अर्घाखाँचीमा संयुक्त आन्दोलनको घोषणा


कमल बिस्ट,
बुलन्द अर्घाखाँची
१३मङ्सिर 
प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध भोलि १४ मंसिर , मङ्गलबार जिल्लामा क्रियाशिल सम्पूर्ण राजनितिक दल सङ्ग आवद्ध युवा तथा विद्यार्थी संघसंगठनको संयुक्त आयोजनामा संयुक्त बिरोध प्रदर्शन हुने भएको छ । बिहान ९ बजे शान्ति बगैचामा जम्मा भइ बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरिने युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिनुभएको छ । जनताको माग र भावना बिपरित गर्न लागिएको यो कार्य रोक्न आम  जनसमुदायलाई समेत उपस्थिति भइ दबाब सिर्जना गर्न सहयोगको लागि आयोजकले अनुरोध गरेको छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस