स्वतन्त्र पत्रकार संघ नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अध्यक्षमा फेरी भुुसाल
बसन्त श्रेष्ठ छापेली
साउन १५ गते, बुुलन्द अर्घाखाँची
कार्यक्रमको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघ नेपाल पत्रकार महासंघको बिरोधी संस्था नभएको दाबी गर्नुभएको छ । बास्तोलाले महासंघको बिकृति बिसंगती बिरुद्ध अभियान चाल्दा महासंघमा भएकाहरुले बिरोधी संस्थाको रुपमा परिभाषीत गरेको उल्लेख गर्नुुभयो । उहाँले पत्रकारीतालाई मूल पेशाको रुपमा विकास गर्नुपर्ने भन्दै पत्र पत्रिका तथा सञ्चार माध्यमलाई कुुनै पनि पार्टीको मुुख पत्रको रुपमा विकास गर्न नहुने तर्क राख्नुुभयो । बास्तोलाले महासंघले समेत न्यूनतम पारिश्रमीक लागुु गर्ने सन्दर्भमा कदम चाल्नुुपर्ने भन्दै सञ्चार गृहले पत्रकारलाई न्यूनतम पारिश्रमीक दिनुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रमका बिशिष्ठ अथिति समेत रहनुुभएका प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रकारीता राज्यको निम्ती भएको भन्दै देश र जनताको सेवा नै पत्रकारीता पेशा भएको बताउनुुभयो । अधिवेशनमा सफलताको शुुभकामना दिदै स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले मुुलुुकमा संबिधान निर्माण भएर कार्यान्वयनको चरणमा रहेको भन्दै सोही अनुसार जिल्लामा समेत स्थानीय निकायको पुर्न संरचना गरीएको बताउनुुभयो । जिल्लामा राजनीतिक मेलमिलापका कारण पनि हरेक विकास निर्माणका कार्यमा सहजता भएको भन्दै अब गाऊपालीका र नगरपालीकाको वडाको समेत निर्धारण केही दिनमा गर्ने जानकारी गारउनुुभयो । त्यस्तै प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले सबै निकायका गतिबिधी आम जनमानसमा ल्याउन पत्रकारीताले ठुुलो भूमिका निर्वाह गरेको बताउनुुभयो । पौडेलले पत्रकारीता क्षेत्रमा हुुने हरेक अध्यायन निक्कै महत्वपूर्ण र गहन हुुने उल्लेख गर्नुुभयो ।
कांग्रेस सभापति बिष्णुु प्रसाद खनाल मुुस्कानले स्वतन्त्र पत्रकार देखाईमा र व्यवहारमा फरक हुुन नहुुने तर्क गर्नुभयो । आफुु हाल पनि पत्रकार महासंघको साधारण सदस्य रहेको भन्दै पत्रकारीताको क्षेत्रमा आफ्नो चासो निरन्तर रहेको बताउनुुभयो । नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुुर चौहानले पत्रकारहरुको अवस्था अझ पनि जस्ताको तस्तै रहेको बताउदै पत्रकारीताको महत्वपूर्ण योग्दान राज्य निर्माणमा रहेको प्रतिक्रिया दिनुुभयो । उहाँले मुुलुुकलाई सम्बृद्ध पार्न पनि पत्रकारीताले सहयोग गर्ने बताउनुुभयो । नेकपा माओबादी केन्द्रकी नेत्री छमकुुमारी खनाल चिनारीले पत्रकारको फरक बिचारका कारण कृष्ण शेन जस्ता पत्रकारले ज्यान गुुमाउनुुपरेको स्मरण गर्दै पत्रकारीता जोखिमयुुक्त पेशा समेत रहेको बताउनुुभयो । राजमोको जिल्ला उपाध्यक्ष पशुुपति ढकालले पत्रकारीता पछाडि परेकाहरुको आवाजलाई बुुलन्द पार्न निक्कै महत्वपूर्ण हुुने तर्क गर्नुभयो । नयाँ शक्तीका जिल्ला संयोजक खिमबहादुुर बिकले पत्रकारीता स्वतन्त्र हुुने भन्दै कसैको दवाफमा हुुन नहुुने बताउनुुभयो ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएसनका केन्द्रिय उपाध्यक्ष बाशुुदेव आचार्यले पत्रकारीता पेशा स्वतन्त्र हुुनुुपर्नेमा जोड दिनुुभयो । जिल्लामा पत्रकारहरुको संख्या धेरै देखिएपनि सक्रिय पत्रकारहरु भने झण्डै एक दर्जनको संख्यामा रहेको आचार्यले बताउनुुभयो । अर्को फरक प्रसंगमा सूचनाको हक संबैधानिक हक भएकाले माग गरेका सूचना स्वतह स्फूर्त रुपमा उपलब्ध गराउने वातावरण मिलाउन प्रजिअ पौडेल समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्पूर्ण व्यवसायीको तर्फबाट देउराली यातायातका अध्यक्ष योगेन्द्र बहादुुर खड्का, पत्रकार महांघका सभापति शोभाखर पन्थी, प्रेश चौतारीका जिल्ला अध्यक्ष हिमबहादुु जिसी ‘लेकाली’, प्रेश सेन्टर नेपालका जिल्ला अध्यक्ष गणेष खनाल, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरे लगायतले शुुभकामना मन्तब्य राख्दै पत्रकारीता नितान्त स्वतन्त्र हुुने बताउनुुभएको थियो । संघका सल्लाहकार मुक्तीनाथ भुसाल लगायतले मन्तब्य राखेको कार्यक्रममा जिल्ला अध्यक्ष हरी प्रसाद भुसालको अध्यक्षता तथा बिषय वस्तुुमाथी प्रकाश रहेको उक्त कार्यक्रममा जिल्ला सचिव शिव वेल्वासेको सञ्चालन रहेको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस