टोपबहादुरको क्षेत्रमा बर्षमान बोल्न डराए

 Video

टोपबहादुरको टोपबहादुरको क्षेत्रमा पुग्दा बर्षमान बोल्न डराएका छन् । नेकपा माओबादी केन्द्रले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अर्घाखाँची आइपुगेका नेता पुन बोल्न डराएका हुन । उनले टोपबहादुरलाई पार्टी निर्णय भन्दा बाहिर गएको भन्दै कारबाही गर्नुपर्ने बताएका थी । तर अर्घाखाँचीमा रिपोर्ट्स क्लवले आयोजना गरेको कार्यक्रममा उनले मिडियाले बंगाएको तर्क गरेका थिए ।



पौष अन्तिम सम्म निर्वाचनको मिति घोषणा : पुन

barsa man pun.jpg
बसन्त श्रेष्ठ ‘छापेली’, अर्घाखाँची २४ पौष ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य वर्षमान पुन अनन्तले यो महिनाको अन्त्य वा अर्को महिनाको पहिलो साताभित्र स्थानीयको निकायको मिति घोषणा हुने बताउनुुभएको छ । रिपोर्ट्स क्लव अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संबिधान संशोधनको मुख्य उद्देश्य संबिधान कार्यान्वयनको रहेको दाबी गर्नुुभयो । ‘संबिधान संशोधनको मुल उद्देश्य, संबिधान कार्यान्वय र स्थानीय तहको निर्वाचन हो, पूर्व अर्थमन्त्री समेत रहेका पुनले भन्नुुभयो, ‘यो महिनाको अन्तिम वा माघ पहिलो साता सम्म स्थानीय तहको निर्वाचन हुन्छ ।’ उहाँले स्थानीय तहको निर्वाचन सँगै अन्य तहको पनि निर्वाचन हुने बताउनुभयो । 
उहाँले संशोधन प्रस्तावलाई तत्काल टेवुल गरेर संशोधन प्रक्रिया र त्यसमा रहेका अन्र्तवस्तुमा समेत सहमति कायम गर्नुपर्ने बताउनुभयो ।  पुनले प्रस्ताव पास भए अर्घाखाँची, गुल्मी र पाल्पामा प्रशासनिक इकाइ खडा गरेर नजिकबाट सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा आठ देखि दश प्रदेश आफ्नो पार्टीको माग रहेको भन्दै त्यो भए पाँच नम्बर प्रदेशको बिबाद अन्त्य हुने बताउनुभयो । संशोधन प्रस्ताव प्रक्रियामा लगेपछि सहमति भए पास हुने अन्यथा प्रक्रियामा जाने भन्दै त्यसले नै मुलुकलाई निकास दिने प्रष्ट पार्नुभयो । ‘संसद जनताको सार्बभौम निकाय हो, त्यसमा छलफल हुन्छ, पक्ष बिपक्ष हुन्छ, पुनले भन्नुभयो, ‘दुई तिहाई भए सफल प्रस्ताव पास हुन्छ अन्यथा नभए बिफल हुन्छ ।’
पुनले राप्ती, लुम्बिनी र धौलागिरीका पहाडी जिल्लालाई एकै प्रदेश बनाएपछि पहाडको विकासले तीव्र रुप लिने बताउनुभयो । पाँच नम्वर प्रदेशबाट टुक्राइएका पहाडी जिल्लालाई मिलाएर मगराग प्रदेश बनाउने पक्षमा आफ्नो पार्टी लागेको जानकारी गराउनुुभयो । ठूला ठाउँसँग मिलाएर प्रदेश बनाउँदा ठूला ठाउँका मान्छेले मात्र राज्य गर्ने भन्दै उहाँले पहाडी समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्न पनि पहाडै÷पहाडको प्रदेशको आवश्यकता परेको बताउनुभयो । माओबादी अध्यक्ष प्रचण्ड निकट मानिने नेता पुनले पार्टीभित्र पाँच नम्बर प्रदेशको बिषयलाई लिएर संसदीय दलका उपनेता टोपबहादुर रायमाझीलाई कारबाही गर्ने बिषयमा सोधिएको प्रश्नमा भने केही बोल्न चाहानुभएन । नेकपा माओबादी केन्द्रका पाँच नम्बर प्रदेश इन्चार्ज समेत रहेका नेता पुनले एकै तहको समुदाय भए विकासले समेत गति लिने जानकारी गराउनुभयो । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस