ऊर्जामन्त्री जनादन शर्मा सहभागी कार्यक्रममा ढुङ्गमुडा (भिडियो सहित)



बसन्त श्रेष्ठ ‘छापेली‘
बुलन्द, अर्घाखाँची
नेपाल सरकारका उर्जा मन्त्री जर्नादन शर्मा सहभागी कार्यक्रममा ढुुङ्गमुुडा भएको छ । अर्घाखाँचीमो सुुरुभएको अर्घाखाँची औद्योगिक महोत्सवको उद्घाटन गर्न पुुगेको मन्त्री सहभागी कार्यक्रममा ढुुङ्गमुुडा भएको छ । नेकपा माओबादी केन्द्रका नेता जर्नादन शर्मा सँगै सहभागी रहेको जिल्लाकै पूर्व सांसद ढिलाराम आचार्यले पाँच नम्बर प्रदेश टुुक्राउनुुपर्ने अभिव्यक्ति दिएलगत्तै हजारौको संख्यामा सहभागीले ढुुङ्गमुुडा गर्दै आचार्यलाई माफी माग्न आग्रह गरेको थिए । आचार्यले माफी नमागेपछि उपस्थित मासले उनीमाथी ढुुङ्गा मुुडा गर्दै कालोमोसो दल्नुपर्ने माग गरेका हुुन् ।
https://youtu.be/wwtMWNzeEkM
स्थती तनाबग्रस्त भएपछि कडा सुरक्षाकाबीच उर्जा मन्त्री जनार्दन शर्मालाई कार्यक्रमस्थलबाट प्रहरीले बाहिर ल्याएको थियो । तर माओबादी केन्द्रका नेता डिलाराम आचार्यलाई भने उपस्थित जिल्लाबासीले यो समाचार चयार पर्दा सम्म घेरामा राखेका छन् । अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।


यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री जनार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् । सन्धिखर्क्िस्थत ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।
सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए । स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रमस्थलबाट निकालेका हुन ।  मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी पर्ने अवस्था आएको छ । एकजना घाइते भएका छन् । थप बिबरण आउन बाँकी छ ।

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस