प्रधानमन्त्रीको ‘रिबन काट्न नजाने’ घोषणा यसरी तोडियो, ढोलक मज्जैले बजाए ! (भिडियोसहित)


काठमाडौं, साउन २५ । सभा, समारोह, उद्घाटन र रिबन काट्नेजस्ता कार्यक्रमम सहभागी नहुने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा ७२ घन्टा पनि टिकेन ।गत शनिबार अपराह्न त्यस्तो घोषणा गरेका प्रधानमन्त्री दाहाल मंगलबार एउटा कार्यक्रममा ढोलक बजाउन पुगे ।‘आफ्नो बोलीमा अक्सर नटिक्ने’ आरोप प्रधानमन्त्री दाहालमाथि लाग्ने गर्दै आएको छ । यसपटक पनि त्यस्तै भयो ।गत शनिबार रिबन काट्ने कार्यक्रम अर्थात् कुनै सभा–सम्मलेनको उद्घाटनजस्ता कार्यक्रममा सहभागी नहुने घोषणा गरेका दाहाल मंगलबार २२औं विश्व आदिवासी दिवसको कार्यक्रम उद्घाटन गर्न भने पुगे ।राजधानीको प्रज्ञा भवनमा आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका प्रधानमन्त्री दाहालले रिबन त काटेनन् तर उद्घाटनको ढोलक भने मज्जैले बताए । र, प्रधानमन्त्रीलाई साथ दिए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले । करिब १ घन्टा ५० मिनेट कार्यक्रममा बिताएका प्रधानमन्त्री दाहालको जब बोल्ने पालो आएपछि उनले आफूले धेरै कुरा नगर्ने बरु काम गर्ने उद्घोष गरे । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस