त फारम बैंकको वेभ साइटबाट डाउनलोड गर्न सकिन्छ ।
बैंकले जारी गरेको सार्वजनिक सूचना हेर्नुहोस (तालिकालार्इ ठूलो बनाएर हेर्न तालिकामा दुर्इपटक क्लिक गर्नुहोला)
भक्तपुर - शिक्षा विभागले माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन खुलाउने प्रक्रिया शुरु गरेको छ । विभागले ०६३ पछि खाली रहेको दरबन्दीको विवरण तीन साताभित्र पठाउन क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको छ ।
शिक्षक सेवा आयोगले ०७१ असारदेखि गत असारसम्म खाली रहेको दरबन्दीमा विज्ञापन गर्ने योजना बनाएको छ । आयोगको उक्त योजना अघि बढाउन विभागले तथ्याङक संकलन गर्न थालेको हो । निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन फागुनभित्र खुलाउने गरी काम भईरहेको आयोगले जनाईसकेको छ ।
०६३ वैशाख १० पछि अस्थायी नियुक्ति भएका तथा हाल रिक्त रहेका जिल्लागत रुपमा विद्यँलयगत एवं बिषयगत विवरण माघ १५ भित्र पठाउन विभागले पाँचै विकास क्षेत्रलाई निर्देशन दिएको हो । विवरण पठाउँदा विद्यालयको नाम, कुन बिषयमा कति शिक्षक रिक्त छन् ? पठाउनु पर्ने हुन्छ ।
विभागले अंग्रेजी, विज्ञान, गणित, नेपाली सामाजिक र अन्य बिषय शिक्षकको विवरण पठाउन भनेको छ ।
भक्तपुर - अन्तर्वार्ता सकिएको १० औं दिनमा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका शिक्षकको पदस्थापनाका लागि शिक्षा विभागलाई सिफारिस गरेको छ । अन्र्तवार्तामा उत्तीर्ण शिक्षकलाई नियुक्तिको लागि आयोगले शुक्रबार सिफारिस गरेको हो । मेरिटका आधारमा आयोगले सिफारिस गरेको हो ।
गत मंसिर ११ गतेबाट शुरु निमाविको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा सफल उम्मेद्वारको सूचि शिक्षा विभागमा बुझाएसँगै पदस्थापन प्रकृया शुरु हुन्छ ।
आउँदो आईतबार क्षेत्रीय शिक्षा निर्देशनालयलाई परिपत्र गरेर नियुक्ति प्रकृया शुरु गर्ने विभागका महानिर्देशक खगराज बरालले बताए । 'मन्त्रालयले तयार गरेको आधारमा निर्देशनालयहरुले जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गर्नेछन्' उनले भने, 'सोही अनुसार जतिसक्दो चाँडो नियुक्ति गरेर नयाँ शिक्षक कक्षा कोठामा पुर्याउने हाम्रो योजना छ ।'
आयोगले लिएको निमाविको अन्तर्वार्तामा झण्डै चार सय उम्मेद्वार अनुपस्थित भएका थिए । असार अन्तिममा भएको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेद्वारहरु मध्ये अन्तर्वार्ताका लागि २६ सय ४४ जना योग्य भएका थिए । यी मध्ये ३ सय ९६ उम्मेद्वार अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।