संसद बैठक भोलि २ बजेसम्मका लागि स्थगित, सहमति जुटाउने प्रयास
काठमाडौं, साउन ६ – संसद बैठक भोली शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । कार्यसूचिको विषयमा दलहरुबिचको अडान कायमै रहेपछि सहमतिको लागि भन्दै बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
यसअघि संसद बैठकको कार्य
सूची तय गर्ने विषयमा सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सहमति जुट्न नसकेपछि फेरि बसेको बैठकमा पनि सहमति जुटेन ।
पहिले बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा छन् । बिहीबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि मात्र बजेट प्रस्तावमा छलफल गर्ने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस