बुलन्द राष्ट्रिय साप्ताहिकको पौष २४ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष २४ गतेको अंक
चमत्कारले प्रस्ताव पास भएपनि कार्यान्वयन हुन्नः रायमाझी
चमत्कारले प्रस्ताव पास भएपनि कार्यान्वयन हुन्नः रायमाझी
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
नेकपा माओबादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संबिधान संशोधन प्रस्ताव पारित नहुुने बताउनुुभएको छ । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको चौथो नगरपरिषद् तथा बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा रायमाझीले ९० प्रतिशतले बनाएको संबिधान दुुई चार जनाले बिरोध गर्दैमा संशोधन नहुुँने बताउनुुभयो । ‘९० प्रतिशतले हस्ताक्षर गरेको संबिधान दुुई चार जनाले बिरोध गर्दैमा कसरी संशोधन हुुन्छ ?, रायमाझीले प्रश्न गर्दै भन्नुुभयो, ‘यो जनता र राष्ट्र हितमा छैन् ।’ रायमाझीले संबिधानको कसैले बिरोध गर्दैमा संशोधन हुने अवस्था नभएको जिकिर गर्दै चमत्कारले पास भएपनि प्रस्ताव कार्यान्वयन नहुने दाबी गर्नुभयो ।
रायमाझीले पाँच नम्बर प्रदेशलाई धेरै संघर्षबाट निर्माण गरिएको भन्दै यो प्रदेशमा हिमाल, पहाड, तराईको सम्मिश्रण भएको दाबी गर्नुभयो । संघियताका पक्षधर मधेशबादी दलहरुले पहिला एक मधेश एक प्रदेश र अहिले एक मधेश दुुइ प्रदेशमा झरेको भन्दै अब त्यो नारा पनि सफल नहुने दाबी गर्नुुभयो । ‘पहिला तराइलाई एक प्रदेश भन्ने माग राखियो, नसकेपछि अहिले दुुई प्रदेशमा पुुगेका छन्, पहाड र तराइलाई अलग गराउने कुरा संसारको कुुनै पनि संघियतामा लागुु हुुँदैन् ।’ अन्य प्रदेशमा मधेशलाई एक प्रदेश बनाउने सडयन्त्र पुरा नभएको भन्दै त्यसको झोक पाँच नम्बर प्रदेशमा पोखिएको रायमाझीको दाबी थियो । उहाँले केही नभएपछि जनतालाई केही देखाउँनै प¥यो भन्ने मनसाएले मधेशबादी दलले प्रस्ताव ल्याएको भन्दै समय फेरीएकाले जनताको भावना बिपरित आएको प्रस्ताव सफल नहुने बताउनुुभयो । रायमाझीले सरकारले मधेशी जनताको भावना भन्दा पनि सरकारको प्रतिबद्धतालाई पुरा गर्न प्रस्ताव दर्ता सम्म गरेर आफ्नो आवश्वासन पुरा गरेको तर्क गर्नभयो । उहाँले अब ८० प्रतिशत सफल भैसकेको भन्दै सर्वोच्चले समेत मध्यमर्गी बाटो देखाएको बताउनुुभयो । ‘हामी अब ८० प्रतिशत सफल भैसकेका छौँ, रायमाझीले भन्नुुभयो, अब सरकार पनि पछि हट्ने, आन्दोलनकारी प्रतिपक्षी दलहरु पनि प्रस्तावलाई टेवल गर्न दिँदा मध्यमार्गी बाटो हुुन्छ ।’ उहाँले अब सरकार पक्ष र प्रतिपक्ष दुुबै एक तह पछाडि हटेर प्रस्तावलाई टेवल गरेर चुुनावमा जानुुपर्ने बताउनुुभयो ।
चौथो नगरपरिषद्को उद्घाटन गर्दै नेता रायमाझीले सन्धिखर्क नगरपालिकाले राजनीतिक दल र स्थानीय बासिन्दाको मर्मलाई पुरा गर्नुुपर्ने बताउनुुभयो । उहाँले नगरपालिकामा बजेटको दृष्टिीले कमि भएको भएपनि समावेशिता र पद्धतिको हिसावले सहि भएको बताउनुुभयो । उहाँले नगरपालिकाको व्यवस्थापन गर्न सम्पूर्ण नगरबासी लाग्नुुपर्ने बताउनुुभयो । उहाँले विकासको लागि सहकार्य आवश्यक रहेको भन्दै नगरपालिकाको त्यो नै सुुन्दर पक्ष रहेको बताउनुुभयो ।
जिल्ला न्यायधिस केशवप्रसाद बास्तोलाले नगरपालिकाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षरण, सम्बर्धन गर्नुुपर्ने बताउनुुभयो । उहाँले जिल्लामा मात्रै नभई सुुपा देउराली, अर्घा भगवति लगायतका धार्मिक क्षेत्रहरुको पहिचान र विकासमा प्रमुुख प्राथमिकता दिनुुभयो । बास्तोलाले नीति तथा कार्यक्रम तय गर्दा मन्त्रालयको मर्म तथा ऐनलाई मात्रै नभई संबिधानलाई आधार मानेर तयार गर्नुुपर्ने सुुझाव दिनुुभएको थियो ।
प्रमुुख जिल्ला अधिकारी कृष्णबहादुर कटुुवालले स्थानीय तहको विकास बजेट समयमै खर्च गर्ने तर्फ सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो । कटुुवालले नगरपालिकाले सूपादेउरालीको व्यवस्थापनलाई प्राथमिकता दिनुुपर्ने बताउनुुभएको थियो । स्थानीय विकास अधिकारी प्रदीप पौडेलले नगरपालिकाले विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै वातावरण संरक्षण गर्दै सुन्दर, शान्त र हराभराको परिकल्पनालाई पुरा गर्नुुपर्ने बताउनुुभयो । एकघर एक बिरुवाको अवधारणालाई नगरपालिकाले लागुु गर्नुपर्ने उहाँको सुुझाव थियो ।
नेपाली कांग्रेस जिल्ला सभापति बिष्णुु प्रसाद खनाल मुुस्कानले नगरक्षेत्रको योजना समावेश गर्दा बिभिन्न स्थानमा साना योजनालाई पनि समावेश गरिएको बताउनुुभयो । उहाँले कर्मचारी व्यवस्थापनमा सबैको ध्यान केन्द्रित गर्दै सेवा प्रवाहलाई छिटो छरिटो बताउनुुपर्ने बताउनुुभयो । अखण्ड पाँच नम्बर प्रदेश संयुुक्त आन्दोलन संघर्ष समितिका संयोजक समेत रहेका मुुस्कानले आगामी २७ गते जिल्लामा हुुने बिशाल जनसभालाई सफल पार्न सहयोग गर्न आग्रह समेत गर्नुभयो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले मुुलुुकमा भौतिक विकासले मात्रै अर्थ नराख्ने भन्दै चेतनाको विकासलाई प्राथमिकता दिनुुपर्ने बताउनुुभयो । आचार्यले नरपालिकाले बिभिन्न खालका योजना समावेश गरेको भन्दै नगरपालिकाको पहिचान हुुने गरी नीति तथा कार्यक्रम तय गर्नुुपर्ने बताउनुुभयो । उहाँले मुलुुकको समसामयीक परिस्थतीका प्रसङ्ग उल्लेख गर्दै जन भावना बिपरित पेश भएको संबिधान संशोधन प्रस्ताव पास हुुन नदिने बताउनुुभयो । नेकपा माओबादी केन्द्रकी जिल्ला सह–संयोजक छमकुमारी खनाल चिनारीले नगरपालिकाले सेवा प्रबाहलाई प्राथमिकताका साथ आफ्ना कार्यकलाप सञ्चालन गर्नुपर्ने बताउनुुभयो ।
कार्यक्रममा राप्रपाका जिल्ला संयोजक दिपक कुवँर, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सदस्य सागर केसी, जनमुुक्ती पार्टीका टुुकबहादुर चेवाली, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, परिवार दलका डिल्लीराज भुुसाल, नयाँ शक्तिका गोकर्ण थापा, अर्घाखाँची उद्योग बाणिज्य संघका महासचिव नेत्र भुुसाल लगायतले मन्तब्य राख्दै नगरपालिकाले जनतालाई दुुःख दिएर भन्दा पनि छिटो छरिटो सेवा दिएर कार्यसम्पादन गर्नुुपर्ने बताउनुुभएको थियो ।
चौथो नगरपरिषद् तथा बजेट बक्तब्यमा कार्यकारी अधिकृत रामजी जोशीले २४ करोड, ६९ लाख ५७ हजार बराबरको बजेट बक्तब्य तथा नीति तथा कार्यक्रम सार्वजनीक गर्नुुभएको थियो । जसमा पुुजीगत तर्फ ५० लाख ६० हजार, पुजीँगत निशर्त तर्फ ३ करोड ६६ लाख ६२ हजार, शसर्त १ करोड ७८ लाख ६३ हजार, आन्तरिक श्रोत चालुु पुँजीगत तर्फ १ करोड ६० लाखको बजेट बक्तब्य प्रस्तुुत गर्नुुभएको थियो । यस्तै राजस्व बाडबाफ पुुँजीगत तर्फ ७५ लाख स्थानीय शासन तथा सामुुदायिक विकास कार्यक्रम अन्र्तगत चालु २६ लाख ७२ हजार, सडक बोर्ड नेपालको पुुँजीगत १२ लाख, सामाजीक सुरक्षा चालुु १५ करोडको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुुभएको थियो । जोशीले नगरपालिकाले नगरबासीको चाहानालाई प्राथमिकता दिएको बताउनुुभएको थियो । सोही अवसरमा नगरपालिकालाई सञ्चारको क्षेत्रमा सहयोग गरेको भन्दै जिल्ला स्थित सञ्चारकर्मीलाई नगद सहित सम्मान गरेको छ । सम्पानीत हुने पत्रकारहरुमा नबीक केसी, रुद्रमणि भुसाल, जितेन्द्र खत्री, मुक्तिनाथ भुसाल, माधव बेल्बासे रहेका छन् । कार्यक्रम सव इन्जिनियर नारायण पोख्रेलको सञ्चालन, सिता बिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । नगरपालिकाले चालुु आर्थिक वर्षमा नगरपालिका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र सम्बद्धनमा जोड दिएको छ । नगरपालिकाले कार्यकारी अधिकृत जोशी सहित केही उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ । सन्धिखर्क नगरपालिका २०७१ जेठ २ गते स्थापना भएको थियो । जसमा साँत वटा गाविसलाई समावेश गराई १५ वटा वडामा बिभाजन गरिएको छ ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस