डिभिजन ४३ औं व्याच तालिम सन्धिखर्कमा सुरु
विष्णु ठकुरी …रानी’
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तालिममा आफ्ना छोराछोरीलाई पठाउनु पर्नेमा जोड दिनुभएको थियो । पौडेलले अभिभावकहरुमा छात्राहरुका लागि बिभिन्न तालिमहरुमा पठाउन अप्ठेरो मान्य प्रबिृति कायमै रहेको भन्दै निसंकोट पठाउन आग्रह गर्नुभएको थियो । सबुज गणका गणपति बिचितराज रेग्मीले तालिमको महत्व तथा इतिहासको बारेमा प्रकाश पार्नुभएको थियो । रेग्मीले राष्ट्रको सेवाका निम्ति सेवादलको स्थापना गरेको समेत जानकारी गराउनुभएको थियो । जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले शिक्षाको ज्ञान सँगसँगै बिद्यार्थीहरु व्यबहारिक तालिम लिनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा पूर्व प्राचार्य नरेन्द्रकुमार क्षेत्री समेत समन्तब्य राख्दै तालिममा उत्साह पूर्वक सहभागी हुन आग्रह गर्नुभएको थियो । ७२ जना बिद्यार्थीले उक्त तालिमा सहभागीता जनाउने भगवति उच्च माबिका प्राचार्य श्यामबहादुर भुसालले जानकारी गराउनुभयो । तालिमको उद्घाटन कार्यक्रममा प्रहरी नयाव उपरीक्षक नवरत्न पौडेल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुष्ण प्रसाद श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत, विनि बलराम मिश्र र चोपलाल बेल्बासे लगायतको आथित्यता रहको थियो ।
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस