अर्घाखाँचीको बागीमा अपरिचित वालिका भेटियो
बिष्णु ठकुुरी
बुुलन्द
अर्घाखाँची
अर्घाखाँचीको बागी २ गुँरासेमा एउटा बच्चा फेला परेको छ । अन्दाजी ५ वर्षकी वालिकालाई इलाका प्रहरी कार्यालय खनको गस्ती टोलीले फेला पारेको थियो ।
गएराति ८ बजे वालिका भेटिएको भएपनि वालिका केही बोल्न नसकेकोले आफन्त जन पत्ता लगाउन समस्या भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
अहिले बालिकालाई जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा राखिएको प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस