बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर ५ गतेको अंक
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकः सन्धिखर्कमै ट्रयाक खोल्ने काम अलपत्र
उठीवास लाग्ने डरले स्थानीय त्रसित
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
सालझण्डी– सन्धिखर्क– ढोरपाटन सडकको सन्धिखर्कमै ट्रयाक खोल्ने कार्य अलपत्र परेको छ । सालझण्डी देखि ढोरपाटन सम्म जोड्ने बहुुप्रतिष्ठत सडकको ट्रयाक खोल्ने कार्य सन्धिखर्कको चुत्रावेशी बजारमा आएर अलपत्र परेको हो । सोही विषयमा भएको बिरोधको समाधान गर्न सबै एकजुट हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कारमा उनीहरुले सालझण्डीदेखि ढोरपाटनसम्मका सबै ठाउँमा सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएपनि सन्धिखर्कको चुत्रावेशी करिव एक किलोमिटर सडकको ट्रयाक खोल्ने विषयमा विवाद गरेर सडकको कामलाई अलपत्र राख्न नहुने सहभागीको भनाई थियो ।
स्थानीयले चुत्रावेशी बजारबाट सडक लैजाँदा आफूहरुको उठीबास लाग्ने भन्दै पाँच वर्ष देखि बिरोध जनाइरहेका छन् । चुनावेशीको मोटररेवल पुल सम्म आएको सडक त्यस ठाउँबाट रुव्दी जोड्नका लागि स्थानीयको अबरोध रहँदै आएको छ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उहाँले सडकको निर्माण कार्य सुरु गर्नुुभएको थियो । कार्यक्रममा बोल्दै नेता रायमाझीले यो सडकले भविश्यमा ठूलो संभावना बोकेको भन्दै सबै मिलेर सडकको ट्रयाक खोलिनुपर्ने बताउनुुभयो । लुम्बिनी आएका पर्यटक अर्घाखाँची हुँदै वाग्लुङ्गको ढोरपाटन सम्म पुग्ने भन्दै उहाँले त्यसबाट जिल्लाले धेरै लाभ लिने विश्वास व्यक्त गर्नुभयो । रायमाझीले सडकको ट्रयाक खोल्ने विषयमा बिवाद सिर्जना गराएर केहि व्यक्तिहरुले राजनीति गर्न खोजेको अरोप लगाउनुुभयो । ‘जस्को क्षति हुने हो उसले बिरोध गर्नु जायज हो’ पूर्व उपप्रधान तथा उर्जा मत्री समेत रहेका रायमाझीले भन्नुुभयो, ‘अन्य व्यक्तिहरुले धेरै चाँसो दिनु ठिक भएन ।’ उहाँले चुत्रावेशीबाट सडक लैजाँदा प्राविधिक दृष्टिले उत्तम हुने भन्दै सडकलाई चुत्रावेशी बजारबाटै लैजानुपर्नेमा जोड दिनुुभयो ।
नेता रायमाझीले चुत्रावेशी बजारबाट सडक लैजाँदा क्याविनेटबाट १२ मिटर सडक कायम गर्ने सहमति गराउने भन्दै धेरै क्षति नहुने विषयमा निश्चिन्त हुन स्थानीयलाई आग्रह गर्नुुभयो । संघर्ष समितिका अध्यक्ष रामहरि भुसालले चुत्रावेशीबाट सडक लैजाँदा धेरै ठूलो क्षति हुने बताउँदै विकल्प खोज्नु पर्ने बताउनुुभयो । चुत्रावेशीबाट सडक निर्माण गर्ने प्रस्ताव गरिएको क्षेत्रमा पनि थुप्रै घरहरु सार्वजनिक जग्गामा निर्माण भएका छन् । विगत द्वन्द्वकालमा माओवादी आक्रमणमा नापी कार्यलयमा रहेका नक्सा र फिल्डवुक जलेपछि त्यसको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरि घर निर्माण गर्नेको होडबाजी चलेको हो । विगत चार वर्ष देखि जिल्लामा विशेष नापी कार्यालयको स्थापना गरि पुर्नःनापी गर्ने काम भइरहेको छ । विशेष नापीले सन्धिखर्क बजारमा डिजिटल प्रविधिबाट जग्गाको पुर्नःनापजाँच गर्ने काम गरिरहेको छ । उक्त कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख मोहम्मद साविर हुसैनले सडकका लागि प्रस्ताव गरिएको क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरहरु नक्सा मार्फत देखाउनुुभएको थियो ।
०४२ सालको नापीलाई आधार बनाएर उहाँले नक्सा देखाएको बताउनुुभयो । बार ऐसोसियसनका अध्यक्ष केवि भुसालले ०४२ सालको नापीलाई आधार बनाएर जग्गा छुट्टाएमा स्वीकार नगरिने बताउनुुभयो । अधिवक्ता जगन्नाथ भुसालले कम क्षति हुने किसिमले सडकलाई सन्धिखर्क क्षेत्रबाटै लैजानु पर्ने सुझाव दिनुुभयो । सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेस पौडेलले प्राविधिक दृष्टिले चुत्रावेशीबाट ट्रयाक खोल्न उपयुक्त भएपनि स्थानीयको बिरोधका कारण सडकको ट्रयाक खोल्न नसकिएको बताउनुुभयो । ‘राजनीतिक क्षेत्रबाट प्रयाप्त सहजीकरण हुन नसक्दा सडकको ट्रयाक खोल्न सकिएको छैन पौडेलले भन्नुुभयो, कार्यालय एक्लैले चाहेर मात्र ट्रयाक खोल्न संभव हुँदैन ।’ पौडेलले राजनीतिक दलहरुको साथ र सहयोग रहे कार्यालयको कुनै कमीकमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुुवालले सडकको ट्रयाक खोल्ने विषयमा छिट्टै उचित निकास दिने बताउनुुभयो । उहाँले सबै पक्षको सहयोग लिएर सडकको ट्रयाक खोल्ने काम गर्ने बताउनुुभयो । प्रजिअ कटुुवालले स्थानीयलाई धेरै मर्का हुने कामबाट बचाउन आफूले पहल गर्ने बताउनुुभयो । उहाँले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कानून बमोजिम कारवाही गरिने बताउनुुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान सर्वपक्षिक छलफलबाट समस्याको निकास निकाल्नुुपर्ने बताउनुुभयो । नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहानले जनतालाई उठिवास लगाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने दाबी गर्नु बताउनुुभयो । चौहानले एमाले विकास बिरोधी पार्टी नभएको दोहो¥याउदै विकास गर्दा विनास हुुने भएपनि कमभन्दा कम बिनासमा काम हुने बिकल्पलाई आत्मसाथ गर्न सरोकारवालालाई सुुझाव दिनुुभयो । चौहानले वल्ला खोला वा संखेटारी हुँदै जनज्योति स्कूल तर्फबाट ट्रयाक खोल्न सकिने बताउनुुभयो । राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले ठुुला दलले प्राबिधिकलाई गोजीमा बोक्ने परिपाटी बसेको कारण समस्या निम्ती राखेको बताउनुुभयो । केसीले जिल्लाको पुर्नसंरचना गर्दा समेत आफुुहरुलाई बाईपास गरिएको भन्दै गुुनासो समेत गर्नुुभयो ।
नेकपा माओवादी विप्लव समुहका कुलराज वञ्जाडे, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, युवा संघका अध्यक्ष गोविन्द आचार्य लगायतले मन्तव्य राख्दै बिकल्पको खोजी गर्न भन्दा पनि राज्य जनतालाई उठिबास लगाउन तत्पर देखिएको बताउनुुभएको थियो । कार्यक्रममा स्थानीयको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लवका अर्घाखाँची शाखाका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य अर्जुन भुसालको स्वागत मन्तव्य र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस