बुुलन्द राष्ट्रिय साप्ताहिकको साउन २३ गतेको चौँथो अंक

काग्रेस युवा नेता गौतमको कृषि मोह  
मासिक डेढलाख भन्दा बढिको आम्दानी  
     प्रेम आचार्य
  बुलन्द अर्घाखाँची

 
आफै नगरे सम्म अरुलाई मुखले भनेर मात्र हुदैन, परिबर्तन आफैबाट गर्नु पर्छ भन्ने मान्यताका साथ पोखराथोकका युबा समाजसेबी अच्युत गौतम कृषि पेसाबाट मनग्य आम्दानी गर्न सफल हुुुुनुुभएको छ ।  
कुराले मात्र हुदैन जब सम्म उत्पादन गर्न सकिदैन जति क्रान्तिका कुरा गरे पनि विकास सम्भब नरहेको सोचका साथ बिगत बिगत पाँच बर्ष देखि गौतमले आफ्नै घर पोखराथोक वाड न. २ मा तरकारी र कुखुरा पालन गर्दै आउनुुभएको छ । 
उहाँले ब्यबसायीक तरकारी खेती मात्र हैन राजनीति र समाजसेवालाई पनि सँगै लिएर हिड्नुुभएको छ । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्वर २ का सभापति रहेका गौतम सोहि स्थानमा रहेको हरिहर उच्च माबिको समेत अध्यक्ष रहनुुभएको छ । उहाँ राजनितिमा पनि उतिकै अग्रसर रहनुुभएको छ ।  
  युवाहरुको बिदेश पलायन र जागिर मात्र गर्नु पर्छ भन्ने धारणालाई परिबर्तन गर्न र आफुले गरे पछि अरुपनि कृषि पेसामा लाग्न सक्छन भन्ने सोचका साथ तरकारी र कुखुरा पालनमा लागेको उहाँको भनाई छ । ‘कृषि गर्नु पर्छ राम्रो आम्दानी हुन्छ भनेर कुरा गर्दा ईच्छुक नदेखिए पछि आफै उदाहरणीय बन्न कृषिमा लागेको हुुँ ’ उहाँले भन्नुुभयो ।
उहाँले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक १८ देखि २५ लाख रुपैया आम्दानी गर्न सफल हुुनुुभएको छ । उक्त आम्दानीलाई हिसाब गर्दा मासिक डेढ लाख  भन्दा बढि हुन आउछ । यो आम्दानी कुनै जागिरबाट सम्भब पनि छैन् । उहाँ जिल्लाको पुर्बी क्षेत्रकै राम्रो नेता र समाजसेबीको रुपमा समेत आफ्नो ख्याती कमाई रहनुुभएको छ । उहाँको घरमा अहिले टमाटरका १० वटा टनेल छन् । बारीमा काक्रो, करेला, लौका, काउली, बन्दा, साग लगायतका तरकारी उत्पादन भएका छन ।  उत्पादन भएको तरकारी स्थानीय बजार र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले भन्नुुहुन्छ । ‘बजारको पनि समस्या छैन ।’
उहाँले बजारमा बार्षिक रुपमा तरकारी खेतीबाटै चार देखि ६ लाख आम्दानी हुने गरेको बताउनुुभयो । परिश्रम गरे यहिको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचे भन्दा पनि बढि फाईदा दिएको उहाँले बताउनुुभयो । तरकारी खेती मात्र हैन उहाँले बोईलर कुखुरापालनलाई पनि संगसंगै अगाडी बढाउनुुभएको छ । उहाँको कुखुरा फर्ममा अहिले एक पटकमा ३५ सय देखि  चार हजार  कुखुरा उत्पादन हुन्छन् ।  कुखुरा पालनबाट पनि बार्षिक रुपमा कम्तीमा १३  देखि बढिमा २०  लाख सम्म आम्दानी हुने गरेको उहाँले भन्नुुभयो । 
  मनमा साहस र शरिरमा जागर हुने हो भने पैसा पैसा भनेर जागिर र बिदेसनै जानु पर्छ भन्ने सोचाई रहेको हाम्रो समाजका उदाहरणीय पात्र बनेका गौतमले गरेको कृषि क्रान्ति साच्चिकै नमुना रहेको छ । अहिले पोखराथोक, पणेना, मैदान पटौटी र खिदीम गाविसमा उहाँकै कृषिबाट प्रभाबित भएर युबाहरु समेत व्यवसायीक तरकारी खेती र कुखुरापालनमा लागेका छन् । कृषि क्रान्ति र सामाजीक कार्यलाईसंगै लिएर हिडेका गौतम राजनीति गर्ने व्यक्ति मध्ये जिल्लाकै नमुनाको रुपमा अहिले रहनुुभएको छ ।
  उहाँ आफुले मात्र आम्दानी गर्नुभएको छैन् । तरकारी खेती र कुखुरा पालनमा गरि सात जनालाई मासिक रुपमा रोजगारी पनि दिनुुभएको छ । उहाँको घरमा रोजगारी पाएकाले समेत मासिक १० हजार  भन्दा बढि कमाइ गरिरहेका छन् । अहिले पोखराथोक, पणेना, खिदीम, पटौटी, मैदान लगायतका स्थानमा उहाँकै प्रेरणाबाट तरकारी र कुखुरापालन गर्नेको सख्यामा समेत बृद्धि भएको छ । उहाँको यो नमुना क्रान्तिलाई सिक्न सकेमा मात्र देशको आर्थिक क्रान्ति गर्न सम्भब छ । स्वेदशमै गरे सम्भव छ भन्ने प्रमाणित गरीसकेका गौतमको पेशालाई तपाई हामीले पनि अवलम्ब गर्ने की ? 







 




,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस