सन्धिखर्क १२ मा कटाई सिलाई र साबुन बनाउने तालिम सुरु
चैत्र १३ डिभर्ना अर्घाखाँची
लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले महिलाहरुको आत्मनिर्भरता सम्बृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको आयोजना तथा सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था सन्धिखर्क नगरपालिका वडा नं १२ को समन्वयमा भएको महिलाहरुका लागि ३ महिने कटाई सिलाई तालिमको उद्घाटन गर्दै आचार्यले महिलाहरुको परनिर्भरतालाई शुन्यमा लैजानु पर्नेमा जोड दिनुभयो ।
१५ दिने साबुन र सिलाई कटाई तालिमको संयुक्त रुपमा उद्घाटन गर्दै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष समेत रहनुभएका नेता आचार्यले परिवारका सबै सदस्य आयआर्जन र आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कृष्टिना एण्ड कृष्टल इन्टरनेश्नल कन्सलटेन्सी तालिम प्रदायक रहेको कार्यक्रममा उहाँले लुम्बिनी प्रदेश सरकारले महिला तथा युवाहरुका लागि आय आर्जन र आत्मनिर्भर बनाउन बिभिन्न सीपमूलक तालिमको व्यवस्था गरेको बताउनुभयो । सिकेको सीपलाई व्यवहारमा उतार्ने गरी लाग्न जोड दिदै नेता आचार्यले सहकारीको माध्यमबाट जीवीकोपार्जन र सम्बृद्ध वडा बनाउने अभियानमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो । अर्को फरक प्रसंङ्गमा नेता आचार्यले सनपा १२ लाई खानेपानी, शिक्षा, स्वास्थ्य र विकासका आधारभूत पूर्वाधारको हिसावले कुनै कुरामा पछाडी नपार्ने गरी चालिएको संघ प्रदेशको कदमलाई अझ बृद्धि गरिने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख नरेन्द्र बेल्बासेले लुुम्बिनी प्रदेश सरकारले महिलाहरुका लागि सिप विकास र आय आर्जनमा प्राथमिकता दिएका कारण सनपा १२ बासीले तालिमको अवशर पाएको बताउनुभयो । उहाँले सूर्योदय बहुउद्देश्यीय सहकारीले वडाभित्रका महिला तथा युवाको मागलाई सम्बोधन गरेको भन्दै प्रभावकारी समन्वयले आगामी दिनमा समेत सहकार्य गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं १२ का वडा सदस्य तथा कार्यपालिका सदस्य हिमकला टमाटा, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवलाल श्रेष्ठ, ऋण उपसमिति सदस्य मधुकुमार श्रेष्ठ, सहकारीका सल्लाहकार नगेन्द्र खनाल, नेकपा एमाले जिल्ला कमिटि कार्यालय सदस्य जनार्दन खनाल लगायतले तालिम सफताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सहकारीका पार्वता श्रेष्ठले स्वागत मन्तब्य, सिएण्डसी कन्सलनेन्सीका कार्यकारी निर्देशक ठाकुर घिमिरेले कार्यक्रमको बिषयवस्तु माथि प्रकाश पारेको कार्यक्रममा कन्सलटेन्सीका अध्यक्ष धर्मराज घिमिरेको अध्यक्षता र सहकारीका बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमाले भुमिकास्थान नगरकमिटि अध्यक्ष राजेन्द्र आचार्य, युवा संघका केन्द्रीय सदस्य भेषराज क्षेत्री, सिलाई कटाई प्रशिक्षक माया आले, साबुन सरप प्रशिक्षक दीपा श्रेष्ठ, सहकारीका सचिव प्रकाश श्रेष्ठ, डार्बिन बस्याल लगायतको आथित्यता रहेको थियो ।
२०÷२० जना सहभागी रहेको कटाई सिलाई ३ महिना र साबुन सरप बनाउने तालिम १५ दिन सम्म चल्ने छ
जनवरी ४, टोकियो ।
अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनबाट बाबुराम पौडेल अध्यक्षमा चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । अर्घाखाचीको डिभर्ना जन्मनुभएका पौडेल जापान प्रवेश संगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०-०२२ का लागि अध्यक्ष बन्नुभएको हो । उहाँले आफनो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दु:ख र सु:खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो ।
२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण के .सी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के.सी , केतकला आले चयन हुनुभएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ-आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।
समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गाएक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।
हिंदू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ । यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन् । यसको उज्यालोले दु:ख कस्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ । यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ ।
दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाईन्छ ।
धार्मिक कारण
दियो/उज्यालो ज्ञानको प्रतिक हो । पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो । हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ ।
आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ । यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ । त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ ।
बैज्ञानीक कारण
गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ । यो घ्युको दियो बाल्नाले घ्यु आगोको संपर्कमा आएर बातावरण नै सुद्द/पवित्र बनाउछ । दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र ।
दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र
दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।
दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ
दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ ।दियो पश्चिम फर्काएर राख्नले दु:ख बड्छ ।दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हानी हुन सक्छ ।दियोको प्रकाश आउने भाग/मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला ।
– गणेश पाण्डे
काठमाडौँ, २१ साउन । अधिकांश जनताको अपेक्षा भन्दा फरक मतपरिणाम निकाल्दै भरतपुर महानगरपालिकाको निर्वाचनको महासंग्राम अन्ततः सकिएको छ ।
नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै माओवादी र काँग्रेसबाट साझा उम्मेदवार बनेकी रेणु दाहाल मेयरमा निर्वाचित भएकी छिन् । थोरै मत अन्तरले भने पनि जित्ने आशमा रहेका एमालेका देवी मतपरिणामपछि आफै आश्चर्यमा परेका छन् ।
भरतपुरबासीले न्याय दिने आशमा बसेका उनी अझै आत्तिएका भने छैनन् । चुनावको हार स्वीकार्दै देवीले शनिबार साँझ टेलिफोनमा दैनिक नेपालसँग भने– ‘जनतालाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न खोज्दा अनेक जालझेल, षडयन्त्र र राज्यसत्ताको दुरुपयोग गरियो । मैले चुनाव हारे पनि जनताको मन जितेको छु । देश विदेशमा रहेका थुप्रै नेपालीको समर्थन र ऐक्यबद्दता पाएको छु ।’
देवी दृढ छन् –‘मैले जनताबाट जुन माया, सदभाव र समर्थन पाएको छु, सँधै उहाँहरुकै बीचमा रहेर उहाँहरुको पीरमर्का र आवाजलाई रहनेछु।’
‘आखिर किन हारियो त चुनाव ?’ दैनिक नेपालको प्रश्नमा देवीले पाँच वटा कारण बताउन चाहे ।
चुनाव हार्नुको पाँच कारण, देवीकै शब्दमा:
पहिलो,
राज्य सत्ताको चरम दुरुपयोग भयो । हामीले जितिसकेको ठाउँमा मतपत्र च्यात्ने काम भयो । त्यो षडयन्त्र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको योजनामा बालुवाटारबाटै बनाइयो । हामी ५१ मत अन्तरले मात्रै पछाडि रहेको १९ नम्बर वडामा यसपटक चुनाव गर्दा जे परिणाम आयो, त्यतिबेला मतपत्र च्यात्नुको उद्देश्य पूरा भएको प्रष्टै देखाएको छ ।
दोस्रो,
यो षडयन्त्र कार्यान्वयन गर्नका लागि जनताको बीचमा राज्यको स्रोत साधनको व्यापक दुरुपयोग गरियो । त्यसको कुनै पनि लेखाजोखा नै छैन् ।
तेस्रो,
एमालेले देशभर चुनाव जितेका कारण पनि काँग्रेस आत्तियो । यसअघि भोट दिएका काँग्रेसका समर्थकलाई पनि यसपालि रोकियो । काँग्रेसभित्रको पनि अन्तरविरोध हटाउन निकै ठूलो मेहनत गरियो । पार्टीभित्रै असन्तुट रहेका अनि माओवादीलाई भोट दिन नचाहेका काँग्रेस समर्थक जनतालाई यसपटक अनेक गरेर भोट हाल्न लगाइयो ।
चौंथो,
चुनाव जित्नका लागि करोडौँ रुपैँया बाँडियो । चुनावको अघिल्लो दिन रेणुजीकै उपस्थितिमा भरतपुर १९ मा करोडौँ रुपैँया बाँडियो । यो कुरा मैले स्थानीय प्रशासनलाई पनि जानकारी गराएँ । तर, स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा पैसा बाँड्ने काम भयो । हामीले जनताको लोभलालच रोक्न सकेनौँ । पुनः निर्वाचनमा निकै ठूलो रकम बाँडिएको प्रमाण हामीसँग छ ।
पाँचौं,
मलाई, मेरो परिवार र मेरा साथीभाई अनि समर्थकलाई फसाउन धेरै षडयन्त्र भयो । हाम्रो बेइज्जत गर्ने अनि जनतामा भ्रम फैलाउने काम गरियो । चुनावको दुई दिन अघि मेरो कान्छो छोरा निरबमाथि साइबर अपराधको मुद्दा लगाएर हाम्रोविरुद्ध भ्रम फैलाउने र दुःख दिने काम भयो । मलाई फसाउन नसकेपछि छोरालाई फसाइयो ।
प्रचण्डको टाउकोमा अर्कैको टाउको जोडेर साइबर अपराध गर्नेहरुलाई खोजबिन गरिएन । यो भन्दा देशमा धेरै ठूला अपराधका घटना भएका छन्। तर त्यसलाई खोजबिन नगर्ने प्रहरीले मतपत्र च्यातेको विषयलाई मेरो छोराले प्रतिवाद गरेको विषयमा निरबलाई फसाउने काम गरियो । चुनाव नहुँदासम्म मुद्दा अगाडि बढाइएन, तर चुनाव हुने भएपछि मेरो छोरालाई फसाउने काम भयो ।
खैर, चुनावले धेरै पाठ सकिएको छ । जनताको बीचमै रहने र उहाँहरुकै दुःख, सुखमा साथ दिने थप उर्जा मिलेको छ ।
Form Dainiknepal.com
स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहने देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ ।
अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’
२. आत्मसमर्पण
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला–महिला सेक्स
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहना
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी वा समुन्द्री किनार
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६. निर्वस्त्र हुने चाहना
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ ।
७. सभ्य बलात्कार
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुम मस्ती
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रात
दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । एजेन्सीको सहयोगमा
नयाँशक्ति पार्टि नेपालले भुमेका स्थान नगरपालिकामा चुनाबि भेट घाटलाई तिब्रता दिईएको छ । शुक्रबार भुमेका स्थानको खिल्जी ,असुरकोट र नुवाकोटमा घरदैलो तथा कोण सभा समपन्न गरेको छ । मतदातालाई मत राख्ने तरिका ,मत पट्याउने ,स्वस्तीक चिन्ह बाट छाप हान्ने बिषयमा समेत सचेतना शिक्षा समेत दिएको छ । नयाँशक्ति पार्टिको तर्फबाट भुमिकास्थान नगरपालिकाको मेयर पदका उम्मेद्वार प्रेम बन्जाडेले यस नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने योजनका साथ आफनो उम्मेद्वारी भएको बताए । जनताले देशमा गफ भन्दा पनि आर्थीक सम्बृद्धि चाहेकोले त्यो कुरा नयाँ शक्ति पार्टि संग मात्र भएको बताएका छन ।
देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलित,
अर्घाखाँचीमा पनि अकस्मिक बाहेकका अन्य सेवा ठप्प
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
स्वास्थ्य सेवा ऐनको दफा ९ ख को उचित व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले लामो समय देखि आन्दोलन गर्दा पनि आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारी देशभर आन्दोलनमा उत्रिएका हुन् ।
संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा समेत आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । उनीहरुले जिल्ला स्वास्थ्य कार्यलयको प्रवेशद्धारमा कालो व्यानर सहित धर्ना दिएर सेवा ठप्पा पारेका हुन् । स्वास्थ्यकर्मीहरुले आफ्ना मागहरु सरकारले सुनुुवाई नगरे चरणबद्ध आन्दोलन गर्ने समेत बताएका छन् । भोलि देखि जिल्ला तथा राष्ट्रिय स्तरमा हुुने तालिम, गोष्ठी, रिपोटिङ्ग र खोप सेवा समेत बन्द गरिने नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा संयुक्त बिज्ञप्ती जारी गरी बिरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । बिज्ञप्तीमा नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष पूर्णप्रसाद पराजुली, नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे, राष्ट्रिय स्वास्थ्यकर्मी संघका शिबप्रकाश जिसी, नेपाल स्वास्थ्यकर्मी युनियनका मिनराज पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।
स्वास्थ्यकर्मी धर्नामा : देशभर इमर्जेन्सीबाहेकका सेवा बन्द
काठमाडौं – स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको खबर आजको कान्तिपुरमा छ ।
अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् ।
उनीहरुले गत माघ २५ गते देखि नै देशभरका स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गर्नुका साथै राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
बसन्त श्रेष्ठ ‘छापेली’
१९ माघ, अर्घाखाँची
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि अर्घाखाँचीको बैठक बुधवार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले आसन्न जिल्ला कमिटिको २१ औँ जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिको समेत गठन गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य जर्नादन खनालको प्रमुख आथित्यता रहेको कार्यक्रममा अनेरास्वबियु केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भरत न्यौपानेको बिशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति खनालले आसन्न जिल्ला अधिवेशन एकताको अधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुुभयो । खनालले बिद्यार्थी पार्टीको आधार शिला भएको भन्दै सम्पूर्ण बिद्यार्थीहरुलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुुभयो । बिशिष्ठ अथिती भरत न्यौपानले अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने बताउनुुभयो । न्यौपानेले सम्पूर्ण जिल्ला कमिटिका नेताहरुलाई सम्मेलनलाई सफल पार्न आ—आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गर्नुभयो ।
बैठकले जिल्ला सम्मेलनलाई सफल पार्न बिभिन्न उपसमिति समेत गठन गरेको छ । जस अनुसार प्रदिप नेपालीको संयोजकत्वमा नारायण भुसाल, कृष्ण भुसाल, नबीन केसी लगायतका सदस्य रहने गरी आर्थिक व्यवस्थापन उपसमितिको गठन गरेको छ । त्यस्तै नारायण भुसालको संयोजकत्वमा नबीन केसी सहसंयोजक रहने गरी प्रतिनिधी व्यवस्थापन उपसमितिको गठन गरेको छ । बैठकले लेखनाथ आचार्यको संयोजकत्वमा ठाकुर भुसाल, मोहन भुसाल, सिर्जन भुसाल, सागर परियार, राजु खनाल, बिराज मुखिया, सिमा केसी प्रकास राउत, रञ्जित परियार लगायतका रहेको १२ सदस्सीय स्वयम सेवक परिचालन उपसमितिको गठन गरेको छ । त्यस्तै कृष्ण पाण्डेको संयोजकत्वमा प्रमोद ज्ञवाली, गीतारम बिष्ट, प्रकाश गौतम लगायतका रहेको खाद्य तथा आवास उपसमिति गठन गरिएको छ । त्यस्तै बसन्त श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा सागर परियार, बिष्णुु ठकुरी लगायतका रहनुभएको छ । बैठकले सागर परियारको संयोजकत्वमा सास्कृतिक उपसमितिको समेत गठन गरेको छ । जसको सदस्यहरुमा मोहन भुसाल लगायतका रहनुभएको छ ।
बुधवार बसेको बैठकले जिल्लाभरबाट छनोट भएका १ सय ३० प्रतिनिधीलाई अनुुमोदन गरेको प्रचार बिभाग संयोजक तथा जिल्ला कमिटि सदस्य बसन्त श्रेष्ठले जानकारी दिनुुभयो । अनेरास्वबियुुको २१ औँ जिल्ला सम्मेलन आगामी माघ २१ र २२ गते सन्धिखर्कमा हुुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीले जानकारी दिनुभयो । अधिवेशनले नयाँन नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष प्रदिप नेपाली, जिल्ला कमिटि सदस्यहरु नबीन केसी, नारायण भुसाल र कृष्ण पाण्डे आकांक्षी देखिएको श्रोतको भनाई छ । अधिवेशनको मिति नजिकिएसँगै जिल्लामा नेतृत्वको बिषयले निक्कै चर्चा पाउन थालेको छ । अहिलेको अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने पक्षमा पार्टी पंक्ती लागेको एक नेताले जानकारी दिएका छन् । अधिवेशनबाट कसको नेतृत्वमा जिल्ला कमिटि जाने भन्ने बिषयमा भने हाल सम्म पार्टी पक्ती केही नबोलेको श्रोतको भनाई छ ।
बुलन्द
अर्घाखाँची— सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगितमा विकृती देखा पर्न थालेको बताए । उनले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उनको तर्क छ । सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले लेयाको प्रस्ताब कुनैपनि हालतमा स्विकाया नहुने धारणा बेक्ता गरे ।
वरिष्ठ गायिका कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने बताइन् । छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारको जोड हुनुपर्ने उनको भनाई छ ।
।संचारकर्मी समेत रहेकी ओली ले आफु बिशोका ८० भन्दा बढी मुलुकको कला र सस्कृतिको नजिक बाट बुझिको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइ रहेको देख्दा चिन्ता बेक्त गरिन । कला र सस्कृति देशको पहिचान भयको हुदा एसको जगरना गर्नु सबैको दाइत्यो रहेको बताइन ।
अर्को कलाकार रिता कंडेलले कलाकारितामा भविष्य उज्वल रहेको बताइन ।
कार्यक्रम रिपोर्टस क्लबका अद्क्ष्य रामकुमार क्षत्रीको अध्यक्षता र बिरेन्द्र के सी को संचालनमा सम्पन्न भयको थियो ।
अर्घाखाँची महोत्सवमा कोमल ओली र बद्रील दोहोरी गीत गाएका थिए । गीतमा
कोमल ओली संग बद्री पंङ्गेनीले भान्जा खेलाउने मन छ भने पछि ९भिडियो सहित०
बसन्त श्रेष्ठ ‘छापेली‘
बुलन्द, अर्घाखाँची
नेपाल सरकारका उर्जा मन्त्री जर्नादन शर्मा सहभागी कार्यक्रममा ढुुङ्गमुुडा भएको छ । अर्घाखाँचीमो सुुरुभएको
अर्घाखाँची औद्योगिक महोत्सवको उद्घाटन गर्न पुुगेको मन्त्री सहभागी कार्यक्रममा ढुुङ्गमुुडा भएको छ । नेकपा माओबादी केन्द्रका नेता जर्नादन शर्मा सँगै सहभागी रहेको जिल्लाकै पूर्व सांसद ढिलाराम आचार्यले पाँच नम्बर प्रदेश टुुक्राउनुुपर्ने अभिव्यक्ति दिएलगत्तै हजारौको संख्यामा सहभागीले ढुुङ्गमुुडा गर्दै आचार्यलाई माफी माग्न आग्रह गरेको थिए । आचार्यले माफी नमागेपछि उपस्थित मासले उनीमाथी ढुुङ्गा मुुडा गर्दै कालोमोसो दल्नुपर्ने माग गरेका हुुन् । https://youtu.be/wwtMWNzeEkM
स्थती तनाबग्रस्त भएपछि कडा सुरक्षाकाबीच उर्जा मन्त्री जनार्दन शर्मालाई कार्यक्रमस्थलबाट प्रहरीले बाहिर ल्याएको थियो । तर माओबादी केन्द्रका नेता डिलाराम आचार्यलाई भने उपस्थित जिल्लाबासीले यो समाचार चयार पर्दा सम्म घेरामा राखेका छन् । अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।
यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री जनार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् । सन्धिखर्क्िस्थत ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।
सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए । स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रमस्थलबाट निकालेका हुन । मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी पर्ने अवस्था आएको छ । एकजना घाइते भएका छन् । थप बिबरण आउन बाँकी छ ।
शहरी विकासमन्त्री अर्जुन तर्सिंंह केसीको जीनि सचिभाालयले ‘खैनी काण्डको’ खण्डन गरेको छ । आजको संसद बैठकमा मन्त्री केसीको अस्वाभाविक भिडियो भाईरल बनेपछि सामाजिक सञ्जालमा महाप्रलय आएको थियो । प्रलयलाई रोक्न सोमबार अबेर खण्डन सहितको उक्त बिज्ञप्ती निकालिएको हो ।
‘मन्त्रीज्यूको भिडियोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रीका खैनी सचिब बलवान केसीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अगाडी भनिएको छ, ‘उहाँले खाएको खैनी भएपनि फालेकोचाहीं खैनी नभएको जानकारी गराउदछु ।’ क्यामेरा पर्सनप्रति आक्रोष ब्यक्त गरिएको बिज्ञप्तीको अन्तिममा भनिएको छ, ‘मन्त्रीज्युले खैनी हैन, ईज्जत फाल्नु भएको हो ।’
भिडियोमा देखिए अनुसार, संसद बैठक चलि रहेका बेला मन्त्री केसी शुरुमा खसीले घाँस चपाएजस्तो चपाउंदै देखिन्छन् । त्यसपछि रांगाले अघाएर उग्राएजस्तो गर्दै आफ्नै हातमा झारफुक गरेझैं देखिन्छन् । । अन्त्यमा,हातको चिजलाई हस्तान्वीरले सिङ्गानवीरलाई पछारेझैं भुईंमा पछारेको दृष्य भिडियोमा देखिन्छ ।
पार्टीले आधिकारिक रुपमा यस बारेमा केही बोलेको छैन । तर, नाम नबताउने शर्तमा कांग्रेसका नेता बेनाम समाजवादीले Bulandanews.com लाई भने, ‘हाम्रा नेतालाई खैनी र बैनी छुटाउनै सकिएन, क्यार्नी होला !’
इमान्दार, कर्तव्यनिष्ट, स्वच्छ छविका र नागरिक प्रति जवाफदेही कर्मचारीहरु मध्येबाट उत्कृष्ट एकजना छनौट गर्ने क्रममा कूल ८३२ प्रतिस्पर्धीबाट छनौट भै उत्कृष्ट पाँच भित्र पर्नुभएको छ >
अर्घाखाँची जुकेना स्थायी घर भै हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भूकम्प पश्चातको पुनर्निर्माणमा सार्वजनिक बिदा तथा दिनरात नभनी खटिरहनु भएका डा. भीष्मकुमार भूसाल। भ्रष्टाचार बिरुध्दका अभियन्ता समेत रहनुभएका उहाँले सो को लागि २०१३ मा हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार समेत प्राप्त गर्नुभएको छ।
भ्रष्टाचार विरुध्द ''वाचा गर्छु'' शीर्षकमा र पुनर्निर्माणमा जुट्न आव्हान गर्दै ''अब उठ जाग'' तथा ''यो प्रण यो समर्पण'' नामक म्यूजिक भिडियो समेत बनाउनु भएका उहाँको पेशा प्रतिको निष्ठा र समर्पण प्रशंसनीय छ। यस्ता राष्ट्रसेवकलाई प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य पनि हो। उहाँलाई जिताउनको लागि मोबाइलबाट एसएमएस भोटिङ्ग गर्न तथा अनलाइन भोटिङ्ग समेत गर्न सकिन्छ।
मोबाइलबाट भोटिङ्गका लागि IIN 01 (आइआइएन लेखेर स्पेश दिने अनि शून्य एक टाइप गर्ने) टाइप गरेर 34001 मा पठाउनु पर्छ भने अनलाइन भोटिङ्ग गर्न http://www.integrityidol.org/countries/nepal/ मा क्लिक गरी उहाँको नामसँगै लेखिएको Vote भन्ने शब्दमा क्लिक गर्नुपर्छ। उहाँलाई भोट गरी देशमा सुशासनलाई प्रोत्साहन गरौ।
११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पेलेरै जाने अडानमा रहेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही नरम बनेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको कढा अडान र पार्टी भित्रकै केही नेताहरुको चेतावनीपछि उनी केही नरम बनेका हुन् ।
मधेसी नेतालाई खुशी बनाउँन मुलुकको प्रमुख पदमा अङ्गीकृत नागरिक निर्वाचित हुन नपाउने व्यवस्थालाई केही सहज बनाउँने व्यवस्थासहित संसद्मा संशोधन दर्ता गराउँने तयारीमा रहेका प्रचण्डले त्यसबाट पछि हट्ने संकेत गरेका छन् ।
कास्की जिल्लाको विकासनिर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेको नेकपा माओवादी केन्द्रका प्रतिनिधिमण्डलसँग उनले यस्तो संकेत गरेका हुन् । त्यति मात्र होइन उनले संविधान संशोधन भएपछि पनि अङ्गीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका कुनै पनि पदमा निर्वाचित हुन नपाउने स्पष्ट पारे ।
सीमांकनका विषयमा पनि उनले नरम बन्ने संकेत गरे । विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोज्ने प्रयासमा आफू रहेको उनले जानकारी दिए ।
संसद्मा दर्ता गर्ने भनिएको संशोधन प्रस्तावमा प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई अलग गर्ने र नवलपरासीदेखि वर्दियासम्मलाई प्रदेश नम्बर–४ बनाउने उल्लेख गरेको भन्दै तीव्र विरोध हुँदै आएको छ । प्रचण्डकै पार्टीका नेता टोपबहादुर रायमाझीलेसमेत प्रदेश नम्बर–५का पहाडी जिल्ला अलग गर्ने प्रस्ताव ल्याए विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि त्यो विषयमा पनि प्रचण्डले पछि हट्ने संकेत गरेका हुन् ।
उनले संविधान संशोधनका विषयमा बजारमा अनेकौँ हल्ला चल्ने गरेका भन्दै ती सत्य नभएको पनि दाबी गरे । ‘सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ तर संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको नागरिक मात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ,’ उनले भने, ‘अङ्गीकृतले पाउँदैनन्, तथ्य नबुझेर केही मान्छे गलत प्रचार गराउन लागिपरेका छन् ।’
काठमाडौं, मंसिर १७ – सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै ठूला तीन दलका केन्द्रिय नेताको उपस्थितिमा बुटवलमा बिशाल प्रदर्शन भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमसहित माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सम्बोधन गरेको सभामा भाग लिन गाउँ गाउँबाट सर्वसाधारणहरु बुटवल आएका थिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकारले संशोधन विधेयक ल्याएको भए पनि पार्टीकै केन्द्रिय नेता तथा कार्यकर्ता त्यसको विरोधमासडकमा उत्रिएका हुन् । एमालेले भने संशोधन प्रस्तावको विरोधमा सडक र सदनबाट आन्दोलन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
पाँच नम्बर प्रदेशका पहाडका जिल्ला छुटाइएको भन्दै बुटवलसहित, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम र रोल्पामा प्रदर्शन भइरहेको छ । प्रदर्शनका कारण यी जिल्लामा उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात सेवा बन्द छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा पनि गाडी चलेका छैनन् ।
यस्तै नेकपा एमालेनिकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै बिहान देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ ।
सरकारले संविधान संशोधनका लागि मंगलबार संसद् सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमलाई प्रदेश नम्बर ४ मा राख्न प्रस्ताव गरेपछि त्यसको विरोध भइरहेको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै ठूला तीन दलका केन्द्रिय नेताको उपस्थितिमा बुटवलमा विशाल प्रदर्शन भएको छ ।