बुलन्द राष्ट्रिय साप्ताहिकको साउन १६ गतेको अंक

जिल्लाका समसामयिक र तथा जल्दो बल्दो बिषय बस्तुको फेहरिस्त
एक पटक  पढि सुझाव दिनुुहोला  सुझाव सल्लाहको हामी प्रतिक्षमा छौ ।
9857063762

अर्घाखाँचीमा ६ स्थानीय निकायको खाका
दुई नगरपालिका सहित, ४ गाउपालिका बन्ने निश्चित
बसन्त श्रेष्ठ ‘छापेली’
बुुलन्द, अर्घाखाँची

अर्घाखाँचीमा दुई नगरपालिका सहित ४ गाऊ पालिका बन्ने लगभग निश्चित भएको छ । बिहिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलिय वैठकले स्थानीय सरकारको खाका तयार गरेको निर्णय गरेको हो । बिहिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलिय वैठकले स्थानीय सरकारको खाका तयार गरेको निर्णय गरेको हो । जिल्लामा दुई नगरपालिका र ४ गाउँपालिका सहित ६ ओटा स्थानीय सरकारको खाका तयार भएको हो । सर्व दलिय बैठकले नगरपालिका, गाऊ पालिकाको सिमांकन र नामांकन दुुबै प्रस्ताव प्रस्तुुत गरेको हो । हाल कायम रहेको साबिकको सन्धिखर्क नगरपालिका र नयाँ नगरपालिका समेत प्रतावित गरिएको जिल्ला स्थित राजनीतिक दलले जानकारी गराएका छन् । हाल रहेको ठाडा, जलुके, जुकेना, सिध्दारा, सितापुर, सुवर्णखाल र सिमलपानी गाविसलाई समाहित गरेकार डमरुदह नगरपालीकाको नाम प्रस्ताबित गरिएको छ । यस्तै साबिकको सन्धिखर्क नगरपालिकामा ढिकुुरा गाविस र पालीको ८ वडा बलेबाङ्गलाई नगरपालिकामा राख्ने प्रस्ताव गरिएको छ ।
४२ गाविस रहेको अर्घाखाँचीमा सुरुमा ७ गाविसलाई मिलाएर सन्धिखर्क नगरपालिका निर्माण गरिएको थियो । हाल एक नगरपालिका र ३५ गाविस रहेकोमा  दुइ नगरपालिका र ४ गाउँपालिका गरि ६ स्थानीय सरकार बन्ने भएका छन् । वैठकले नगरपालिका र गाउँपालिकाको नामांकन गर्नुका साथै केन्द्रको पनि टुङ्गो लगाएको छ । जिल्ला स्थित राजनीतिक दलको संयुक्त बैठकले जिल्लामा ६ स्थानीय निकायको खाका तयार पारेपछि जिल्लामा गाऊ पालिका र नगरपालिकाको लगभग टुुङ्गुो लागेको छ । धार्मिक तथा पर्यटकीय स्थलको नामबाट गाउँपालिका र नगरपालिकाको नामकरण गरिएको छ । ०७१ वैशाख २५ गते सात गाविसहरु सन्धिखर्क, किमडाँडा, वाङ्गला, खाँचीकोट, नरपानी डिभर्ना, अर्घा गाविस नगरपालिकामा परिणत भएका थिए । नयाँ पुर्नसंरचना अन्तर्गत डमरुदह नगरपालिका भएको  छ । 
  • स्थानीय निकाय पुर्नसंरचना
  • सन्धिखर्क नगरपालीका 
  • डमरुदह नगरपालीका
  • मालारानी गाउ पालीका 
  • छत्रेश्वर गाउपालीका
  • भूमेकास्थान गाउपालीका
  • पाणिनि गाउपालीका


ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सितापुर र सुर्वणखनाल गाविसलाई समायोजन गरि डमरुदह नगरपालिका निर्माण गरिएको छ । यि गाविसको केन्द्र ठाडा गाविसको सुकादहमा बनाइने भएको छ । पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ्ग पाली अड्गुरी गाविसलाई समायोजन गरि पाणिनि गाउँपालिका  भएको छ । पाणिनि गाऊ पालिकाको केन्द्र दुर्गाफाँटमा राखिने प्रस्ताव गरिएको छ ।  धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारपानी र ढाकावाङ्ग गाविसलाई मिलाएर  भूमेकास्थान गाउँपालिका बनाइएको छ । जसको केन्द्र स्थलगत अध्ययन गरेर तय गरिने दलहरुले बताएका छन् । गोखुङ्गा, हंसपुर वाँगी, खन, खनदह, मरेङ्ग, अर्घातोष गाविसलाई समयोजन गरेर मालारानी गाउँपालिका बनाइएको छ । यस्को केन्द्र खनदह गाविसको गिद्धेपोखरी रहने भएको छ । यस्तै चिदिका, बल्कोट, केरुङ्गा छत्रगञ्ज, भगवति, ठूलापोखरा, अर्घातोष गाविस गाभिएर छत्रेश्वर गाउँपालिका बनेको छ । यस गाउँपालिकाको केन्द्र छत्रगञ्जमा राखिने भएको छ । यस्तै ढिकुरा गाविस र पाली गाविसको  वडा नं. ९ बलेबाङ्ग सन्धिखर्क नगरपालिकामा गाभिएको छ । यस्तै चिदिका गाविसको वडा नं. ९ मधुलेखलाई पाणिनि गाउँपालिकामा गाभ्नुका साथै अर्घातोष र मरेङ्ग गाविसको पायक पर्ने वडाहरुलाई छत्रेश्वर गाउँपालिकामा समायोजन गर्ने निर्णय भएको छ ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा ६ वटा स्थानीय सरकार आवश्यक रहेको निष्कर्ष निकालेको थियो । आयोगले दिएको निर्देशनको आधारमा जिल्लालाई पुर्नसंरचना गरिएको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले सबैको सहमतिमा स्थानीय सरकार गठन भएकाले निर्णय आयोगमा पठाउने तयारी भएको जानकारी दिनुुभयो । उहाँले एक दुइ तिन भित्रै वडाको पनि टुंगो लगाउने बताउनुुभयो । ‘अन्य जिल्लाको तुलनामा हामी छिट्टै सहमतिमा पुगेका छौं’ उहाँले भन्नुु, ‘वैज्ञानिक ढंगले गाउँपालिका  नगरपालिका निर्माण गरेका छौं ।’ उहाँले जिल्लाका राजनीतक दलहरुको प्रभावकारी समन्वयका कारण छिट्टै टुंगोमा पुग्न सकिएको बताउनुभयो । पहाडी जिल्लाको हकमा गाउँपालिकाका लागि २५ हजार जनसंख्या आवश्यक पर्छ । यस्तै  सदरमुकाम बाहिरको नगरपालिकाका लागि  ३५ हजार र सदरमुकामको नगरपालिकाका लागि ४५ हजार जनसंख्या आवश्यक पर्ने उहाँले बताउनुभयो । 
  गाउँपालिकाको वडाको लागि ३७ सय र नगरपालिकाको वडाका लागि ४ हजार जनसंख्या अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । जनसंख्या कम भएपछि सन्धिखर्क नगरपालिकाका अधिकांश  वडाहरु समेत गाभिने भएका छन् । गाउँपालिकामा ५ देखि १२ र नगरपालिकामा ९ देखि १४ वडाहरु कायम गरिनुपर्ने व्यवस्था छ । नेपाली कांग्रेसका  जिल्ला सभापति विष्णु खनाल  मुस्कानले निर्विवाधित रुपमा छिट्टै जिल्लाको पुर्नसंरचना गरिएको बताउनुुभयो । ‘हामीले गरेको निर्णयमा कसैले प्रश्न उठाउने ठाउँ छैन्’ उहाँले भन्नुभयो, समग्र जिल्लाको हितमा आधार भएर पुर्नसंरचना गरेका छौं ।’ 
नेकपा एमालेका जिल्ला कमिटी कार्यवहाक अध्यक्ष जीवनारायण कोइरालाले  सबैलाई पायक पर्ने ढंगले जिल्लाको पुर्नसंरचना गरिएको बताउनुभयो । उहाँले दलहरुबीचमा कुनै पनि विवाद नभएको बताउनुुभयो । ‘राजनीतिक स्वार्थबाट माथि उठेर निर्णय गरेका छौं’  उहाले भन्नुभयो, यो निकै राम्रो काम भएको छ ।’  नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्वलले गाउँपालिका र नगरपालिका निर्माण गर्दा कुनै पनि दलले राजनीतिक स्वार्थ नराखेको बताउनुुभयो । ‘भोलिका सन्ततीको भविश्यलाई ख्यालमा राखेर स्थानीय सरकार बनाएका छौं’ उज्वलले भन्नुभयोे, ‘भूगोल र जनसंख्यालाई प्रमुख आधार मान्यौं, उहाँले दोहो¥याउनुुभयो ।




, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस