संविधान संशोधन प्रस्ताव पारित हुुन्न ः एमाले नेता बिष्ट
वर्तमान सरकारले संविधान कार्यान्वयनको पक्षलाई ओझेलमा पारेर संविधान संशोधन प्राथमिक दिएको आरोप

बसन्त श्रेष्ठ ‘छापेली’
मंसिर ८ , अर्घाखाँची
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले संविधान संशोधन प्रस्ताव पारित हुुन नदिने बताउनुुभएको छ । प्रेश चौतारी नेपाल अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बिष्टले संविधान लचकतापूर्ण दस्तावेज भएको भएपनि अहिले संविधान संशोधन नगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुुभयो । तराईका जनताको भाषिक, साँस्कृतिक समस्या समाधान गर्न एमाले अग्रसर रहेको भन्दै नेता बिष्टले सिमित नेताको चाहनामा ल्याइएको प्रस्ताव देश र जनताको हितमा नहुने भन्दै कुनै हालतमा संविधानको संशोधनको प्रस्ताव पारित नहुुने जिकिर गर्नुुभयो ।
यस पटकको संबिधान विगतका संबिधान भन्दा अग्रगामी संविधान भएको भन्दै बिष्टले यो समय संविधानलाई सफल कार्यान्वयन गर्ने समय भएको बताउनुुभयो । वर्तमान सरकारले संविधान कार्यान्वयनको पक्षलाई ओझेलमा पारेर संविधान संशोधन प्राथमिक दिएको आरोप लगाउनुुभयो । बिष्ठले गरिबी अन्त्य र निर्वाचनको कामलाई प्राथमिकता दिनुुपर्ने उल्लेख गर्नुुभयो ।
बिष्टले अर्को फरक प्रसङ्गमा जुुनसुुकै छिमेकी राष्ट्रसँग देशको अस्मितालाई सीरमा राखेर सम्बन्ध स्थापित गर्ने प्रतिक्रिया दिनुुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्य, पाँच नम्बर प्रदेश सदस्य पिताम्बर भुसाल, जिल्ला कमिटि उपाध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, लगायत जिल्ला स्थित सञ्चारकर्मी र पार्टी जिल्ला कमिटिका पदाधीकारीको उपस्थिती रहेको थियो । कार्यक्रम प्रेश चौतारीका अध्यक्ष हिमबहादुर जिसी लेकालीको अध्यक्षता, उपसचिव कमल बिष्ठको स्वागत मन्तब्य र सचिव अर्जुन भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस