निमाविको लिखित परीक्षाबारे शिक्षक आयोगद्धारा नयाँ व्यवस्था
आउँदो भदौ ११ गते
हुने निम्न माध्यमिक तहको लिखित परीक्षाका बारेमा शिक्षक सेवा आयोगले नयाँ व्यवस्था गरेको छ । प्रश्नपत्रको भाषा,
परीक्षार्थीले प्रयोग गर्ने भाषा, उत्तर पुस्तिका र सोधिने प्रश्न, बस्तुगत प्रश्न र
उत्तर तथा केन्द्र परिवर्तनका बारेमा नयाँ
ब्यवस्था गरिएको आयोगले जनाएको छ । जस
अनुसार नेपाली, अंग्रेजी, संस्कृत व्याकरण र संस्कृत भाषा
विषयको प्रश्न सम्बन्धित भाषामा नै सोधिने छ
। तर कम्प्युटर विज्ञान, विज्ञान, गणित
र गणित विज्ञानको प्रश्नपत्र अंग्रेजीमा र
अन्य विषयको प्रश्नपत्र नेपालीमा सोधिने आयोगले जनाएको छ ।
यसैगरी नेपाली, अंग्रेजी, संस्कृत भाषा
विषयको दुवै खण्डको उत्तर सम्बन्धित भाषामा, कम्प्युटर विज्ञान, विज्ञान, गणित, गणित विज्ञान र संस्कृत व्याकरणको खण्ड
क को उत्तर
नेपाली वा अंग्रेजी वा
संस्कृत भाषामा र अन्य विषयको उत्तर
नेपाली वा अंग्रेजी वा
दुवै भाषामा दिन सकिने आयोगले जनाएको छ
। नयाँ पाठ्यक्रम बमोजिम हुने यस पटकको परीक्षामा क
र ख दुबै
खण्डको पूर्णाङ्क ४० ४० हुने
तथा प्रत्येक क्षेत्र समेटिने गरी
छोटो वा लामो उत्तर
आउने प्रश्न सोधिने र प्रत्येक खण्डको लागि
उत्तर पुस्तिका अलग अलग हुने
आयोगले जनाएको छ । यसैगरी बस्तुगत प्रश्न र
उत्तर पुस्तिका छुट्टाछुट्टै दिईने तथा बस्तुगत प्रश्नपत्र परीक्षार्थीले नै
लिएर जान सक्ने छन्
। उत्तर पुस्तिकाको दायाँ
भागमा परीक्षार्थीको विवरण लेख्नु पर्ने छ । वायाँ
तर्फ सम्बन्धित प्रश्नको संकेत नम्बर र सही उत्तर
मध्ये कुनै एक विकल्प राखिएको हुने
छ । परीक्षार्थीले उत्तर
पानामा क ख ग
र घ मध्ये
कुनै एक विकल्पलाई अक्षरमा लेख्नु पर्ने
छ । संकेत
नम्बर नलेखिएको उत्तर पुस्तिका परीक्षण नहुने आयोगले जनाएको छ । यस्तै डडेल्धुराबाट सामाजिक विषयका लागि
फारम भरेका परीक्षार्थीको परीक्षा केन्द्र सोही जिल्ला राखिएकोमा उक्त निर्णय बदलेर ती परीक्षार्थीको परीक्षा केन्द्र क्षेत्रीय शिक्षा निर्देशनालय डोटी
अन्र्तगत रहेने गरी केन्द्र कायम
गरिएको आयोगले जनाएको छ ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस