देउराली यातायात व्यवसायी समितिको अध्यक्षमा फेरी खड्काको उमेद्वारी घोषणा

बुलन्द, 
अर्घाखाँची
देउराली यातायात व्यवसायी समितिको आठौँ साधारण सभा तथा अधिवेशन नजिकिदै जादा नयाँ नेतृत्वले चर्चा पाउन थालेको छ । अधिवेशनको शुक्रवार बिहान पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्ने देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । 
अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको खड्काले जानकारी दिनुभयो । रेडियो सूर्योदय सँगको बिशेष कुराकानीमा खड्काले अध्यक्षमै फेरी आफ्नो उमेद्वारी रहने बताउनुभयो । आफ्नो दुई कार्यकाल उपलब्धी मुलक भएको सबैले मुल्यांकन गरेको भन्दै खड्काले बामपन्थी गठबन्धन यस पटक पनि दोहारीने खुलासा गर्नुभयो । 
खड्काले सहमतिको सक्दो प्रयास गरिएको भन्दै सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृयाबाट पहिलेकै सहकार्य कायम रहने जानकारी दिनुभयो ।  अधिवेशन शुक्रवार विहान ११ बजेदेखि समितिको कार्यालय गुन्टीखोलामा सुरु हुने छ । अर्घाखाँची जिल्ला बासी हरुको यातायात ब्यबसायि लुम्बिनी अञ्चलकै अनुसासित र ब्यबस्थित देउराली यातायात ब्यबसायि समिति अर्घाखाँचीको अाठाै साधारण सभा तथा अधिबेशन मंसिर ३ गते शुक्रबार हुदैछ । देउराली यातायात ब्यबसायि समिति अहिले यातायात क्षेत्रकाे लागि र यात्रुकाे धेरै राम्रो भएकाे छ ।  

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस