देउसीभैलोबाट समाज निर्माणमा चासो

बुलन्द, अर्घाखाँची
प्रतिभाशाली सामाजिक संस्था सन्धिखर्क नगरपालिका १५ डिभर्नाको आयोजनामा दिपावलीको बिदाई तथा वनभोज एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले हरेक वर्ष सामाजिक कार्यमा अग्रहसरता देखाएको भन्दै प्रसंसा गरीएको थियो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव एवं युवा नेता रामबहादुर चौहानले देउसीभैलोबाट जम्मा गरेको रहक समाज निर्माणमा गाइएको भन्दै उच्च प्रसंसा गर्नुभएको  थियो ।  चौहानले समाज निर्माणमा संस्थाको अभियान उल्लेखनिय रहेको भन्दै निरन्तरता दिन संस्थाका पदाधीकारीलाई आग्रह गर्नुभएको थियो । 




समापन कार्यक्रममा प्रतिभाशाली सामाजिक संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले ६० प्रतिशत भन्दा बढि रकम सामाजिक कार्यमा लगाएको बताउनुभएको थियो । आचार्यले बिगतमा पनि संस्थाले समाजि विकासलाई तिब्रता दिएको बताउनुभएको थियो । 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस