गुडिरहेको माइक्रोबसबाट चित्रबहादुर केसी खसे, केएमसीमा उपचार हुँदै
८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लड्न पुगे ।स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको भतिज हिरा केसीले बताए ।अध्यक्ष केसीलाई आज अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनले जानकारी दिए ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस