बुलन्द राष्ट्रिय साप्ताहिकको माघ २ गतेको अंक

बुलन्द राष्ट्रिय साप्ताहिकको माघ २ गतेको अंक 
बिहिवार देखि अर्घाखाँची महोत्सव सुरु
ऊर्जामन्त्री शर्मा सहभागी कार्यक्रममा ढुुङ्गामुुडा, संबोधन नगरी फिर्ता
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची 
निक्कै भब्य र शानदार तयारीमा बिहिबार देखि सुुरु हुुन लागेको अर्घाखाँची महोत्सवको तयारी हुँदै थियो । लामो समयमा हुुन लागेको हुनाले पनि महोत्सवमा धेरैका नजर केन्द्रित थिए । जिल्लाका केही संस्थाहरुको नाम देखाएर अर्घाखाँची औद्योगिक महोत्सवको तयारी भएपनि आयोजकले तामझामका साथ पौष २८ गते बुुधवार कार्यक्रमको उद्घाटन गर्न उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरलाई हेलिकप्टर चार्टर समेत गरी जिल्ला प्रवेश गरायो । कार्यक्रम सुुरु पनि भयो । केही नेताहरुले आ–आफ्ना मन्तब्य पनि राखे । तर जब मन्तब्य राख्ने पालो आयो पूर्व सांसद तथा हाल नेकपा माओबादी केन्द्रिय कार्यालय सदस्य ढिलाराम आचार्यको । सुुरुमा कार्यक्रमको सफलता बताउन थालेका उनले बिस्तारै राजनीतिक प्रसङ्ग कोट्याउन थाले, सँगै संबिधान संशोधन र पाँच नम्बर प्रदेशको बिखण्डनको कुरा पनि । जब आचार्यको मुुखबाट फुुत्किहाल्यो, ‘पाँच नम्बर टुुक्रेर केही हुुँदैन्, नेपाल टुुक्रिनुु हुुन्न, के १४ अञ्चल ७५ जिल्ला टुुक्रेको होइन, हाम्रा गाविस, जिविस अनि वडा टुक्रेका होइनन्?’ हजारौको संख्यामा सहभागीले पनि भन्न थाले ‘डिलाराम चोर देश छोड, भारतीय दलाल मुुर्दाबात’ सेकेण्डमै स्थीति तनाब ग्रस्त बन्यो । दर्शकले उर्जा मन्त्री जनार्दन शर्मा लगायतका मानिसहरु रहेको मञ्चमै ढुुङ्गा हिर्काउन थाले । त्यतिञ्जेल नेता आचार्यले आफुुले बोल्दै गरेको मञ्चबाट पछाडि हटीसकेका थिए । 
लामो समयको अन्तराल पछि सुरुभएको महोत्सव धेरैको अगाडि अबिस्मरणीय क्षण भन्दा पनि सम्झन मन नलाग्ने क्षण बन्यो, जिल्लाको महोत्सव स्थल । एकाएक मञ्चमा ढङ्गा बर्सन थालेपनि नेपाल प्रहरीले मञ्चमा रहेका उर्जा मन्त्री शर्मालाई सुुरक्षा प्रदान गरे । लामो समयसम्म नेपाल प्रहरीको सक्रियतामा स्थीती मत्थरपार्ने प्रयास गरियो । तर स्थीति सोचेजस्तो मत्थर हुन सकेन । बिचैमा मन्त्री शर्मालाई मञ्चबाट प्रहरीको कडा सुरक्षाबाट बाहिर निकालियो र काठमाण्डौ पठाइयो । तर आचार्यलाई भने दर्शकले माफी नमागी डग्न समेत दिएनन् । एकोहोरो नाराबाजी र ढुुङ्गामुुडा मात्रै जारी राखे । 
नेता आचार्यको जिल्लाको आन्दोलन बिपरितको अभिव्यक्तिका कारण उर्जा मन्त्री जर्नादन शर्मा सहभागी कार्यक्रममा ढुुङ्गामुुडा प्रहार भएको हो । अर्घाखाँची महोत्सवको उद्घाटन कार्यक्रममा शर्मासँगै  सहभागी  नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव जायज भएको बताउँदै पाँच नम्वर प्रदेश विभाजन गर्नु स्वभाविक भएको तर्क राखेपछि कार्यक्रममा उपस्थित भएका स्थानीयले  ढुङ्गा मुडा प्रहार गरका थिए । अर्घाखाँची क्षेत्र नम्वर १ का पूर्व सांसद समेत रहेका आचार्यले संघियता स्वीकार गरि हस्ताक्षर गर्नेहरुले नागरिकको कमजोर मानसिकतामा टेकेर राजनीति गरेको बताएपछि स्थानीयले नारावाजी गर्दै उर्जा मन्त्री शर्मा सहभागी मञ्चमा ढुङ्गा प्रहार गरका हुन् । स्थानीयको ढुङ्गा प्रहारबाट मन्त्री शर्मालाई कुनै चोटपटक नलागेपनि अन्य घाइते भएका थिए । घट्नामा सन्धिखर्क १० किमडाँडाका   मानबहादुर भुसाल र सन्धिखर्क १५ का प्रेम खड्का घाइते भएका थिए ।
नेकपा माओबादी केन्द्रका नेता जर्नादन शर्मासँगै सहभागी रहेका जिल्लाकै पूर्व सांसद डिलाराम आचार्यले पाँच नम्बर प्रदेश टुुक्राउनुुपर्ने अभिव्यक्ति दिए लगत्तै हजारौको संख्यामा सहभागीले ढुुङ्गमुुडा प्रहारगर्दै आचार्यलाई माफी माग्न दवाब दिएका थिए । आचार्यले माफी नमागेपछि उपस्थित मासले उनीमाथी ढुुङ्गा मुुडा गर्दै कालोमोसो दल्नुपर्ने माग समेत गरेका थिए ।
संबोधन नगरी मन्त्री शर्मा काठमाण्डौ फिर्ता
स्थिती तनाबग्रस्त भएपछि कडा सुरक्षाका बीच उर्जा मन्त्री जनार्दन शर्मालाई कार्यक्रमस्थलबाट प्रहरीले बाहिर निकालेको थियो । उर्जा मन्त्री शर्मा कार्यक्रममा मन्तब्य नराखी कडा सुरक्षाका बीच बाहिरिएपनि नेता आचार्यलाई प्रदर्शनकारीले बाहिर निस्कन दिएनन् । तनाव जारी रहेपछि आचार्यले उपस्थित जनता समक्ष आफू जनताको पक्षमै रहेको भन्दै माफी मागेका थिए । आचार्यको जवाफ चित्तबुझ्दो नभएको भन्दै स्थानीयले बाहिर निस्कन नदिए पछि नेपाल प्रहरी र नेपाली सेनाले निक्कै सतर्कताका साथ आचार्यलाई मञ्चबाट बाहिर निकालेको थियो । पाँच नम्वर प्रदेश विखण्डनको बिरुद्ध आन्दोलित भएका जिल्लाबासीले प्रदेश टुक्राउनेलाई जिल्ला प्रवेशमा रोक लगाउने बताएका हुुन् । महोत्सवमा जिल्लाका उत्पादन र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्रहरुको समेत समावेश गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।जिल्लामा सर्वदलिय रुपमा संयुुक्त संघर्ष समिति बनाएर संबिधान संशोधन प्रस्तावको बिरोधमा प्रस्ताव दर्ता भएदेखि नै आन्दोलन र बिभिन्न प्रदर्शनका कार्यक्रम भैरहेका छन् । 
घट्ना पछि महोत्सव बिहिवारका लागि स्थगीत थियो । शुुक्रबार देखि भने महोत्सव निरन्तर रुपमा जारी रहको थियो । जिल्लामा खण्ड पाँच नम्बर प्रदेश कायम राख्नुुपर्ने माग गर्दै लामो समय देखि आन्दोलन जारी छ । 
महोत्सव माघ ९ गते सम्म चल्ने
बिहिवार देखि सुुरु भएको महोत्सव माघ ९ गते सम्म चल्ने छ । महोत्सव मूल आयोजक समितिका संयोजक गोविन्द भुसालले मेला÷महोत्सवको आयोजना गर्दा स्थानीय बस्तुको प्रवद्र्धन हुनुका साथै पर्यटन क्षेत्रको समेत विकास हुने भएकाले महोत्सवको आयोजना गरिएको बताउनुुभयो । उहाँले महोत्सवलाई सभ्य र भव्य रुपमा सफल  पारि जिल्लाको पहिचानलाई उजागर गरिने बताउनुुभयो । महोत्सवमा १ सय ९० ओटा स्टल रहेका छन् । १० ओटा स्टलमा जिल्लाको पहिचान झल्कने  वस्तुहरु राखिएको सहसंयोजक कविराम खनालले जानकारी दिनुुभयो । मेलामा विभिन्न मनोरञ्जनात्मक खेलहरुका साथै राष्ट्रिय तथा स्थानीय  स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । मेलामा लोक, आधुनिक पप, हास्य व्यङग्य र फिल्मी क्षेत्रका कलाकारहरुले प्रस्तुती दिने छन् । मेलामा सर्वसाधरणका लागि ४० रुपैयाँ र विद्यार्थी र बृद्धवृद्धाका लागि ३० रुपैयाँको टिकटको व्यवस्था मिलाइएका सहसंयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुुभयो ।

बुलन्द राष्ट्रिय साप्ताहिकको माघ २ गतेको अंक 










,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस